बुटवल :-रुपन्देही–२ का नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार विष्णु पौडेल ले आज बुटवल उपमहानगरपालिका वडा नं. ९ को कालिकापथ क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्।

घरदैलोका क्रममा उनले कालिकापथलाई रात्रिकालीन बजारका रूपमा विस्तार गर्ने योजना रहेको बताएका छन्। उक्त क्षेत्रलाई आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्न र व्यवसायलाई प्रवर्द्धन गर्न आफूले विशेष पहल गर्ने उनको भनाइ थियो।
त्यसैगरी, कालिकापथ क्षेत्रमा अझ चम्किलो सडकबत्ती जडान गरी रातिको समयमा समेत सुरक्षित र उज्यालो वातावरण बनाउने योजना अघि सारेको उनले उल्लेख गरे।
घरदैलोका क्रममा स्थानीय बासिन्दासँग भेटघाट गर्दै उनले वडा नं. ९ मा आवश्यक पर्ने विकास निर्माणका कामबारे सुझाव दिन आग्रह गरेका थिए। स्थानीयका सुझावलाई आफ्नो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।
![]()

