By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » तिलोत्तमाको ‘नसिब’ गार्मेन्ट्स नयाँ व्यवस्थापनसहित ‘आयन्स’ नाममा सञ्चालन

तिलोत्तमाको ‘नसिब’ गार्मेन्ट्स नयाँ व्यवस्थापनसहित ‘आयन्स’ नाममा सञ्चालन

News Desk
News Desk
२०८३ बैशाख ३०, बुधबार ०७:२१

बुटवल :- तिलोत्तमामा विगत २० वर्षदेखि सञ्चालित ‘नसिब गार्मेन्ट उद्योग’ अब नयाँ व्यवस्थापन र थप लगानीसहित ‘आयन्स गार्मेन्ट्स’ नामबाट सञ्चालनमा आउने भएको छ। तिलोत्तमा–१४ खैरियास्थित उद्योगलाई अत्याधुनिक प्रविधिसहित थप परिष्कृत रूपमा सञ्चालन गरिने जनाइएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उद्योगले आफ्नो आगामी व्यावसायिक यात्रा आधुनिक प्रविधि, गुणस्तरीय उत्पादन र विस्तारमा केन्द्रित हुने जनाएको हो।

उद्योगका अध्यक्ष विष्णुप्रसाद भुषालले दुई दशकदेखिको व्यावसायिक निरन्तरतालाई थप उचाइमा पुर्‍याउँदै भविष्यमा विदेश निर्यात गर्ने लक्ष्यसहित गुणस्तरीय उत्पादनमा जोड दिइएको बताए।
उनका अनुसार हालसम्म रहेको ३५ करोड रुपैयाँ लगानीमा थप २५ करोड रुपैयाँ लगानी गरिनेछ। पुराना सहित २ सय सिलाइ मेसिनलाई आधुनिक प्रविधिमा रूपान्तरण गरिने र रोजगारी वृद्धि गरी २ सय ५० जनासम्म पुर्‍याइने लक्ष्य रहेको छ।

गार्मेन्ट्सका लागि आवश्यक कच्चा पदार्थ चीन, हङकङ तथा भारतका लुधियाना र सुरतबाट आयात गरिने बताइएको छ। उद्योगले विद्यालय, कलेज, विभिन्न संघ–संस्थाका पोसाक, आधुनिक फेन्सी पहिरन तथा खेलकुद सामग्री उत्पादन गर्ने जनाएको छ।

बोर्ड अफ डाइरेक्टर रबी लोचन खतिवडाका अनुसार जर्सी, ज्याकेट, पाइन्ट लगायतका तयारी पोशाक उत्पादनमा विशेष ध्यान दिइनेछ।
उद्योगका अध्यक्ष महेन्द्र महर्जनले अवैध रूपमा आयात हुने तयारी पोसाकले स्वदेशी उद्योगलाई चुनौती दिएको उल्लेख गर्दै सरकारले भन्सार नाकामा गरेको कडाइले स्वदेशी उद्योगलाई सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल
भोटेकोशी बाढीपीडितको पीडामा बुटवलको मुहान इन्टरप्राइजेजको साथ, राहत कोषमा २५ हजार सहयोग
संसदीय समितिमा छलफल : विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपति नराखौं
वडा १९ मा विकास, स्वास्थ्य र सेवा प्रवाहलाई प्राथमिकता : वडा सचिव काफ्ले
अनेरास्ववियुद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन तथा बिरोध प्रदशन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?