गुल्मी: गुल्मीमा भीरबाट लडेर एकजनाको ज्यान गएको छ। जिल्लाको कालिगण्डकी गाउँपालिका –१ हर्मिचौर निवासी टुकुन भनेर चिनिने ३६ बर्षिया सुदर्शन न्यौपाने क्षेत्रीको मृत्यु भएको हो।

बुधबार अपरान्ह ४ बजेबाट हराएका उनलाई स्थानीयले खोजी गर्दा बिहीबार मध्यान्ह १२ बजे फेला पारेका हुन् ।क्षेत्री बुधबार साँझ अर्बेनी कोटबाट आफ्नै घर जाँदा घर नजिकैको भीरबाट लडेर मृत्यु भएको कालिगण्डकी गाउँपालिका –१ का वडा सदस्य मान बहादुर सिंजालीले जानकारी दिए।
Facebook Comments Box
Total Views:
0

