By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » तीन फोन कल , जसले रास्वपालाई डिलमा रोकिदिए

तीन फोन कल , जसले रास्वपालाई डिलमा रोकिदिए

News Desk
News Desk
२०७९ माघ १९, बिहीबार २१:४१

काठमाडौं । एकातिर पार्टी सभापति रवि लामिछानेको अभिमन्यु नबन्ने, मौनता तोड्ने घोषणा, अर्कातिर सांसदहरुका फरक–फरक विचार । राष्ट्रिय स्वतन्त्र पार्टी दोधारै दोधारमा सरकार छाड्ने डिलमा उभिएको थियो ।

बिहीबार अपरान्ह रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको थियो । पहिले एमाले अध्यक्ष केपी ओलीले फोन गरे । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक ओलीले रविलाई केही बेर आफ्नै शैलीमा सम्झाए । ‘गृहमन्त्रीको पहिलो हक तपाईंहरुकै हो । मैले प्रचण्डजीलाई क्लियर भन्दिएको छु । उहाँले तपाईंलाई एकछिनमा फोन पनि गर्नुहोला । दुई दिन पर्खनुहोस्,’ ओलीले आफूसँग गरेको टेलिफोन उधृत गर्दै रविले बैठकमा सुनाए ।

ओलीको फोनवार्ता सकिएको केहीबेरमै रविलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि फोन गरे । रविले उनीसँग छोटो कुराकानी मात्रै गरेका थिए । प्रचण्डले सरकार छाड्ने निर्णय गर्दा राष्ट्रिय राजनीतिमै अस्थिरता आउन सक्ने भन्दै त्यसो नगर्न सम्झाएका थिए । रविले उनलाई बैठकबाटै भनेका थिए, ‘सहमतिको पालना भयो भने हामी कहीँ जाँदैनौं । तर गृहमन्त्री छाड्दैनौं ।’

त्यसपछि बैठकमा रास्वपाका सांसद, मन्त्रीहरु र केन्द्रीय सदस्यहरुले धारणा राखे । ठूला शक्तिहरुको चलखेल र तिकडम तोड्न नेतृत्वले नसकेको भन्दै उनीहरुले सचेत हुन आग्रह गरे । एक सांसदले भने, ‘पार्टी नेतृत्वले हामीलाई अपारदर्शितामा राख्दा पनि गल्ती भएको छ । त्यसको समीक्षा किन हुँदैन ?’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रविलाई टेलिफोन गर्दै आवेगमा कुनै गल्ती नगर्न सम्झाएका थिए । उनले राष्ट्रपति चुनावसम्मको सम्भावित परिदृश्य पनि सुनाउँदै रविलाई कुनै पद विशेषलाई लिएर छलफल गर्दा नागरिकमा गलत सन्देश जाने बताए ।

बैठकमा संयमित भाषामा बोलेका सभापति रविले आफूलाई आएका तीन फोनहरुको बारेमा सबिस्तार चर्चा गरेका थिए । उनले सहभागी नेताहरुलाई दुई दिन पर्खनु उचित हुने बताए ।

पार्टीका एक नेताका अनुसार रवि र ओलीबीच छुट्टै भेटको योजना छ । आजै दिउँसो ओलीले विराटनगरमा गएर गृहमन्त्रालय रास्वपाले नै पाउनुपर्ने अडान सार्वजनिक गरेका थिए । प्रचण्ड भने नागरिकता मुद्दाको पूर्णपाठ र राहदानी लगायत प्रकरण बाँकी नै रहेकाले अहिले रास्वपालाई उक्त पद दिँदा गलत सन्देश जाने बुझाइमा छन् ।

सर्वोच्च अदालतले नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको फैसला गरेपछि रविले सांसद र गृहमन्त्री पद खारेज भएको थियो । त्यसको दुई दिनपछि नागरिकता लिएका उनले गृहमन्त्री पदमा फेरि फर्किन प्रयास गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिइरहेको छ ।

साभार : अनलाईन खबर

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
नारायणघाट–बुटवल सडकमा राति ठूला सवारीमा रोक, तीन दिनसम्म लागू
मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति
चौपायाको कब्जामा बुटवलको सडक
गुल्मीमा चट्याङ लागेर तीन महिला घाइते, एकको अवस्था गम्भीर
ऐतिहासिक मेला बुढानिलकण्ठ मन्दिरमा भव्य तयारी
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?