काठमाडौं । साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने भएको छ।

आलाकार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरूको प्याकेजहरू प्राप्त नभएकाले बन्द गर्नुपर्ने अवस्था आएको सूचना तथा प्रसारण विभागले विज्ञप्ति मार्फत् जनाएको छ ।
नेपाल सरकारले लागु गरेकाे ‘आलाकार्ट’ शुल्क प्रणालीलाइ भारतीय च्यानलहरूको छाता सङ्गठन इण्डियन ब्रोडकास्टिङ एण्ड डिजिटल फाउन्डेसनले मान्य नहुने बताएकाे छ। उसले सूचना तथा प्रसारण विभागलाई पत्राचार गर्दै च्यानलहरूको प्याकेज बनाएर छुट्टा-छुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने जानकारी गराएको थियो ।

भारतीय सशुल्क अर्थात पे टिभी च्यानल प्रसारक संस्थाहरूले नेपालको ‘ आलाकार्ट ’ प्रणाली लागू गर्न सहयोग नगरेको सरकारको आरोप छ।
Facebook Comments Box
Total Views:
0

