काठमाडौं :- बालेन्द्र शाह (बालेन) ले सरकारी कर्मचारीहरूलाई काममा कुनै पनि प्रकारको ढिलासुस्ती नगर्न कडा निर्देशन दिएका छन्।
शुक्रबार शपथ ग्रहणलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्दै उनले कर्मचारीहरूलाई आफ्नो सरकारको “स्पिरिट” समातेर काम गर्न आग्रह गरेका हुन्।

एक सचिवका अनुसार प्रधानमन्त्री शाहले भने, “हामी जसरी अघि बढ्न खोजेका छौं, त्यसअनुसार तपाईंहरूले पनि सरकारको स्पिरिट समात्नुपर्छ। नियम कानुन परिवर्तन गर्नुपरेमा हामी गर्न सक्छौं, त्यसलाई बहाना बनाएर काम रोक्न पाइँदैन।”
उनले आवश्यक परे कानुन संशोधन गर्न सरकार सक्षम रहेको उल्लेख गर्दै कुनै पनि बहानामा काम रोक्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे। “कुनै पनि कुरा देखाएर ढिलासुस्ती गर्न पाइँदैन,” उनले जोड दिएका छन्।

प्रधानमन्त्रीको यो निर्देशन कर्मचारी र मन्त्रीहरूलाई लक्षित गरी गरिएको छोटो ब्रिफिङमा दिइएको हो। करिब पाँच मिनेटको सम्बोधनमा उनले सुशासन र तीव्र सेवा प्रवाहमा जोड दिएका थिए।नयाँ सरकार गठनसँगै प्रशासनिक सुधार र छिटो सेवा प्रवाहमा केन्द्रित हुने संकेत प्रधानमन्त्री शाहले दिएका

