By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » भैरहवा भन्सारमै समातियो विना भन्सारको मालवाहक ट्रक

भैरहवा भन्सारमै समातियो विना भन्सारको मालवाहक ट्रक

News Desk
News Desk
२०८० असार २७, बुधबार ०८:४३

भैरहवा । भैरहवा भन्सार कार्यालयले विना भन्सार बाहिरीन खोजेको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ । गत जेठको दोस्रो साता किर्ते प्रज्ञापन पत्र बनाई भन्सार जाँच पास गराउन खोजेको घटना सेलाउन नपाउँदा सोही प्रकृतिको घटना भैरहवा भन्सार कार्यालयमा दोहोरिएको छ ।

भारतबाट नेपालका लागि भित्रीएको प्याजसहितकोमाल बाहक ट्रक भन्सार जाँच पास बिनै बाहिरीन खोज्दा अन्नपूर्ण ट्रमिनलको सुरक्षा गार्डले सोमबार दिउँसो २ बजे रोकेका हुन् । युपी ३१ टी ९९४१ नम्बरको प्याज सहितको ट्रक भन्सारको दोस्रो गेटबाट बाहिरीनै लाग्दा किर्ते कागज भएको आशंकामा टर्मिनलले रोकेको हो ।

भन्सार जाँचपासका लागि आउने मालवाहक ट्रक प्रवेश हुनासाथ गेटबाट गाडीको नम्बर सहित प्रवेशको इन्ट्री हुन्छ , गेट पास(बिलिङ) पछि भन्सार जाँचपासको लागि प्रक्रिया सुरु हुन्छ, जाँचपास भएपछि भन्सारले निकासी पत्र (एक्जीट नोट) दिए मात्रै मालबाहक गाडी बाहिरीने गरिन्छ । तर सोमबार भन्सार परिसरमा आएको गाडी विना भन्सार जाँचपास गराई शंकास्पद कागजको भरमा बाहिरीना खोज्दा भन्सार प्रणालीले किर्ते देखाएकोे हो , निकासी गेटमा नक्कली गेट पास र एक्जीट नोट प्रणलीमा समावेश गर्दा नमाने पछि घटना बाहिरीएको हो ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले प्याज बोकेको ट्रक अनुसन्धानको लागि नियन्त्रणमा लिएको जानकारी दिए । कागजपत्र किर्ते गरेको भन्ने आशंकामा मालवाहक ट्रक सहित चालक र सहचालकलाई भन्सार कार्यालयले नियन्त्रणमा लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाएको उनले बताए ।

सरकारले आर्थिक वर्ष २०८०–८१ को बजेटमा प्याजमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाएको छ । भ्याटका कारण प्याज आयात गर्ने वातावरण नभएको भन्दै व्यवासायीहरुले गुनासो गर्दै आएका छन् ।अघिल्लो महिना पनि यसै प्रकृतिको घटना भैरहवा भन्सार कार्यालयमा भएको थियो । किर्ते प्रज्ञापन पत्र बनाई भन्सार जाँच पास गराउने १० जनाको समूहलाई भैरहवा भन्सार कार्यालयले नियन्त्रणमा लिइएको थियो ।

बैंकका कर्मचारी, आयातकर्ता, निर्यातकर्ता, द्वयको काम गर्ने कर्मचारी, भन्सार एजेन्ट, अन्नपूर्ण टर्मिनल्सको कर्मचारी,जाँच पास भयो भएन भन्ने चासो राख्ने व्यक्तिहरुको संलग्नता रहेको भन्दै उनीहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो, घटनामा संलग्न मध्ये केही धरौटीमा छुटेका छन भने केही विरुद्ध मुद्धा चलिरहेको भन्सार कार्यालयले जानकारी दिएको छ ।

Facebook Comments Box
Total Views: 0
प्युठान कार दुर्घटना हँदा ८ जनाको मृत्यु
मोदीद्वारा प्रधानमन्त्री बालेनलाई बधाई, नेपाल–भारत सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता
सेयर बजारमा सुधारको संकेत, नेप्सेमा सामान्य वृद्धि
आर्थिक विपन्न तथा पिछडिँएका लाई सहयाेग हस्तान्तरण
हेटौँडाबाट डेढ करोडभन्दा बढीको अवैध कपडासहित दुई भारतीय मानिस पक्राउ
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?