By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » तिलोत्तमा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, जनगुनासो पुरा गर्ने प्रतिबद्धता

तिलोत्तमा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, जनगुनासो पुरा गर्ने प्रतिबद्धता

News Desk
News Desk
२०८० भाद्र ६, बुधबार २१:३३

तिलोत्तमा:- रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम नगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ। तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप प्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, सबै वडाका वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरु,वडा सदस्यहरु,नगरका शाखागत कर्मचारी, वडा कर्मचारी लगायत नगरपालिका भित्र रहेका सरोकारवाला संघ संगठन,महिला समाजका प्रमुखहरु, बुद्धिजीवी तथा स्थानिय दाजुभाई दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले एक वर्ष भित्र अथवा आर्थिक वर्ष २०७९/८० भित्र गरिएका गतिबिधिहरुको संक्षिप्त प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत अर्यालले प्रगती विवरण प्रस्तुत गरे पश्चात् सहभागीहरुले टिप्पणी, गुनासो, प्रश्न, सुझाव र प्रशंसा सहितका मिश्रित प्रतिक्रियाहरु राखेका थिए । कार्यक्रममा जिज्ञासा र प्रश्न राख्दै सहभागीहरुले बिकास निर्माण र मानबिय बिकासमा जोड दिन सुझाव दिदै नगरमा भएका गतिविधिहरुका जनचासोका बिषयमा प्रश्न राखेका थिए।

नगरपालिकाको सार्वजनिक जग्गा, भवन निर्माण, यातायात, महिला तालिमको उपयोगिता,शिक्षा र पाठ्यक्रमका बिषयमा, मणिग्राम, ड्राइभरटोल तथा मंगलापुर र भलवारी चोकमा भएको डुबान समस्या र त्यसको आवस्यकता, स्वास्थ्य सम्बन्धी समस्या, समाधान, समयमा सडक निर्माण , बिस्तार, कालोपत्रे, पानीको समस्या, कृषकका समस्या, कृषिमा आत्मनिर्भर बन्न पालिकाद्वारा गरिनुपर्ने आवस्यकताहरु,महिला समूहद्वारा उत्पादित स्थानिय उत्पादनको बजार ब्यबस्थापन तथा प्रयोग,कृषिमा बिभेदको अन्त्य र समानान्तर हक र उपयोगिता ,अपाङ्गमैत्री बाताबरण निर्माण ,पुरातात्त्विक महत्वका पुराना ऐतिहासिक सम्पदाहरुको खोजतलास तथा संरक्षण , न्यायिक सम्पादन, बैकल्पिक सडकको निर्माण लगायत शिक्षा स्वास्थ्य खानेपानी, रोजगारी,स्थानिय उत्पादन र बजार ब्यबस्थापन लगायत उठाइएका चासो गुनासोहरूलाई नगर प्रमुख रामकृष्ण खाण , उपप्रमुख जगेश्वर देवी चौधरी, तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बुँदागत रुपमा स्पष्ट पारेका थिए। जवाफमा नगरको तर्फबाट कतिपय प्रोजेक्टहरू सम्पन्न भएको,कति हुन बाकी नै रहेको कति पय कार्यहरुको आउँदो नीति तथा कार्यक्रममा समाबेश गरि अगाडि बढ्ने प्रतिबद्धता जनाउदै चासो गुनासो र प्रश्न राख्ने सम्पुर्णलाई धन्यबाद ब्यक्त गरेका थिए।

नगरप्रमुख खाणले कोहि कसैसँग सुझाव सल्लाह प्रतिक्रिया भए विभिन्न माध्यमबाट पठाउन, र नगरपालिकामा एउटा सेवा ग्राही भन्दापनि सल्लाहकारको रुपमा आउन आग्रह गर्दै जनताको इच्छा बमोजिम अगाडि बढ्नुका साथै आगामी दिनमा जनताले सोचेको चाहेको र परिकल्पना गरेको देशभरिका नगरपालिका भन्दा फरक पहिचान बोकेको नगरपालिका बनाउन आफू प्रतिबद्ध रहेको समेत बताउदै सबैजनाको साथ सहयोगको अपेक्षा र उपस्थित सम्पुर्णमा दिदै सार्बजनिक सुनुवाई कार्यक्रम समापन भएको घोषणा गरेका थिए। कार्यक्रमको संचालन पत्रकार बिनोद परियारले गरेका थिए।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
क्रुनाल पाण्ड्याको अलराउण्ड प्रदर्शनमा लखनउको दोस्रो जित
तलब नपाएपछि विद्यालयमा शिक्षकको अनिश्चितकालीन धर्ना
सन्धिखर्क नगरपालिकामा टिकटक प्रतिबन्ध
रास्वपा गुल्मी–१ का पूर्व उम्मेदवार भण्डारीद्वारा पार्टी परित्याग
‘प्रधानमन्त्री छान्ने विषयमा गम्भीर बनौं’ – काँग्रेस नेताहरूको मतदातालाई आग्रह
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी1
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, १८ विधामा अवार्डसँगै नारी स्रष्टा तथा कलाकारलाई सम्मान

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?