By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » सिरहामा कर्मचारीकै मिलेमतोमा खुलेआम तस्करी

सिरहामा कर्मचारीकै मिलेमतोमा खुलेआम तस्करी

News Desk
News Desk
२०८० कार्तिक ९, बिहीबार २१:१५

काठमाडौं । सीमामा हुने तस्करी र भन्सार चुहावट नियन्त्रण गर्न सुरक्षाकर्मीदेखि प्रशासनका कर्मचारी खटिएका हुन्छन् । तर, सिरहामा भने कर्मचारी तस्करी नियन्त्रण गर्न होइन बरु कमाउ धन्दामा लागेको देखिएको छ ।

राजस्व अनुसन्धान विभाग, इटहरीले असोज १३ देखि १६ गतेसम्म सिरहाका विभिन्न स्थानमा छापा मारेर ३ करोड रुपैयाँभन्दा बढीको तस्करीका मालसामान बरामद गरेको छ भने सशस्त्र प्रहरीका जिल्ला प्रमुखसहित २८ जनाको जिम्मेवारी खोसिएको छ।

गोलबजारकी समिमा खातुन भारतीय बजारबाट तरकारी ल्याएर जिल्लाका हटियाहरुमा बेच्ने समिमा सधैं जस्तै यसपटक पनि तरकारी लिएर आइन् । उनी आएको गाडीमा अन्य व्यापारीको पनि तरकारी थियो । गाडी जाँचका लागि रोकिएसँगै अन्य तीन व्यक्तिले भन्सारका कार्यालय सहयोगी शेख अब्दुललाई जनही एक सयका दरले घुस तिरे । तर, घुस नदिँदा समिमाको तरकारी शेखले नियन्त्रणमा लिए ।

खातुन भन्छिन्, ‘सामान धेरै भएपनि तीन सय रुपैया“ दिएपछि अरुलाई जान दियो । तर, मैले नदि“दा थोरै सामान भएपनि जान दिएन । पैसा लिएर जान दिन्छ । मैले पैसा नदि“दा त्यसै गाडीबाट मेरो सामान झारिदियो ।’

सिरहा नगरपालिका-१७ को सीमावर्ती गाउ खैरटोकाका नरेश पासवान शारीरिकरूपले अशक्त छन् । नरेशसँगै पत्नी मधु रिक्सामा सातामा दुई तीन दिन भारतबाट खाद्यान्न ल्याएर नेपालमा बेच्छन् । पासवान दम्पती पनि चार हजार जति नेपाली रुपैयाँको सामान लिएर भन्सार जाँचमा आइपुगे । उनीहरूलाई कि त महिनावारी मिलाऊ नभए राजस्व तिर भनेर सुरक्षाकर्मी र भन्सारका कर्मचारीले रोकिदिए ।

सोही ठाउँका तपेश्वर यादव पनि भारतबाट चामल ल्याएर बेच्छन् । साइकलमा दैनिक दुईदेखि चार बोरासम्म चामल ल्याएवापत भन्सार कर्मचारीलाई उनी प्रतिबोरा ५० रुपैयाँ घुस खुवाउँछन् । त्यहाँ खटिने सुरक्षाकर्मीले महिनावारी एक हजार घुस तिरेर लाइन मिलाउन दिएको चेतावनी नमान्दा उनलाई पनि प्रहरीले रोकिदिए ।

यी तीन पात्रले सिरहाका सबै नाकामा हुने गतिविधिको प्रतिनिधित्व गर्छन् । घुस दिए वा महिनावारीको लाइन मिलाए खुलेआम राजश्व छली गरी सामान भित्र्याउन पाइन्छ । त्यसो गर्न नमान्नेहरु मात्रै झमेलामा पर्छन् । प्रहरी प्रशासनको मिलेमतोमा ठेक्का नै लागेर निर्वाध अवैध तस्करी भइरहेको स्थानीयको आरोप छ ।

स्थानीयको आरोपलाई राजस्व अनुसन्धान विभाग, इटहरीले गत असोज १३ गतेदेखि १६ गतेसम्म छापा हानेर ३ करोड बढीको कपडालगायतका अवैध सामान बरामद गर्नुले पुष्टि गर्छ ।

घटनालगत्तै सिरहाका सशस्त्र प्रहरी प्रमुख, सशस्त्रको सीमा सुरक्षा गुल्म र इलाका प्रहरी कार्यालय, माडरका प्रमुख, प्रहरी चौकी खिरौनाका प्रमुखसहित दुवै कार्यालयका २८ जना प्रहरीको जिम्मेवारी खोसेर अनुसन्धान भइरहेको छ । यस विषयमा प्रतिक्रिया लिन खोज्दा माडरका भन्सार प्रमुख रामराजप्रसाद चौरसिया कार्यकक्ष नै छाडेर हिँडे ।

सिरहाका सीडीओ राजेन्द्रदेव पाण्डेले भने विनाप्रमाण सेटिङमा तस्करी चलिरहेको मान्न नसकिने भन्दै प्रमाण भए कारबाही हुने प्रतिक्रिया दिए ।

प्रहरी प्रशासनकै मिलेमतोमा तस्करी भइरहेको छर्लंगै हुँदासमेत टालटुले जवाफ दिएर उम्किने भन्दा पनि राजश्व चुहावट नियन्त्रण गर्न सबै सरोकारवालाहरु इमान्दार हुन जरुरी छ ।

Facebook Comments Box
Total Views: 0
बाहिरिएको लगानी भित्र्याउन सके रोजगारी समस्या समाधान हुन्छ’ – चुन्नप्रसाद पौडेल
सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता दीपक खड्का पक्राउ
सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु
ललितपुर–५ महालक्ष्मी मन्दिर समितिको प्रयास : आस्था, संस्कृति र विकासको संगम
अस्पताल भर्ना हुने अधिकांश कोरोना संक्रमित दीर्घरोगी
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?