By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

News Desk
News Desk
२०८३ श्रावण ३, आईतवार २१:१२

बुटवल:-बुटवल–११, कालिकानगरस्थित होटल भेल्भेट लक्समा क्लब अध्यक्ष लायन कृष्णबन्धु अर्यालको अध्यक्षता तथा सचिव लियो–लायन हिमाल खनालको सञ्चालनमा क्लबको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न भयो।

बैठकमा वार्षिक कार्ययोजना, आगामी तीन महिनामा सम्पन्न गरिने सेवा कार्यहरू, बैंक खाताको हस्ताक्षर परिवर्तन, रिक्त पदमा मनोनयन, LCIF तथा NLF मा योगदान, नयाँ सदस्यता वृद्धि लगायतका एजेन्डामा छलफल गरी आवश्यक निर्णय गरिएको बताइएको छ।

अध्यक्ष अर्यालले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, रक्तदान, विपद् व्यवस्थापन तथा मानवीय सेवामा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै क्लबलाई डिस्ट्रीककै उदाहरणीय क्लब बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सदस्यहरूको सक्रिय सहभागिता र एकताबाट मात्र सेवा अभियान सफल हुने उल्लेख गर्नुभयो।

बैठकमा डिस्ट्रीक एक्सन टिमका को-चिफ एडभाइजर तथा क्लबका पूर्व अध्यक्ष, क्लब एडमिनिस्ट्रेटर, क्लब मार्केटिङ को- अर्डिनेटर लायन विष्णु कुँवर, डिस्ट्रिक्ट चिफ लायन कृष्णप्रसाद पौड्याल, डिस्ट्रिक्ट डेपुटी ट्रेजरर, क्लबका पूर्व अध्यक्ष तथा क्लब सर्भिस चेयर लायन बाल्दर गोदार, डिस्ट्रिक्ट प्रोग्राम चेयरपर्सन, क्लब पूर्व अध्यक्ष लायन उत्तम अर्याल, निवर्तमान अध्यक्ष लायन जमाल खान तथा पूर्व अध्यक्ष लायन तोयाराम पौडेलको उपस्थिति रहेको थियो।

त्यसैगरी क्लबका उपाध्यक्षहरू कृष्णप्रसाद घिमिरे र रामबहादुर रसाइली, कोषाध्यक्ष आनन्द क्षेत्री, लायन टेमर बुद्धि कुँवर, टेल ट्विस्टर सुदीप ज्ञवाली तथा क्लब डाइरेक्टरहरू र सदस्यहरूको उल्लेखनीय सहभागिता थियो।

सिनियर लायन्स लिडरहरूले लायन वर्ष २०२६/२७ मा क्लबलाई अझ सक्रिय, प्रभावकारी र सेवामुखी बनाउँदै समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नु भएको थियो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गोरखामा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ
स्थानीय तहलाई मालपोत सेवा दिने कानुनी बाटो खुल्यो
रुपन्देही–१ मा हिराबहादुर खत्रीको घरदैलो, ‘कृषि आत्मनिर्भरतामा जोड’
रुपन्देहीमा सवारी दुर्घटना हुँदा गुल्मीका २ जनाको मृत्यु
जेनजी प्रतिवेदन कार्यान्वयनपछि राजनीतिक तरङ्ग, ओली–लेखक पक्राउ तयारीमा एमालेको कडा विरोध
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?