By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » वडाको धार्मिक भ्रमणले जेष्ठ नागरिक हर्षित वडाअध्यक्ष सहित जनप्रतिनिधिको प्रशंसा ।

वडाको धार्मिक भ्रमणले जेष्ठ नागरिक हर्षित वडाअध्यक्ष सहित जनप्रतिनिधिको प्रशंसा ।

News Desk
News Desk
२०७९ चैत्र २६, आईतवार २०:३४

रामकृष्ण कंडेल,गुल्मी। गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नं. ६ ले वडाका जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गराएको छ ।
वडाले चैत्र २४ र २५ गते ६८ वर्ष नाघेका ६० जना ईच्छुक जेष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण गराएको हो ।

वडा समितिको पहलमा धार्मिक एवं पर्यटकिय स्थलहरुको भ्रमण गरिएको थियो । उनीहरुलाई अर्घाखाँचीको सुपदेउराली , भगवान गौतमवुद्वको जन्मस्थल लुम्बिनी , सिद्ववावा मन्दिर , पाल्पाको रानीमहल कालिगण्डकी, भैरवस्थान मन्दिर अवलोकन गराईएको थियो ।भ्रमणमा सहभागी जेष्ठ नागरिकले स्थानीय सरकारले घुमाउन लगेकोमा खुशी व्यक्त गरे। वडाले आफुहरुलाई निशुल्क यातायातको ब्यवस्थापन खाने बस्ने सुविधा सहित धार्मिक भ्रमण गराउँदा जेष्ठ नागरिकहरु निकै खुशी
भएका छन् ।

उनीहरुले जनप्रतिनिधिहरु बाट आफ्ना छोराछोरीहरुले बुवा आमालाई गर्नु पर्ने ब्यवहार पाएको बताउँदै अन्य वडा वडाले पनि यसलाई अनुसरण गर्नुपर्नेमा जोड दिए । उनीहरुले वडाध्यक्ष लगायत सम्पुर्ण जनप्रतिनिधीहरुको खुलेर प्रशंसा समेत गरे ।
यस भ्रमणले जेष्ठ नागरिकहरुलाई स्फूर्ति मिलेको वडाध्यक्ष मुकेश थापाले बताए । अहिलेको व्यस्त समयमा घर परिवारले ज्येष्ठ नागरिकलाई समय दिन नभ्याउने तथा दिनभर घरमा बसिरहेका बुवा आमाहरूलाई नयाँ ठाउँको अवलोकन गराउने उद्देश्यले वडाको वार्षिक बजेटबाट भ्रमणमा लगिएको वडा अध्यक्ष थापाले बताए । थापालेनयाँ ठाउँको विकास तथा पछिल्ला दिनमा भएका परिवर्तनबारे प्रायः वृद्ध वृद्धा बेखबर रहने र कतिपय गुल्मी
भन्दा बाहिर ननिस्किएकाहरू पनि भएकाले उहाँहरूको सम्मान स्वरूप गुल्मी मै पहिलो पटक दुइ दिने भ्रमणमा
लागिएको जानकारी दिए ।

वडामा जम्मा ६८ बर्ष माथिका १६६ जना जेष्ठ नागरिकहरु रहेका छन। वडाको बार्षिक बजेट बाट जेष्ठ
नागरिक भ्रमण शिर्षकमा २ लाख बजेट विनियोजन गरिएको थियो । उक्त बजेट बाट बचत भएको रकम बाट
अति असक्त तथा भ्रमण कार्यक्रममा सहभागि नभएका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको थापाले
बताए । जेष्ठ नागरिक इतिहासको ऐना भएकोले उनीहरुको सल्लाह सुझावलाई शिरोधार गर्ने उनको भनाइ छ
।जेष्ठ नागरिक समाजका गहना हुन् । बृद्ध बृद्धा हुदै गए पछि धार्मिक कुरामा मन रमाउने भएको कारण पनि
जेष्ठ हरुलाइ यसप्रकारको भ्रमणको आयोजना गरिएको वडा सदस्य सुन्दर कुँवरले बताए ।

 

स्थायी घर गुल्मीदरबार गाउँपालिका वडा नं. ६ भई हाल बुटवल पव्लिक स्कुलका संचालक हेमलाल भुषालले
सनिबार विहान आफ्नै विध्यालयमा खाजा नास्ताको निसुल्क ब्यवस्था मिलाएका थिए साथै मिरा ट्रस्टको
तर्फबाट प्रत्येकलाई एकएक वटा आधा के.जि.को चेवनपरास समेत प्रदान गरेका थिए । विभिन्न कामको
शिलसिलामा बुटवलमा बस्दै आएका ६ नं. वडाका रुपन्देहीमा संचालित विभिन्न संघ संस्था र सामाजिक
ब्याक्तित्वहरुले आफ्ना बाबुआमा नाता गोताहरु र छरछिमेकी हरुलाइ वडा कार्यालयले धार्मिक भ्रमण
गराएकोमा वडा कार्यालयलाई प्रशंसा गर्दै जेष्ठ नागरिकहरुलाइ फलफुल वितरण गरेका थिए ।


जेष्ठ नागरिक भ्रमण कार्यक्रममा जेष्ठनागरिकहरुको यात्रा ब्यवस्थापन गर्न वडा सदस्य रेशम प्रधान , विष्णु सुनार
लगायत वडाका सम्पुर्ण जनप्रतिनिधि, कार्यपालिका सदस्य इश्वरि परियार, सनुदेवी कार्की ,जेष्ठनागरिकहरुलाई
यात्रामा आउन सक्ने स्वास्थ्य समस्यालाई ब्यवस्थापन गर्नको लागि स्वास्थ्यकर्मी , टोल विकास संस्थाका
स्वयंसेवकहरु महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र वडा स्थित कर्मचारीहरुको समेत सहभागिता रहेको
थियो ।

Loading

Facebook Comments Box
विष्णु पौडेलविरुद्ध गम्भीर आरोप, समर्थक–विरोधीबीच आरोप–प्रत्यारोप तीव्र
गुल्मीमा पुनः एमालेको भरोसा: क्षेत्र नं–२ मा गोकर्ण विष्टप्रति जनअपेक्षा अझै बलियो
धादिङमा गुडिरहेको बसमा आगलागी
रुपन्देही–२ मा कांग्रेसलाई राप्रपाको समर्थन
तिलोत्तमामा अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता हुँदै
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?