By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवलमा सार्वजनिक जग्गा मिचेर बनाइएको संरचनामा डोजर !

बुटवलमा सार्वजनिक जग्गा मिचेर बनाइएको संरचनामा डोजर !

News Desk
News Desk
२०८० असार ५, मंगलवार २२:५३

बुटवल :- बुटवल उपमहानगरपालिका वडा नं ११ कालिका पथस्थित सार्वजनिक जग्गा मिचेर बनाइएको संरचना डाेजर चलेकाे छ ।

बुटवल उपमहानगरपालिकालु वडा नं ११ कालिका पथसँग जोडिएको दुर्गा टोलमा  डोजर चलाएकाे हाे ।स्थानीय रामप्रसाद गैरेले अवैध रुपमा बनाएको संरचनामा मेयर खेलराज पाण्डेको निर्देशनपछि उपमहानगरले डोजर चलाएको हो ।

कालिका पथदेखि पूर्वतर्फ जाने १२ फुटे बाटो ओगटेर भवन निमार्ण गरेपछि २०७६ सालदेखि स्थानीयले बिरोध जनाएका थिए ।पीडिहरु माधव पछाई, विक्रम रिजाल, दधिराम भट्टराई, माधवप्रसाद भट्टराई, प्रशान्त भट्टचन लगायतले  २०७८ माघ १० गते  बुटवल उपमहानगरमा गुनासो लगेर गए थिए ।प्रमुख प्रशासकीय अधिकृतकाे निर्देशनमा पत्रकाटी प्रमुख २०७८ माघ १६ गते खाली गर्ने सहमति भएकाे थियाे ।

निर्देशनसँगै सार्वजनिक जग्गा मिचेर संरचना बनाएका रामप्रसाद गैरेकी पत्नी गिता गैरेले बुटवल उपमहानगरपालिका, उपमहानगरका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र भारती र वडा नम्बर ११ लाई विपक्षी बनाई उच्च अदालत तुलसीपुर बुटवल इजलासमा २०७८ माघ १३ गते रिट दर्ता गराएका थिए।

सार्वजनिक  जग्गालाई अतिक्रमण गरी  संरचना बनाएर राम प्रसाद गैरे र पत्नी गिता गैरेले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा बुटवल उपमहानगरपालिका, उपमहानगरका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र भारती र वडा नम्बर ११ लाई विपक्षी बनाई रिट दर्ता गराएका थिए ।उपमहानगरको प्राविधिक टोलीले फिल्ड भिजिट गरी ६ फिट बाटो मिचेर टहरा बनाएको निष्कर्श निकालेकोमा गैरेले अटेर गरि नभत्काएकाे  स्थानीयहरुकाे आराेप छ।

रिट उपर फैसला गर्दै अदालतले उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतले संरचना भत्काउनका लागि आदेश दिन नमिल्ने आसयको फैसला गरेको थियो ।   स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३९ मा अख्तियारी र कार्यविधि अबलम्बन गरी उपमहानगर प्रमुखले भने संरचना भत्काउन दिन मिल्ने व्यवस्था रहेको बताएका थिए।

अदालतको फैसलासँगै उक्त समय यथावत रहेको विवाद समाधानका लागि स्थानीयले उपमहानगरमा २०७९ चैत्र १२ गते पुनः अर्को निवेदन दर्ता गराई न्यायको माग गरेका थिए।

निष्कर्श र उच्च अदालत तुलसीपुर बुटवल इजलासले दिएको आदेशलाई आधार मान्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३९ अनुसार उपमहानगर प्रमुखले संरचना अटाउन आदेश दिन मिल्ने भनि प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले  टिप्पणी आदेशमा उल्लेख गरेका थिए ।

सोही टिप्पणीलाई आधार मान्दै पीडितहरुले संरचना हटाउन सिफारिसका लागि उपमहानगरका मेयर खेलराज पाण्डेसँग पुगेका थिए ।उनले समेत कानून विज्ञको राय बमोजिम पेश गर्न भनि पुनः प्रमुख प्रशासकीय अधिकृतलाई आदेश गर्दै स्पष्ट निर्णय नगरेपछि पीडितहरु निराश बनेका थिए ।

पीडितहरुको निरन्तर दबाबपछि मेयर पाण्डेय अन्तिममा संरचना भत्काउन आदेश दिएका थिए । संरचना हटाएपछि उक्त टोलमा सडक निर्माणको बाटो खुलेको छ ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
टाउकोमा चोट लागेको अवस्थामा सैनामैनामा पुरुषको शव फेला
महानायक राजेश हमाल भन्छन् : लण्डन यात्राको तस्वीर तोडमोड गरी भोट मागिएको देख्दा अचम्म लाग्यो
नाइजरको जङ्गलमा दाउरा काट्न गएका ११ किसानको गोली हानी हत्या
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा इन्दिरा मावि विजेता ७ स्वर्णसहित १४ पदक जित्दै धुर्कोटमा उत्कृष्ट प्रदर्शन
भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?