By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » भैरहवा भन्सारले दुई महिनामा समात्यो तस्करीका सवा १३ करोडका सामान

भैरहवा भन्सारले दुई महिनामा समात्यो तस्करीका सवा १३ करोडका सामान

News Desk
News Desk
२०८० कार्तिक ७, मंगलवार १५:१७

काठमाडौं । भैरहवा भन्सारले गत आर्थिक वर्ष ०७९/८० र चालु आव ०८०/८१ का दुई महिनामा गरी १३ करोड २५ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।

यसबीचमा भारततर्फबाट नेपाल सामान तस्करीमा संलग्न ४७ जनालाई पक्राउ गरी मुद्दा चलाइएको भन्सार कार्यालयले जनाएको छ। कार्यालयका अनुसार आव ०७९–८० मा १३९ वटा भन्सार छलीका कसूरमा मुद्दा दर्ता गरी ८ करोड ४२ लाख मूल्य बराबरका भन्सार छलीका मालवस्तु जफत गरिएको छ।

आव ०७९–८० मा फर्छ्यौट भएका मुद्दाहरूमा पक्राउ प्रतिवादीहरूबाट १ करोड ५२ लाख रुपैयाँ जरिवाना गरिएको छ। सोही आवमा नेपाल प्रहरीबाट ३१६ वटा मुद्दामा ७ करोड ६२ लाख रुपैयाँ बराबरका मालवस्तु बरामद भई भैरहवा भन्सारमा दाखिला भएको छ। यस्तै, सशस्त्र प्रहरीबाट ३०९ वटा मुद्दामा ४ करोड ७५ लाख रुपैयाँ बराबरका मालवस्तुहरू भैरहवा भन्सारमा दाखिला गरिएको छ।

यस्तै, चालु आव ०८०–८१ को हालसम्म भैरहवा भन्सारबाट २४ वटा मुद्दामा ४ करोड ८३ लाख रुपैयाँ बराबरका मालवस्तुहरू भन्सार दाखिला भई मुद्दा चलाइएको छ। त्यस अवधिमा नेपाल प्रहरीबाट १३२ वटा मुद्दामा २ करोड ७१ लाख रुपैयाँ बराबरका मालवस्तु भन्सारमा दाखिला भएको छ। र, सशस्त्र प्रहरीबाट ९० वटा मुद्दामा १ करोड ४३ लाख रुपैयाँ बराबरमा मालवस्तुहरू भन्सार दाखिला भएका छन्।

माथिको तथ्यांकबाट भन्सार छली नियन्त्रणमा भैरहवा भन्सार कार्यालयको सुराकी परिचालन तथा गस्ती परिचानमा दक्षता देखिन्छ। भन्सार छली नियन्त्रणमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीभन्दा भैरहवा भन्सार कार्यालय एक्लैले गरेको गस्ती परिचालनबाट धेरै मालवस्तुहरू बरामद भएको देखिन्छ।

कपिलवस्तुको चाकरचौडाबाट २ करोडका सामान बरामद

२२ कात्तिक ०७९ मा बिहानीपख कपिलवस्तु मायादेवी गाउँपालिका–८ बलकुलस्थित नेपाल–भारत सीमा नजिक इलाका प्रहरी, चाकरचौडा र सशस्त्र प्रहरीको बोर्डर आउटपोस्टको चेकिङ पोइन्टको करिब एक सय मिटर दूरीस्थित एकतले पक्की घर र त्यसको परिसरमा भैरहवा भन्सारको गस्ती टोलीले खानतलासी ग¥यो। त्यसक्रममा भन्सार छली चोरी तस्करी गरी गोदाम गरिराखेको अवस्थामा लत्ताकपडा, जुत्ता चप्पल, धुलो सुर्ती, तयारी खैनी, सुर्ती प्याकिङ म्याटेरियल र मोटर पार्टससमेत गरी २ करोड रुपैयाँ बराबरका सामान बरामद भएको थियो।

ती सामान चोरी पैठारी गर्ने मायादेवी–८ बरकुलका सकिल मुसलमान भनिने सकिल अहमद फकिर पक्राउ परे। उनले आफ्ना कान्छा भाइ तबरेज अहमद फकिरलाई उक्त घरमा बस्न दिएका थिए। उक्त घरजग्गा भने उनीहरूकी आमाको नाममा थियो। अनुसन्धानका क्रममा सकिललाई पक्राउ गरी भन्सार ऐन, २०६४ को दफा ५७ बमोजिम २ करोड रुपैयाँ बिगो तोकी नगद धरौटी र दुई लाख १९ हजार कैदवापतको नगद धरौटी माग गरिएको थियो। माग बमोजिमको धरौटी रकम दाखिला गर्न नसकेकाले सकिललाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो।

उनले भन्सारको निर्णयविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा बन्दी प्रत्यक्षीकरण र अदालतको अवहेलना भएको दाबी गर्दै रिट दायर गरेका थिए। र, राजस्व न्यायाधीकरण पोखरामा पनि भन्सारको आदेशविरुद्ध निवेदन दर्ता गराएका थिए। तर, अदालत र राजस्व न्यायाधीकरण दुवैबाट भन्सारकै आदेश सदर भएको छ।

कपिलवस्तुको पकडीबाट झण्डै १० लाखको धुलो सूर्ती बरामद

२२ असोज ०७९ मा बिहान ८ बजे कपिलवस्तुकै मायादेवी गाउँपालिकास्थित पकडी बजारमा भैरहवा भन्सारको गस्ती टोलीले नेपाल–भारतको चाकरचौडा सीमा हुँदै आइरहेको लु२च ९०८४ नम्बरको बोलेरो पिकअप रोक्यो। त्यस गाडीमा खानतलासी गर्दा भन्सार छली चोरी पैठारी गरी ल्याएको ९ लाख ९९ हजार रुपैयाँ बराबरको धुलो सूर्ती बरामद भयो। भन्सार टोलीले उक्त पिकअप गाडी र त्यसका चालकलाई पक्राउ गरी चालकलाई बिगो बमोजिमको जरिवाना गरेको छ। बरामद भएको धुलो सूर्ती र लु२च ९०८४ नम्बरको उक्त पिकअप जफत गरिएको छ।

बुटवलको तिनाउ पुल नजिकबाट साढे ७ लाखका सामान बरामद

२२ कात्तिक ०७९ मा बिहान करिब ७ बजे रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित तिनाउ पुलमा लु१ज ४६९५ नम्बरको बोलेरो पिकअप गाडी रोकी जाँच गर्न खोज्दा गाडीका चालक तत्काल भागी फरार भए। र, गाडीको खानतलासी गर्दा ७ लाख ५७ हजार रुपैयाँ बराबरको ल्यापटप टेबल, रामनवमी गम्छा, टिसर्ट र ज्याकेटलगायत सामान बरामद गरियो। ती मालवस्तु लोड भएको लु१ज ४६९५ नम्बरको गाडी बरामद गरी भन्सार ऐन, २०६४ बमोजिम जफत गरिएको भन्सारले जनाएको छ।

बुटवल– ४ राममन्दिर लाइनबाट ८० लाखका कपडा बरामद

२४ कात्तिक ०७९ मा बुटवल–४ को एक घरमा खानतलासी गर्दा भन्सार छली चोरी पैठारीका लेडिज उलन सुट, कटन सुट, सारीलगायत ८० लाख रुपैयाँ बराबरका लत्ता कपडा बरामद भयो। ती लत्ताकपडा र तस्करीमा संलग्न मानिसलाई पक्राउ गरियो। र, बरामद भएका सामान जफत गरी तस्करीमा संलग्न व्यक्तिलाई बिगो बमोजिम ८० लाख रुपैयाँ जरिवाना गरिएको भन्सारले जनाएको छ।

बुटवल–४ लक्ष्मीनगरबाट २० लाखका जुत्ता–चप्पल बरामद

२३ कात्तिक ०८० मा बुटवल–४ लक्ष्मीनगरस्थित दुई घरमा खानतलासी गर्दा भन्सार छली चोरी पैठारी गरी ल्याएको अवस्थामा २० लाख रुपैयाँ बराबरका जुत्ता–चप्पल बरामद गरिएको छ। ती सामान तस्करीमा एक जनालाई पक्राउ गरी बिगोबमोजिम २० लाख रुपैयाँ जरिवाना गरिएको भन्सारले जनाएको छ।

रुपन्देही सालझण्डीबाट १९ लाख ८३ हजारका सामान बरामद

रुपन्देहीको सैनामैना नगरपालिका–५ सालझण्डी बजारबाट २९ असोज ०७९ मा लु२च ६८९९ नम्बरको पिकअप गाडी रोकी जाँच गर्न खोज्दा गाडीका चालक फरार भए। उक्त गाडीको खानतलासी गर्दा भन्सार छली चोरी पैठारी ल्याइएको अवस्थामा ९ लाख ८४ हजार रुपैयाँ बराबरको टायर ट्युब बरामद भयो। टायर ट्युब लोड भएको उक्त पिकअप गाडी पनि भन्सारले जफत गरेको छ।

सोही स्थानमा भारतबाट भन्सार छलीका कपडा ल्याई सालझण्डी बजारको भित्री बाटोमा पार्किङ गरी राखेको लु१ज ४७२० नम्बरको पिकअप गाडीमा खानतलासी गर्दा भन्सार छलीका ९ लाख ९९ हजार रुपैयाँ बराबरका लत्ता कपडासहित उक्त गाडीका चालकलाई पक्राउ गरिएको छ। उक्त गाडी पनि भन्सारले जफत गरेको छ। त्यसका चालकलाई बिगो बमोजिम ९ लाख ९९ हजार र चालकवापत थप ५० हजार रुपैयाँ जरिवाना गरिएको भन्सारले जनाएको छ।

बुटवल दीपनगरबाट भारतीय ब्रान्डका सामान बरामद

१६ फागुन ०७९ मा भारतको सुनौली बजारबाट विभिन्न पोकाहरू मालवस्तु ओसार्ने महिनाहरूको टोलीलाई पछ्याउँदै जाँदा बुटवल उपमहानगरपालिकाको दीपनगरस्थित एक घरमा ती सामान राख्ने गरेको पाइएको थियो। उक्त घरमा खानतलासी गर्दा लोटस, सेटाफिललगायत भारतीय ब्रान्डका ७ लाख ४९ हजार रुपैयाँ बराबरका सनस्क्रिन, सनब्लक, फेस क्रिमलगायत सामान बरामद भएका थिए। ती सामानको अवैध ओसारपसारमा संलग्न महिलालाई पक्राउ गरी भन्सार छली कसूरमा मुद्दा चलाएको थियो।

नक्कली प्रज्ञापन पत्रमा माछा तस्करी

७ जेठ ०८० मा भैरहवा भन्सार कार्यालयको चार नम्बर गेटबाट नक्कली प्रज्ञापन पत्र बनाई ३ हजार ८०० किलो माछा भन्सार छली चोरी पैठारी गर्न लागेको अवस्थामा बरामद गरिएको थियो। उक्त माछा यूपी५६एफटी ५४५२ नम्बरको मिनीट्रक तथा त्यसका चालक र सहचालकलाई तत्काल पक्राउ गरिएको थियो। अनुसन्धानका क्रममा भन्सार प्रज्ञापन पत्र किर्ते गरी माछा चोरी पैठारी गर्ने कसूरमा संलग्न चारजना भातीय नागरिक, अन्नपूर्ण ट्रमिनल्स प्रालि, राष्ट्रिय वाणिज्य बैंक सुक्खा बन्दारगाह, भैरहवाका कर्मचारीसमेत गरी पाँचजना नेपाली नागरिक र एक जना फरार भारतीय नगरिकउपर मुद्दा चलाइएको छ।

बरामद माछा तथा मिनी ट्रकसमेत गरी ४५ लाख ४० हजार रुपैयाँ बिगोबमोजिमको नगद धरौटी रकम माग गरिएकामा ३ जना प्रतिवादीले माग बमोजिमको नगद धरौटी रकम दाखिला गरी तारिखमा छुटेका छन्। अन्य प्रतिवादीहरू पुर्पक्षको लागि थुनामा गएकामा सो मुद्दा राजस्व न्यायाधीकरण पोखरमा विचाराधीन रहेको भन्सारले जनाएको छ।

नक्कली प्रज्ञापन पत्रमा प्याज तस्करी

२५ असार ०८० मा साँझ ५ बजे भैरहवा भन्सारको २ नम्बर गेटबाट भन्सार प्रज्ञापनपत्रसमेतका कागजातहरू किर्ते गरी ३० हजार ९५० किलो प्याज तस्करी गर्न लागिएकामा कार्यालयले बरामद गरेको छ। उक्त प्याज लोड भएको यूपी३१टी९९४१ नम्बरको गाडीबाट भन्सार छली चोरी पैठारी भइरहेको भेटिएको थियो। किर्ते कागजातसहित प्याज लोड भएको भारतीय गाडी तथा त्यसका चालक र सहचालकलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा सो प्याज भारतबाट खरिद ल्याइएको खुलेको थियो।

भन्सारका कागजात किर्तेमा संलग्न थप दुई जनाहरू पक्राउ परी थुनामा पठाइएको छ। त्यसमा संलग्न थप तीनजना फरार छन्। फरार व्यक्तिहरू विरुद्ध पक्राउ पुर्जी जारी गरिएको भन्सारले जनाएको छ। पक्राउ परेका व्यक्तिहरू विरुद्ध बरामद प्याज र गाडीको बिगो बराबर ३३ लाख ३९ हजार रुपैयाँ धरौटी माग गरिएकामा पक्राउ परेका ३ जनालाई पुर्पक्षका लागि थुना पठाइएको छ। यसमा संलग्न व्यक्तिहरू यसअघि पनि भन्सार प्रज्ञापन पत्र किर्ते गरी सामान चोरी पैठारीमा संलग्न रहेको खुलेको छ। उनीहरू विरुद्धको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ।

प्लास्टिक दाना घोषणा गरिएका २ वटा ट्रकमा कपडा

७ भदौ ०८० मा भारततर्फबाट भैरहवा भन्सार कार्यालयमा प्रवेश गरेका यूपी५३जीटी०५७८ र ना५ख ३३६ नम्बरका गाडीमा भन्सार गेटमा प्लास्टिक दाना भनी घोषणा गरी चोरी पैठारी भइरहेको गोप्य सूचना भन्सारले पाएको थियो। तत्काल ती गाडीहरू खानतलासी गर्दा २ करोड रुपैयाँ बराबरका तयारी तथा अर्ध तयारी कपडा, सोनारी ब्रस, जुत्ता चप्पल, काजुलगायत सामान बरामद भए। ती गाडीहरू बरामद भई थप अनुसन्धान जारी रहेको भन्सारले जनाएको छ। सो कसूरमा संलग्न व्यक्तिहरूको नाममा पक्राउ पुर्जी जारी गरिएको छ।

रुपन्देही तरकुल्लाहका २ घरबाट कपडा बरामद

३१ भदौ ०८० मा रुपन्देहीको रोहिणी गाउँपालिका–५ तरकुल्लाहस्थित दुई घरमा खानतलासी गर्दा १९ लाख ५१ हजार रुपैयाँ बराबरका तयारी तथा अर्ध कपडा बरामद गरी भन्सार दाखिला भएको छ। उक्त कपडा भन्सार छली चोरी पैठारीमा संलग्न व्यक्तिहरूको नाममा पक्राउ पुर्जी जारी भई थप अनुसन्धान भइरहेको भन्सारले जनाएको छ।

आज ०७९–८० र ०८०–८१मा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट भन्सार छली चोरी पैठारीको कसूरमा पेश भएका मुद्दाहरूको विस्तृत अनुसन्धान गरी त्यसमा संलग्नहरूलाई पक्राउ गरेर बिगो बमोजिमको जरिवाना गरिएको प्रमुख भन्सार अधिकृत मणिराम पौडेल बताउँछन्। ‘यो अवधीमा भन्सार छलीमा संलग्न व्यक्तिहरूको पहिचान, सूक्ष्म रूपमा भन्सार छलीका सूचना संकलन, छापा मार्ने, भन्सार छलीका मालवस्तु बरामद गरी कसूरदारलाई पक्राउ गरी भन्सार ऐन, २०६४ बमोजिम कारवाही गरिएको छ,’ उनी भन्छन्, ‘यस अवधीमा यस भन्सार कार्यालयको इतिहासमै सबैभन्दा बढी भन्सार छलीका कसूरमा शून्य सहनशीलता अपनाउँदै भन्सार छलीका कसूरमा संलग्न व्यक्तिलाई कारवाही गरिएको छ।’ भन्सार छलीका कसूरहरूको मिहिन अनुसन्धानको माध्यमबाट भैरहवा भन्सार कार्यालय भन्सार छली न्यूनीकरणमा अहोरात्र खटिरहेको देखिन्छ।

साभार  अनलाइन खबर

Loading

Facebook Comments Box
बि एण्ड बि सुजले बनाउँदैछ नेपाली जुत्ता उद्योगमा अलग पहिचान
रूखबाट खसेर डिलबहादुरको मृत्यु
बङ्गलादेशमा हिन्दु युवकको हत्या : नेपाल मुस्लिम समाज संघ पर्साद्वारा कडा निन्दा
बुटवलको कालिकापथमा पैदलयात्रीलाई लुटपाट गर्ने २ युवा पक्राउ
टिकटक आजैदेखि बन्द हुन्छ :गृहमन्त्री
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?