काठमाडौं :- सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

गत वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेल ले दिएका हुन्।

उनका अनुसार अध्ययनका लागि इजरायल गएका क्रममा गाजामा भएको घटनामा परी मृत्यु भएका विपिन जोशी का परिवारलाई राहतस्वरूप उक्त रकम प्रदान गर्ने निर्णय गरिएको हो।
सरकारले यसअघि मन्त्रिपरिषद्का मुख्य निर्णयहरू मात्र सार्वजनिक गर्ने गरेको भए पनि यसपटक हालसम्मका निर्णयहरू सार्वजनिक गरिएको जनाएको छ।
यस निर्णयलाई विदेशमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति सरकारको चासो र जिम्मेवारीका रूपमा हेरिएको छ।
![]()
Facebook Comments Box

