रुपन्देही:- राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तार तथा प्रवासी–सम्पर्क सुदृढीकरण गर्ने अभियानअन्तर्गत धुर्कोट–रुपन्देही सम्पर्क विभागको नेतृत्वमा नयाँ जिम्मेवारी तोकेको छ। पार्टीले उक्त विभागको सभापतिमा राजेन्द्र पोखरेललाई चयन गरेको हो।
धुर्कोट क्षेत्रसँग गहिरो सामाजिक सम्बन्ध राख्दै रुपन्देहीमा सक्रिय राजनीतिक तथा सामाजिक पहिचान बनाउँदै आउनु भएका पोखरेललाई संगठन सुदृढीकरणको महत्वपूर्ण जिम्मेवारी दिइएको पार्टीले जनाएको छ। लामो समयदेखि संगठन निर्माण, जनसम्पर्क तथा राजनीतिक चेतना अभिवृद्धिमा सक्रिय रहँदै आउनु भएका उहाँलाई पार्टीले सक्षम, अनुभवी र भरोसायोग्य नेताका रूपमा विश्वास गरेर जिम्मेवारी सुम्पिएको हो।
पोखरेलको नेतृत्वमा धुर्कोट–रुपन्देही सम्पर्क विभागले जिल्लाबीचको समन्वय मजबुत बनाउने, कार्यकर्ता परिचालनलाई प्रभावकारी बनाउने, संगठन विस्तार गर्ने तथा जनताको आवाज पार्टी नेतृत्वसम्म पुर्याउने कार्यलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
नव–नियुक्त सभापति पोखरेलले समावेशी सोच, पारदर्शी कार्यशैली र जनमुखी राजनीतिमार्फत पार्टी संगठनलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
पार्टीका नेता तथा कार्यकर्ताहरूले उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै, उहाँको नेतृत्वमा संगठन अझ सशक्त, अनुशासित र जनविश्वासयुक्त बन्ने विश्वास व्यक्त गरेका छन्। धुर्कोट–रुपन्देही सम्पर्क विभागमार्फत पार्टीको संगठनात्मक अभियानले थप गति लिने अपेक्षा गरिएको छ।

