काठमाडौं :- आउँदो फागुन २१ गते हुने आम निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसले आयुसा कँडेल (टीका) लाई प्रत्यक्ष महिला उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

क्षेत्रीय कार्यसमिति, जिल्ला पार्टी नेतृत्व, महिला संघ, युवक संघ, टोल–टोलका वडा नेतृ–नेता तथा स्थानीय जनप्रतिनिधिहरूबीचको एकमत का आधारमा कँडेलको नाम केन्द्रीय कार्यालयमा पेस गरिएको बताइएको छ।
पार्टी भित्रैबाट “नयाँ पुस्ताको ऊर्जा, स्थानीय जडान, नीतिगत स्पष्टता र प्रभावशाली कूटनीतिक पहुँच” जस्ता गुणका कारण नेतृत्व रूपान्तरण आवश्यक रहेको तर्क प्रस्तुत गर्दै कँडेललाई प्रत्यक्ष प्रतिस्पर्धाका लागि अघि सारिएको हो।

आयुसा कँडेल हाल राष्ट्रिय युवा परिषद् की बोर्ड सदस्य को रूपमा युवासम्बन्धी नीतिहरू, सहभागिता विस्तार, रोजगारीका अवसर, र नेतृत्व विकासका कार्यक्रमहरूमा सक्रिय छिन्।
त्यस्तै, उनी ग्रामीण तथा सीमावर्ती क्षेत्रका महिलामा आर्थिक आत्मनिर्भरता, कानुनी पहुँच, र नेतृत्व सीप विकास सम्बन्धी गतिविधिमा लामो समयदेखि संलग्न रहँदै आएकी छिन्।
स्थानीय तहदेखि जिल्ला नेतृत्वसम्म सिफारिस पाएको कँडेलको उम्मेदवारी कांग्रेस भित्र पनि ‘नयाँ पुस्ताले अग्रसर भूमिकामा आऊन्’ भन्ने संकेतको रूपमा हेरिएको छ।

