By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बुटवलमा खुल्यो गीताप्रेस पुस्तक बिक्री केन्द्र

बुटवलमा खुल्यो गीताप्रेस पुस्तक बिक्री केन्द्र

News Desk
News Desk
२०८२ मंसिर ९, मंगलवार २३:१०

बुटवल :- भारतको गोरखपुरस्थित प्रसिद्ध प्रकाशन संस्था ‘गीताप्रेस’का धार्मिक तथा पूर्वीय दर्शन सम्बन्धी पुस्तकहरू अब बुटवलमै सजिलै उपलब्ध हुने भएका छन्। सोमबार जेसिज चोकमा आयोजित पत्रकार सम्मेलनमा नयाँ बिक्री केन्द्र सञ्चालनमा आएको जानकारी दिइएको हो।

यसअघि गीताप्रेसका पुस्तकहरू किन्न पाठकहरूलाई काठमाडौँ वा भारतको गोरखपुरसम्म जानुपर्ने बाध्यता थियो। तर अब बुटवल शाखा खुलेसँगै पश्चिम नेपालका पाठकले आफ्नै शहरबाटै पुस्तकहरू खरीद गर्न सक्नेछन्।

बिक्री केन्द्रका सञ्चालक तथा विश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष शंकर खरालका अनुसार मंसिर १० गते बुधबार नयाँ केन्द्रको औपचारिक उद्घाटन गरिनेछ। केन्द्रमा गीताप्रेसद्वारा प्रकाशित पुस्तकहरू दुई रुपैयाँदेखि तीन हजार भारतीय रुपैयाँसम्मको मूल्यमा उपलब्ध हुनेछन्। करिब तीन हजार प्रकारका पुस्तकमध्ये झन्डै एक हजार पाँच सय पुस्तकहरू बुटवल शाखामा पाइने जानकारी पनि दिइयो।

शंकर खरालका अनुसार केन्द्रमा १८ पुराण, उपनिषद, धर्मशास्त्र, संस्कृत व्याकरण, बालबालिका पुस्तक तथा कथा–काव्यजस्ता सामग्री उपलब्ध हुनेछ। नेपाली, संस्कृत, हिन्दी र अंग्रेजी भाषाका पुस्तकहरू पाठकको माग अनुसार प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

उद्घाटन कार्यक्रममा विश्व ज्योतिष महासंघका अध्यक्ष तथा धार्मिक अभियन्ता जनार्दन न्यौपानेले बुटवलमा गीताप्रेसको शाखा स्थापना हुनु पश्चिम क्षेत्रका पाठक र भक्तजनका लागि ठूलो उपलब्धि भएको बताए। नारायणी नदीको पश्चिम भूभागमा बस्ने पाठकहरूले अब यात्रा नगरी आवश्यक पुस्तकहरू किन्न सक्ने भएकाले पुर्वीय दर्शन अध्ययन अझै सुलभ हुने उनले उल्लेख गरे।

कार्यक्रममा हरि कृष्ण पूजा सामग्रीका सञ्चालक कृष्णप्रसाद खराल, गीताप्रेस बिक्री केन्द्रका सञ्चालक सतिश खराल र धार्मिक अभियन्ता सुन्दर भण्डारीले पनि बुटवलमा खुलेको केन्द्रले धार्मिक पुस्तकप्रेमी, विद्यार्थी र शोधकर्तालाई ज्ञान प्राप्तिमा सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे।

यस शाखाले न केवल पुस्तक खरिदका लागि सुविधा दिनेछ, तर धार्मिक, आध्यात्मिक र पूर्वीय दर्शन बुझ्न चाहने समुदायका लागि पनि महत्वपूर्ण केन्द्रको रूपमा विकसित हुने अपेक्षा गरिएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
चाडपर्वमा दुर्घटना न्यूनीकरण गर्न गुल्मीमा नमुना अभ्यास
उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकन : बुटवल पहिलो, इटहरी सबैभन्दा कमजोर
बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद
रुपन्देही–२ मा काँग्रेसको टिकटक प्रतियोगिता, डिजिटल माध्यमबाट चुनावी अभियान तीव्र
वडास्तरको विकास र जिम्मेवारी: टोख–१
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, १८ विधामा अवार्डसँगै नारी स्रष्टा तथा कलाकारलाई सम्मान

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?