By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » रेसुङ्गा–८ की लक्ष्मी बि.क: कार्यालय सहयोगीबाट ‘दक्ष कर्मचारी’सम्मको प्रेरणादायी यात्रा

रेसुङ्गा–८ की लक्ष्मी बि.क: कार्यालय सहयोगीबाट ‘दक्ष कर्मचारी’सम्मको प्रेरणादायी यात्रा

News Desk
News Desk
२०८२ मंसिर ९, मंगलवार २२:४२

गुल्मी :- रेसुङ्गा नगरपालिका–८ की कार्यालय सहयोगी लक्ष्मी बि.क स्थानीय सेवा प्रवाहको ‘दक्ष हात’का रूपमा उदाएकी छन्। ३६ वर्षीया बि.कका श्रीमान् वैदेशिक रोजगारमा रहेकाले घर–परिवार र सरकारी दुवै जिम्मेवारीसमेत उनीकै काँधमा परेको छ। बिहान–बेलुका छोराछोरीको हेरचाह र दिउँसो कार्यालयको सेवा–यही उनका दैनिक गतिविधि हुन्।

२०७४ सालमा कार्यालय सहयोगीका रूपमा नियुक्त भएकी लक्ष्मी सुरूमा सामान्य सरसफाइ र फाइल व्यवस्थापनजस्ता काममै सीमित थिइन्। तर आठ वर्षको अन्तरालमा उनले आफूलाई निरन्तर सीप–सुधारमा समर्पित गर्दै वडाको करिब ९५ प्रतिशत काम सहजै सम्हाल्न सक्ने दक्ष कर्मचारीका रूपमा रूपान्तरण गरेकी छन्।

वडा सचिव अनुपस्थित हुँदा उनले जन्म–दर्ता, मृत्युदर्ता, बसाइँसराइ, विवाह दर्ता लगायत अधिकांश पञ्जिकरण कार्य आफ्नै जिम्मेवारीमा सहजै पूरा गरिदिने गर्छिन्। सेवाग्राहीलाई फर्किन नपर्ने वातावरण बनाउन उनले गरेको प्रयास वडाभर प्रशंसनीय मानिन्छ।

कम्प्युटर सीप नहुने अवस्थामा सुरु गरेकी उनी आज डिजिटल पञ्जिकरणदेखि पत्राचार व्यवस्थासम्म सीपगत रूपमा सशक्त बनेकी छन्। “सुरुमा हेरेर–हेरेर सिकेँ। पछि सकिन्छ जस्तो लागेपछि सचिवज्यूले पनि धेरै हौसला दिनुभयो,” उनी सम्झिन्छिन्।

आजै दर्ता सिफारिसका लागि वडामा आएकी दीपा मगर भन्छिन्, “सचिवज्यू नभए पनि काम सहजै भयो। यस्तो सक्षम कर्मचारी वडामा हुनु ठूलो सुविधा हो।”

वडा अध्यक्ष निरन्जन थापा पनि उनीप्रति विशेषरूपले प्रभावित छन्। “कार्यालय सहयोगीले आफ्नो काम मात्र नगरी सचिवज्यूसँग सहकार्य गर्दै सेवाग्राहीलाई निरन्तर सहयोग दिनुभएको देख्दा निकै खुशी लाग्छ,” अध्यक्ष थापा बताउँछन्। “यस्ता दक्ष कर्मचारी हुँदा जनशक्ति र आर्थिक दुवै बचत हुन्छ, बाँकी स्रोत विकास निर्माणमा लगाउन सकिन्छ।”

लक्ष्मी बि.क आज चाहना, लगन र सिक्ने इच्छाशक्ति भए कार्यालय सहयोगीकै जिम्मेवारीबाट पनि ठूलो प्रभाव पार्न सकिन्छ भन्ने उदाहरणीय पात्र बनेकी छन्। स्थानीय सेवाप्रवाहमा उनले पारेको सकारात्मक योगदान गाउँलेका लागि गर्वको विषय बनेको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
जनयुद्ध दिवसमा भाेलि सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय
आज कुशे औँसी ( गोकर्णे औँसी ), बाबुको मुख हेर्ने दिन
कविता रानाभाटको अध्यक्षतामा रानाभाट / भाट समाज नेपाल ललितपुर जिल्लाकाे नयाँ कार्य समिति चयन
गुल्मीमा बसाइसराईले गाउँ रितिदै
ओभरलोड ट्रकको दबदबा : सडक बिग्रँदा सरकार रमिते
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, १८ विधामा अवार्डसँगै नारी स्रष्टा तथा कलाकारलाई सम्मान

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?