By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » नारा र गीतले होइन, विकास र सुशासनले देश बन्छ’ : प्रधानमन्त्री सुशीला कार्की

नारा र गीतले होइन, विकास र सुशासनले देश बन्छ’ : प्रधानमन्त्री सुशीला कार्की

News Desk
News Desk
२०८२ पुष ७, सोमबार २१:२६

काठमाडौँ :- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूको नारा र गीत गाएर मात्रै देशको उन्नति सम्भव नहुने स्पष्ट पारेकी छन्। सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले देशको वास्तविक आवश्यकता विकास, सुशासन र विधिसम्मत कानुनी प्रक्रिया भएको बताइन्।

प्रधानमन्त्री कार्कीले देशको उन्नति एकै रातमा सम्भव नहुने उल्लेख गर्दै सरकारले क्रमशः जिम्मेवारीपूर्वक काम अघि बढाइरहेको दाबी गरिन्। “सधैं राजनीतिक दलको गीत मात्रै गाएर हुँदैन,” उनले भनिन्, “उन्नति त देशको हुनुपर्‍यो, विकास त हुनुपर्‍यो। एकै रातमा सबै कुरा हुँदैन, तर सरकार आफ्नो जिम्मेवारीबाट पछि हटेको छैन।”

उनले जेन–जी आन्दोलनको समयका प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित टिप्पणी गर्दै कानुनको शासनमा प्रतिशोधको राजनीति नहुने स्पष्ट पारिन्। अनुसन्धानका क्रममा पक्राउ गर्ने कानुनी व्यवस्था भए पनि लोकतान्त्रिक व्यवस्थामा मनपरी दण्ड असम्भव रहेको उनको भनाइ थियो। “कानुन भनेको आवेग होइन, प्रक्रिया हो,” प्रधानमन्त्री कार्कीले भनिन्, “मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्ने होइन। हामी कानुनका ज्ञाता हौं, कानुनका आफ्नै घडी हुन्छन्।”

प्रधानमन्त्री कार्कीले आफू नेतृत्वको सरकार गठनपछि भ्रष्टाचारविरुद्धका निकायहरू सक्रिय भएको दाबी पनि गरिन्। उनका अनुसार सरकार बनेयता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब ४० वटा मुद्दा दर्ता गरिसकेको छ। साथै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यसअघि कहिल्यै नगरेको ढंगले काम गरिरहेको उनको भनाइ छ।

“आज हामी सरकारमा आएपछि अख्तियारले उल्लेखनीय रूपमा मुद्दा दर्ता गरेको छ। सीआईबी पनि सक्रिय छ, जुन पहिला देखिएको थिएन,” उनले भनिन्।

प्रधानमन्त्री कार्कीले कानुनी शासन, सुशासन र संस्थागत सुधारमार्फत मात्रै देशलाई स्थायित्व र समृद्धितर्फ लैजान सकिने दोहोर्‍याउँदै राजनीतिक दलहरूलाई जिम्मेवार र परिपक्व व्यवहार गर्न आग्रह गरिन्।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
प्रधानमन्त्री बालेन शाह : सामाजिक सद्भाव खलबल्याउने गतिविधिमाथि कडा कदम चालिन्छ
भूकम्प पीडितका लागि कोशी सरकारले एक करोड नगद र एक ट्रक राहत सामग्री पठाउने
विश्व स्वास्थ्य दिवसमा सिद्धार्थ कटेजको सामाजिक पहल : रक्तदान कार्यक्रम सम्पन्न
सुवास नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक बिदा
धुलिखेलमा कृषि कम्पनी प्रमुख अलेक कुमारसँगको खुलेर मन्थन: “किसानको हातमा समयमै मल नपुग्नु नै ठूलो चुनौती”
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?