कपिलवस्तु :- प्रतिनिधिसभा निर्वाचन २०८२ लाई मध्यनजर गर्दै आजदेखि कपिलवस्तुको कृष्णानगर नेपाल–भारत सीमा नाका पूर्ण रूपमा बन्द गरिएको छ।प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार अत्यावश्यक सेवाका साधन—एम्बुलेन्स, दमकल लगायत—बाहेक अन्य सबै प्रकारका सवारी साधनको आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सीमा क्षेत्रमा कडाइ गरिएको प्रशासनले जनाएको छ। सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ भने सीमा क्षेत्रमा निगरानी बढाइएको बताइएको छ।प्रशासनले निर्वाचन सम्पन्न नभएसम्म लागू रहने व्यवस्थाप्रति सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ।
![]()
Facebook Comments Box

