By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवलमा पहिलो पाँचतारे होटल ‘हायात प्लेस’ सञ्चालनमा

बुटवलमा पहिलो पाँचतारे होटल ‘हायात प्लेस’ सञ्चालनमा

News Desk
News Desk
२०८२ कार्तिक २४, सोमबार २०:४३

बुटवल :-पश्चिम नेपालको आर्थिक केन्द्र बुटवलमा पहिलो पटक पाँचतारे होटल ‘हायात प्लेस’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।
आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत होटल सञ्चालकहरूले सेवा सुरुवात गरिएको जानकारी दिएका हुन्।

बुटवल उपमहानगरपालिका–८ मा २५ कठ्ठा क्षेत्रफलमा फैलिएको यो होटल निर्माणमा ३ अर्ब ५० करोड रुपैयाँ लगानी गरिएको हो। करिब पाँच वर्षको अवधिमा निर्माण सम्पन्न भएको होटललाई नेपाली परम्परागत वास्तुकला र लुम्बिनीका सम्पदासँग मेल खाने डिजाइनमा तयार गरिएको छ।

होटल सञ्चालक समिति अध्यक्ष चुन्नप्रसाद पौडेलका अनुसार होटलमा एकपटकमा २ सय ५० जना पाहुना अट्ने क्षमता छ।
रुपन्देहीका प्रतिष्ठित उद्योगी पौडेल र उमाशंकर मालपानी परिवार, साथै ग्लोबल आईएमई बैंक र स्याफ्रोन सिकोको संयुक्त लगानीमा होटल निर्माण गरिएको हो।

अध्यक्ष पौडेलका अनुसार होटलमा स्तरीय क्यासिनो सञ्चालन गर्ने तयारी समेत भइरहेको छ।
तर उनले हालको राजनीतिक अस्थिरता र लगानी वातावरणको अनिश्चितताले पर्यटन क्षेत्र विस्तारमा चुनौती देखिएको बताए।

होटलको व्यवस्थापन अन्तर्राष्ट्रिय स्तरको हायात प्लेस समूहले गर्नेछ, जसले सन् २००६ देखि विश्वका ४२० भन्दा बढी स्थानमा सेवा विस्तार गरिसकेको छ।

होटल बुटवलको कुसुमपथमा अवस्थित छ। यहाँबाट    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल – २५ किमि,लुम्बिनी – ४६ किमि, बेलहिया नाका -२८ किमि दूरीमा छन्।

होटलको प्रवेश भागमा चारवटा आकर्षक वास्तुकला खम्बा छन्।
होटलमा कुल १०९ कोठा छन्, जसलाई स्ट्यान्डर्ड, फरेस्ट भ्यु, हिल भ्यु, बाल्कोनी, एक्जिक्युटिभ स्विट्स र प्रेसिडेन्सियल स्विट गरी ६ श्रेणीमा वर्गीकरण गरिएको छ।

दुई तला अन्डरग्राउन्ड पार्किङ भएको होटलको दोस्रो तलामा ‘जिङ रेस्टुरेन्ट’ रहेको छ, जसमा १४७ जना पाहुना अट्न सक्छन्।
रेस्टुरेन्टको डिजाइन मन्दिरको घण्टी र मायादेवी मन्दिरका इँटाबाट प्रेरित गरिएको छ र यो दिनभरि खुला रहने सुविधा सहित सञ्चालनमा छ।

होटलमा १,००१ वर्गमिटरको सभागृह छ, जहाँ ठूला सम्मेलन र विवाह समारोह गर्न सकिन्छ।
साथै, साना–ठूला बैठक हल, आधुनिक जिम, स्पा, ज्याकुजी, पौडी पोखरी, र बालबालिकाका लागि खेल्ने क्षेत्र पनि रहेको छ।

अध्यक्ष पौडेलले भने  “हायात प्लेस बुटवलले पश्चिम नेपालको पर्यटन र हस्पिटालिटी क्षेत्रमा नयाँ अध्याय सुरु गर्नेछ। हामीले स्थानीय संस्कृतिसँग जोडिएको आधुनिक सुविधायुक्त होटल निर्माण गरेका छौं।”

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
कुवेतमा भएको आक्रमणमा नेपालीको मृत्यु : सरकारले गर्‍यो कडा निन्दा
अस्पताल भर्ना हुने अधिकांश कोरोना संक्रमित दीर्घरोगी
भोटेकोशी बाढीपीडितको पीडामा स्कलर्स होमको साथ, विद्यालय परिवारले जुटायो २ लाख २ हजार १११ रुपैयाँ
लियो भनेको खर्च गर्ने ठाउँ हो’ भन्ने भाष्य चिर्दै विपद्मा उद्धारमा खटियो लियो जिल्ला परिषद् ३२५ ‘आर’
बझाङमा मध्यराति चख्खु प्रहार, आमा छोरा घाइते
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?