काठमाडौं :-नरेन्द्र मोदी ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन्।

शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै मोदीले लेखेका छन्, “नेपालका प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई। तपाईंको नियुक्ति नेपाली जनताले तपाईंको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब हो।”
मोदीले बालेनसँग मिलेर नेपाल–भारत सम्बन्धलाई अझ उचाइमा पुर्याउने इच्छा व्यक्त गरेका छन्। “भारत–नेपालबीचको मित्रता र सहकार्यलाई दुवै देशका जनताको पारस्परिक हितका लागि अझ सुदृढ बनाउन तपाईंसँग नजिकबाट काम गर्न म उत्सुक छु,” उनले उल्लेख गरेका छन्।

उनको सन्देशलाई दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने सकारात्मक संकेतका रूपमा हेरिएको छ।
Facebook Comments Box
Total Views:
0

