By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » जापान निर्वाचन : पूर्व टेलिभिजन प्रस्तोता ताकाइची नेतृत्वको दललाई भारी बहुमत

जापान निर्वाचन : पूर्व टेलिभिजन प्रस्तोता ताकाइची नेतृत्वको दललाई भारी बहुमत

News Desk
News Desk
२०८२ माघ २६, सोमबार २२:४७

काठमाडौं :- जापानको प्रधानमन्त्री निर्वाचनमा सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले भारी बहुमत हासिल गरेको छ। आइतबार सम्पन्न निर्वाचनमा ताकाइची नेतृत्वको एलडीपीले संसदको शक्तिशाली तल्लो सदनमा स्पष्ट अग्रता कायम गर्दै सरकार गठनको बलियो आधार बनाएको हो।

जापानको सरकारी प्रसारक एनएचकेका अनुसार ४६५ सदस्यीय तल्लो सदनमा एलडीपीले ३१६ सिट जितेको छ। यो साधारण बहुमतका लागि आवश्यक २३३ सिटभन्दा ८३ सिट बढी हो।

स्पष्ट जितपछि पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री ताकाइचीले वित्तीय नीतिको दिगोपनलाई आफ्नो सरकारको प्राथमिक एजेन्डा हुने बताइन्।
उनले भनिन्, “हामी जिम्मेवार र सक्रिय वित्तीय नीतिमा विश्वास गर्छौं। दीर्घकालीन स्थायित्व कायम राख्दै आवश्यक क्षेत्रमा लगानी सुनिश्चित गर्नेछौं।”

पाँच वर्षमा जापानकी चौथी प्रधानमन्त्री ६४ वर्षीया ताकाइची पाँच वर्षको अवधिमा जापानकी चौथी प्रधानमन्त्री बनेकी हुन्। अघिल्ला प्रधानमन्त्रीहरू लोकप्रियता घट्नु, आन्तरिक विवाद र काण्डका कारण पद छोड्न बाध्य भएका थिए।

पूर्व प्रधानमन्त्री शिन्जो आबेकी निकट सहयोगी मानिने ताकाइची एलडीपीको दक्षिणपन्थी धारमा पर्ने नेतृका रूपमा चिनिन्छिन्। उनी लैङ्गिक समानताबारे रूढिवादी दृष्टिकोण र कडा आप्रवासन नीतिका कारण चर्चित छिन्।

राजनीतिमा प्रवेश गर्नुअघि ताकाइचीले केही समय टेलिभिजन प्रस्तोता (होस्ट) का रूपमा पनि काम गरेकी थिइन्। हेभी मेटल संगीतप्रेमी उनी एक ब्याण्डसँग समेत संलग्न रहँदा स्टेजमा जोसिलो प्रस्तुति दिने नेतृका रूपमा परिचित थिइन्।

कर निलम्बनको प्रतिबद्धतासहित चुनाव पछिल्ला वर्षहरूमा एलडीपी चन्दा र धार्मिक काण्डका कारण दबाबमा रहँदै आएको थियो। तर चुनावमा ताकाइचीले खाद्यान्नमा लाग्ने ८ प्रतिशत बिक्री कर निलम्बन गर्ने प्रतिबद्धता जनाउँदै जनसमर्थन जुटाएकी थिइन्। यद्यपि, ठूलो ऋण बोकेको जापानले यस्तो योजना कसरी वित्तपोषण गर्छ भन्ने प्रश्न भने अझै उठिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले उल्लेख गरेको छ।

ट्रम्पको समर्थन, चीनलाई तनाव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत ताकाइचीलाई बधाई दिँदै ‘पूर्ण समर्थन’ रहने बताएका छन्। ताकाइचीले पनि ट्रम्पप्रति धन्यवाद व्यक्त गरेकी छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले समेत ताकाइचीको जितलाई ‘ठूलो विजय’को संज्ञा दिएका छन्।

तर निर्वाचन परिणामले चीनलाई भने असहज बनाएको कूटनीतिक विश्लेषकहरूको भनाइ छ।

एसिया ग्रुपका प्रमुख डेभिड बोलिङका अनुसार, “बेइजिङले ताकाइचीको जितलाई स्वागत गर्ने छैन। अब चीनले उनी मजबुत रूपमा सत्तामा रहेको यथार्थ स्वीकार्नुपर्ने अवस्था आएको छ।”

पदभार सम्हालेको केही सातामै ताकाइचीले ताइवानमाथि चीनले आक्रमण गरे जापानको प्रतिक्रिया कस्तो हुन सक्छ भन्ने विषय उठाएपछि दुवै देशबीच पछिल्लो दशककै ठूलो कूटनीतिक तनाव देखिएको थियो।

‘चाहेअनुसारको कानुन बनाउने हैसियत’
होसेई विश्वविद्यालयका प्राध्यापक क्रेग मार्कका अनुसार तल्लो सदनमा स्पष्ट बहुमत प्राप्त गरेसँगै ताकाइचीले विपक्षीको अवरोधबिना आफूले चाहेको कानुन अघि बढाउन सक्ने अवस्था बनेको छ।

उनले अल जजिरालाई भनेका छन्, “रेकर्ड बजेटदेखि रक्षा खर्चसम्म, ताकाइचीले चाहेअनुसार नीति र कानुन अघि बढाउन सक्छिन्।”
उनका अनुसार यो अवस्था जापानको शान्तिवादी छवि परिवर्तन गर्ने ऐतिहासिक अवसरसमेत हुन सक्छ।

जापानको प्रमुख व्यावसायिक महासंघ केइदानरेनले निर्वाचन परिणामले देशमा राजनीतिक स्थिरता फर्किएको भन्दै स्वागत गरेको छ।

Facebook Comments Box
Total Views: 0
वडा अध्यक्ष द्वारा अशक्त तथा अपांगलाई सहायताका सामाग्री हस्तान्त्रण ।
जेटकेटेकको टेक्निकल वर्कसप रुपन्देहीमा सम्पन्न, स्मार्ट सुरक्षा प्रविधिमा जोड ।
लायन्स क्लब अफ बुटवल सेन्ट्रलको १३औँ कन्भेन्सन सम्पन्न, कृष्ण बन्धु अर्याल अध्यक्षमा निर्वाचित हुनुभएको छ
गुल्मीदरबार गाउँपालिकामा बजार खोज्दै अचार उद्यमी
जेनजी आन्दोलनमा आगजनी गर्ने १३ जनाविरुद्ध मुद्दा दायर
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

सुनौली बसपार्कको सरसफाइ प्रश्नमा चिन्ता : अनुगमन कागजमै सीमित कि व्यवहारमा पनि?

सिरहामा २७६ किलो गाँजा बरामद, थप अनुसन्धान जारी

जापानमा रहेका गायक सन्तोष खत्री जापानी गीत सार्वजनिक गर्ने तयारीमा

तिलोत्तमाको ‘नसिब’ गार्मेन्ट्स नयाँ व्यवस्थापनसहित ‘आयन्स’ नाममा सञ्चालन

धुर्कोट गाउँपालिकाको एसईई २०८२ नतिजा उत्साहजनक, ८३.१२ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख ३०, बुधबार ०७:१०

कार्यान्वयनयोग्य योजना मात्रै बजेटमा समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन, मगर र थारु भाषालाई सरकारी मान्यता दिन माग

आयोग खारेजीले रुपन्देहीका हजारौँ सुकुम्बासी अन्योलमा, लालपूर्जा वितरण प्रक्रिया प्रभावित

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?