By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » गुल्मीमा दूर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीदृरा अनेकौँ कार्यक्रम

गुल्मीमा दूर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीदृरा अनेकौँ कार्यक्रम

News Desk
News Desk
२०८० जेष्ठ ३२, बिहीबार ०८:५६

गुल्मी: जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका ट्राफिक प्रहरीहरुदृरा गुल्मीमा दूर्घटना न्यूनिकरण गर्न  अनेकौँ कार्यक्रम गरिएकाे जनाएकाे छ।

बुधवार मुसिकोट नगरपालिका ७ वामीटक्सार बजारमा सडकमा चल्ने सवारी साधन रोकिएका थिए । यसरी रोकिएका सवारीका चालकहरुलाई ट्राफिक प्रहरीले नजिकै रहेको स्वास्थ्य शिविरमा लगि स्वास्थ्य परीक्षण गराएका थिए।

रिडि रुद्रवेणी वामीटक्सार सडक खण्ड भएर चल्ने लामो तथा छोटो दुरीका सवारी साधनका चालकहरुको स्वास्थ्य परिक्षण र आँखा चेकजाँचका लागि यसरी सवारी साधनलाई रोकेर जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले सडकमै निःशुल्क शिविर सञ्चालन गरेको जनाएकाे  छ।

गुल्मी यातायात प्रालिको समेत आयोजनामा भएको चालकको स्वास्थ परिक्षण तथा आँखा जाँच कार्यक्रम धेरैले अनौठो मानेका थिए । यसरी सडकमै सवारी चालकहरुको स्वास्थ्य परिक्षण र आँखा चेकजाँच गर्ने कार्य गरेको भन्दै धेरैले ट्राफिक कार्यालयको प्रशंसा गरेका थिए ।

लाइसेन्स लगायतका कागजपत्र मात्र जाँच गर्ने ट्राफिक प्रहरीले आफूहरूको स्वास्थ्य परीक्षण गर्ने यस्तो अभियान चलाएकामा सवारी चालकहरू खुसी भएका थिए । ‘हामी अस्पताल गएर लाइनमा बस्नुपथ्र्यो, तर आज सजिलो र छिटो बाटोमै स्वास्थ्य जाँचियो,’ चालक सुरेन्द्र सुनारले भने, ‘यो राम्रो काम हो । यो काम कम्तिमा पनि ३ महिनामा एकपटक गर्न सके आभारी हुने थियौँ।’भनी बताएका थिए ।

उक्त कार्यक्रममा ७८ जना चालकहरुको स्वास्थ्य चेकजाँच सगैं आँखाको परिक्षण गरिएको थियो । श्री कृष्णहरी रुद्रावती सापकोटा आँखा उपचार केन्द्र र वामी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले उनीहरुको स्वास्थ्य परिक्षण तथा आँखाको चेकजाँच गरेका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले केही दिन यता जिल्लाका विभिन्न ठाउँमा स्वास्थ्य जाँच र आँखाको परिक्षण सगैं सवारी साधनको समेत चेकजाँच गरिरहेको जनाएकाे छ । सवारी चालकलाई आफ्नो स्वास्थ्यप्रति सजग गराई अस्वस्थताका कारण हुने दुर्घटना कम गराउन मद्दत पुग्ने भएकाले यसरी सडकमै स्वास्थ्य परीक्षणको शिविर सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक कृष्ण प्रसाद आचार्यले बताउनुभएकाे थियाे ।

चालकको रक्तचाप र आँखाको परिक्षण गरिएकोमा २२ जनामा आँखाको समस्या देखिएको छ । उनीहरुलाई विभिन्न सुझावहरु दिएर थप उपचारका लागि पठाईएको छ । साथै सोहि अवसरमा रातको समयमा हुन सक्ने दुर्घटना लाई न्युनिकरण गर्ने उद्धेश्यले ७ वटा ट्याक्टरहरुमा समेत रिफ्लेक्टर स्टिकर टाँस गरी चालकहरुलाई ट्राफिक जनचेतना मुलक प्रशिक्षण समेत दिईएको छ ।

चालकलाई रिफ्रेस बनाउनुका साथै आफुले चलाएको सवारीसाधनको अवस्था र स्वयं चालकको स्वास्थ्यबारे जानकारी दिने लक्ष्यका साथ स्वास्थ्य परीक्षण गरिएको ट्राफिक प्रहरीले जनाएको थियाे । वामीटक्सार भएर चल्ने यात्रुबाहक सवारी साधनको यान्त्रिक अवस्थाका बारेमा परीक्षण गर्नेसगैं अन्य सवारी साधनको अवस्थाको बारेमा समेत चेकजाँच गर्ने कार्यक्रम केही दिन भित्र गर्ने तैयारी भईरहेको ट्रफिक कार्यालयले जनाएको थियाे ।

शिविरको लागि मुसिकोट नगरपालिका, श्री कृष्णहरी रुद्रावती सापकोटा आँखा उपचार केन्द्र पत्रकार महासघ गुल्मी लगायतले सहयोग एब सहजीकरण गरेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले यसबाहेक दूर्घटना न्यूनिकरणका लागि विभिन्न ठाउँमा चल्ने ठुला सवारी साधनहरुका चालक, सहचालक, यात्रु ,पैदल यात्रु र सर्वसाधारणहरु लाई विभिन्न जनचेतनामुलक प्रशिक्षण समेत दिँदै आएको छ ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
कावासोतीमा दुर्घटना, चार जना घाइते
राहत शिक्षक केन्द्रिय समितिद्वारा वार्ता बहिस्कार
जापान निर्वाचन : पूर्व टेलिभिजन प्रस्तोता ताकाइची नेतृत्वको दललाई भारी बहुमत
औद्योगिक प्रदर्शनीमा अहिलेसम्मकै भीड, एकैदिन ६० हजार अवलोकनकर्ता
ढिलासुस्ती, जनशक्ति अभाव र सेवाग्राहीको गुनासो : बुटवल मालपोतको यथार्थ
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?