By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

News Desk
News Desk
२०८३ बैशाख ४, शुक्रबार २२:३०

बुटवल :- बुटवल उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउने तथा बजारलाई व्यवस्थित बनाउने अभियानलाई निरन्तरता दिएको छ। पहिलो र दोस्रो दिन कडाइका साथ अघि बढाइएको अभियान तेस्रो दिन भने केही नरम रूपमा सञ्चालन गरिएको देखिएको छ।

नगरपालिकाले पहिलो दिन अस्पताल लाइन, भुड्की चोक र मिलन चोक क्षेत्रमा अनुगमन गरेको थियो। सो क्रममा भुड्की चोकमा सडक पेटी अतिक्रमण गरी व्यापार गरिरहेका केही व्यवसायीका संरचना हटाइएका थिए भने मिलन चोक क्षेत्रमा सडकमै राखिएका मोटरसाइकल र सामान नियन्त्रणमा लिइएको थियो।

दोस्रो दिन अमरपथ, राममन्दिर लाइनलगायतका क्षेत्रमा अनुगमन गर्दा नगर प्रहरी र व्यवसायीबीच केही तनावको अवस्था समेत सिर्जना भएको थियो।

अनुगमन टोलीमा नगर प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवाली लगायतको सहभागिता रहेको थियो। व्यवसायीहरूले प्रतिरोध जनाएपछि नगर प्रहरीले केही स्थानमा सामान नियन्त्रणमा लिएको थियो।

तेस्रो दिन भने नगर प्रमुख पाण्डेले आवश्यकता अनुसार कडाइ र सहजीकरण दुबै अपनाइने बताउँदै अभियानको उद्देश्य कसैलाई दुःख दिनु नभई सहरलाई व्यवस्थित बनाउनु रहेको स्पष्ट पारे। “हामीले सूचना र माइकिङमार्फत पहिले नै जानकारी गराएका थियौँ, अटेरी गरेपछि मात्रै कडाइ गर्नुपरेको हो,” उनले भने।

नगरपालिकाका अनुसार १५ दिनअघि नै सूचना जारी गरेर फुटपाथ खाली गर्न आग्रह गरिएको थियो। त्यसपछि पनि अटेरी भएपछि डोजर र टोलीसहित अनुगमनमा निस्किनु परेको जनाएको छ। यो अभियान आगामी तीन महिनासम्म निरन्तर सञ्चालन हुने र त्यसपछि पनि नियमित अनुगमन जारी रहने बताइएको छ।

यद्यपि, केही व्यवसायीहरूले भने नगरपालिकाले कठोर र असहज शैली अपनाएको गुनासो गरेका छन्। उनीहरूले आफ्ना सामग्री हटाउने समय नदिई उठाएर लगिएको दाबी गरेका छन्। केहीले पसलभित्रसम्म प्रवेश गरी सामान उठाइएको आरोप पनि लगाएका छन्।

नगरपालिकाले भने उठाइएका सामानहरू सुरक्षित रूपमा गोदाममा राखिएको र अनुगमन सम्पन्न भएपछि विस्तृत विवरण संकलन गरी आवश्यक निर्णय गरिने जनाएको छ। उपप्रमुख अर्यालका अनुसार तेस्रो दिन धेरै व्यवसायीहरूले आफैं सामान हटाएकाले अवस्था सहज बनेको हो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
सुनदै–सुनाउँदै गोकर्ण बिष्ट : हाहाडेबाट उठेको विकासको आवाज
एनआरएनए ग्लोबलको सचिवमा दयानिधी सापकोटाको उम्मेदवारी घोषणा
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार–प्रसार सुरु
जेनजी आन्दोलनबारे जाँच आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझाइयो
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?