By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » धार्मिक पर्यटकीयस्थलमा परिणत हुँदै तनहुँको थानीमाई मन्दिर

धार्मिक पर्यटकीयस्थलमा परिणत हुँदै तनहुँको थानीमाई मन्दिर

News Desk
News Desk
२०८० मंसिर ३०, शनिबार १९:४५

तनहुँ । तनहुँको भानु नगरपालिका -७, वसन्तपुरमा रहेको प्रसिद्ध थानीमाई मन्दिर धार्मिक गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ । पृथ्वीराजमार्गको डुम्रेदेखि पुर्कोट बाइँसजागर हुँदै सहजै पुगिने थानीमाई मन्दिरमा अन्य दिनको तुलनामा मंगलबार र सार्वजनिक बिदाका दिन भीड हुने गरेको छ ।

सडकको सहज पहुँचका कारण पछिल्लो केही वर्षयता थानीमाई धार्मिक पर्यटकीयस्थलका रूपमा पनि विकास हुन थालेको छ । देशका विभिन्न जिल्लाबाट यहाँ भक्तजन आउने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले बताए । यहाँ विशेष गरी मंगलबार फूलको डोली लिएर भक्तजन आउने गरेका छन् । अध्यक्ष थापाका अनुसार फूलको डोली लिएर तनहुँका अतिरिक्त छिमेकी जिल्ला कास्की, स्याङ्जा, गोरखा, लमजुङ, चितवनबाट भक्तजन यहाँ आउने गर्दछन् । थापाले भने,‘मन्दिरमा विशेष गरी कार्तिक र मंसिरको मंगलबार धेरै फूलको डोली भित्रिन्छ । यो पटक कार्तिकमा बडा दशैं र तिहार पर्दा कार्तिकमा कम डोली भित्रियो ।’

प्रत्येक वर्ष कार्तिक, मंसिर, माघ र फागुन महिनाको मंगलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनहरुले फूलको डोली चढाउने गर्दछन् । उक्त महिनाको मंगलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणहरुको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ । सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औंसीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ । समुद्र सतहबाट १ हजार २ सय मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत चित्ताकर्षक हिमशृङ्खला देख्न सकिन्छ ।

Facebook Comments Box
चुनावी तापक्रमसँगै एमाले महाधिवेशन: पार्टीभित्र के बदलिँदैछ?
धनगढीमा ‘स्ट्रीटलाइट’को पोल भाचिदिएपछि मेयरले यस्तो भने
एउटै विद्यालयमा दुई जना प्रधानाध्यापक
देशव्यापी ‘पेन डाउन’ आन्दोलन रोकियो, भन्सार विभाग र एजेन्ट महासंघबीच सहमति
ऐतिहासिक मेला बुढानिलकण्ठ मन्दिरमा भव्य तयारी
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

६५औँ वार्षिक उत्सवको अवसरमा जिल्ला स्तरीय प्रतियोगिता

बुटवलमा टीभीएस स्मार्ट साटासाट मेला सुरु

बुटवलमा पुस ३ देखि १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी

कान्ति माध्यमिक विद्यालयको ७२औँ वार्षिक उत्सव सम्पन्न

रुपन्देही डेरी व्यवसायी समितिको १७औँ वार्षिक साधारणसभा सम्पन्न

जेन्–जि (Gen Z) को आवाज — आन्दोलनपछि पनि उस्तै सेवा, किन नेपाल सरकार ?

२०८२ पुष २, बुधबार ००:१५

ढिलासुस्ती, जनशक्ति अभाव र सेवाग्राहीको गुनासो : बुटवल मालपोतको यथार्थ

तिलोत्तमामा ऐतिहासिक मेला: जनचासो बढेपछि ४ दिन अवधि थप

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?