By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » मधेश अशान्त : सिरहामा किशोरको मृत्यु, जनकपुरमा कर्फ्यु, वीरगञ्जमा निषेधाज्ञा

मधेश अशान्त : सिरहामा किशोरको मृत्यु, जनकपुरमा कर्फ्यु, वीरगञ्जमा निषेधाज्ञा

News Desk
News Desk
२०८३ श्रावण १४, बिहीबार २०:५१

जनकपुर:- सुनसरीको कप्तानगञ्जमा भएको घटनाको विरोधमा बिहीबार मधेश प्रदेशभर प्रदर्शन चर्किँदा सिरहा, धनुषा, पर्सालगायत जिल्लामा तनावपूर्ण अवस्था सिर्जना भएको छ। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा सिरहामा एक किशोरको मृत्यु भएको छ भने विभिन्न स्थानमा आगजनी, तोडफोड र ढुंगामुढाका घटना भएका छन्। स्थिति नियन्त्रणमा लिन जनकपुरधाममा कर्फ्यु र वीरगञ्जमा निषेधाज्ञा जारी गरिएको छ।

सिरहाको गोलबजारमा प्रदर्शन उग्र बनेपछि प्रहरीको गोली लागेर धनगढीमाई नगरपालिका–तुलसियाही निवासी रामबृक्ष यादवका अन्दाजी १५ वर्षीय छोरा गणेश यादवको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गोली लागेर घाइते भएका धनुषाको धनुषाधामका सुवास ठाकुरलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको छ।

गोलबजारमा प्रदर्शनका क्रममा झमझम होटल अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। त्यसक्रममा नेपाल टेलिकम अगाडि पार्किङमा रहेका करिब २१ वटा मोटरसाइकल र एउटा साइकलमा आगजनी गरिएको छ। एबी मल, नेहाल आइरन स्टोर, नौसाद मोटरसाइकल ग्यारेज, रोयल प्रिन्स होटल एन्ड पार्टी प्यालेस तथा गोलबजार नगरपालिका–११ का अध्यक्ष सोहेव अनवरको घरमा समेत आगजनी र तोडफोड भएको प्रहरीले जनाएको छ।

सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार झडप नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालयका डीएसपी रमेशबहादुर पालसहित १५ जना सुरक्षाकर्मी घाइते भएका छन्। स्थानीय तथा सुरक्षाकर्मी दुवै पक्षका अन्य व्यक्तिहरू पनि घाइते भएका छन्।

यता धनुषाको जनकपुरधाममा पनि बिहानदेखि विभिन्न संघसंस्थाले प्रदर्शन गर्दै बजार बन्द गराएका थिए। रामानन्दचोक, बजरंगचोकलगायत क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच पटक–पटक झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। ढुंगामुढाबाट १२ वर्षीय आनन्द दास गम्भीर घाइते भएका छन् भने भोगेन्द्र कुमार राम पनि घाइते भएका छन्। मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार धनुषा र सिरहामा गरी १९ जना प्रहरी घाइते भएका छन्।

स्थिति थप बिग्रिएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका, नगराइन चोक तथा लक्ष्मीनिया गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। कर्फ्यु कार्यान्वयनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ।

उता सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै पर्साको वीरगञ्जमा बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म निषेधाज्ञा जारी गरिएको छ। सप्तरी, महोत्तरी, सर्लाही र रौतहटका केही स्थानमा पनि प्रदर्शन भएका छन्।

जनकपुरधाममा बढ्दो तनावलाई मध्यनजर गर्दै शुक्रबार विद्यालय तथा क्याम्पस बन्द गर्ने निर्णय गरिएको छ। शैक्षिक संस्थाहरूले संयुक्त विज्ञप्तिमार्फत शान्ति कायम गर्न सबै पक्षसँग आग्रह गरेका छन्।

यसैबीच मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् तथा प्रदेश सुरक्षा परिषद्को बैठकले पछिल्ला घटनाको समीक्षा गर्दै शान्ति, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन अपिल गरेको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले जारी गरेको विज्ञप्तिमा सुरक्षा निकायसँग समन्वय गरी सम्भावित सुरक्षा चुनौतीको प्रभावकारी व्यवस्थापन गरिने उल्लेख गर्दै अपुष्ट, भ्रामक वा द्वेष फैलाउने सूचना तथा सामग्री सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत प्रसारण नगर्न सबैलाई अनुरोध गर्नुभएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
जेन–जी आन्दोलन प्रकरण : मानवअधिकार आयोगमा मेयर बालेनको दुई घण्टा बयान, छानबिन तीव्र
आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार–प्रसार सुरु
गुल्मी चेम्बर अफ कमर्सको अध्यक्षमा पाण्डे निर्वाचित !
वडा १९ मा विकास, स्वास्थ्य र सेवा प्रवाहलाई प्राथमिकता : वडा सचिव काफ्ले
टण्डन समाज नेपालको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा यम ब.टण्डन विजयी
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, १८ विधामा अवार्डसँगै नारी स्रष्टा तथा कलाकारलाई सम्मान

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?