By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » लिपुलेक हुँदै कैलाश यात्रा सञ्चालनबारे नेपालले भारत र चीनलाई कूटनीतिक पत्र पठायो

लिपुलेक हुँदै कैलाश यात्रा सञ्चालनबारे नेपालले भारत र चीनलाई कूटनीतिक पत्र पठायो

News Desk
News Desk
२०८३ बैशाख २०, आईतवार २३:०४

काठमाडौँ :- सरकारले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न लागिएको विषयमा दुवै देशलाई कूटनीतिक पत्र पठाएको छ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाली भूमि लिपुलेक हुँदै आयोजना गरिने भनिएको कैलाश मानसरोवर यात्राबारे नेपाल सरकारको स्पष्ट अडान भारत र चीन दुवै पक्षलाई पुनः अवगत गराइएको जनाएको हो।

मन्त्रालयका अनुसार विभिन्न सञ्चारमाध्यमबाट उठेका प्रश्न र चासोप्रति ध्यानाकर्षण भएपछि आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिएको हो।

विज्ञप्तिमा सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट र अडिग रहेको उल्लेख गरिएको छ।
नेपाल सरकारले नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन गरिने भनिएको कैलाश मानसरोवर यात्राबारे भारत र चीन दुवैलाई आफ्नो सरोकार कूटनीतिक माध्यमबाट जानकारी गराइसकेको जनाएको छ।

यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण, विस्तार, सीमा व्यापार तथा तीर्थयात्रासम्बन्धी कुनै पनि गतिविधि नगर्न आग्रह गर्दै आएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, लिपुलेक क्षेत्र नेपालको भूभाग रहेको विषयमा मित्रराष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको स्पष्ट पारिएको छ।

नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध तथा ऐतिहासिक सन्धि–सम्झौताको मर्मअनुसार सीमा समस्याको समाधान आपसी संवाद र कूटनीतिक माध्यमबाट गरिनुपर्ने नेपालको धारणा पुनः दोहोर्‍याइएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
सुपादेउरालीको ऐतिहासिक पहिचानमा आँच पुग्ने गतिविधिमा आफ्नो संलग्नता नरहेको वडा अध्यक्ष केसीको स्पष्टोक्ति
कपिलवस्तुमा छोराद्वारा काठ प्रहार गरी बाबुको हत्या
गुल्मीमा उत्कृष्ट कार्य गर्ने १६ जना प्रहरी सम्मानित
गुल्मीमा, आगोमा जलेर एक जना वृद्वाको मृत्यु
मोटरसाइकल दुर्घटनामा झिमरुक शेरशुलभको मृत्यु
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

गुणस्तरीय शिक्षासँगै संस्कार विकासमा जोड : गणेश गिरी

नागरिकमैत्री सेवा हाम्रो प्राथमिकता : कृष्ण साही ठकुरी

आधा सिलिन्डर नीतिले बढायो ग्यास संकट, उपभोक्ता लाइनमा

निजी क्षेत्रलाई सम्बोधन गर्ने प्रयास, तर अपेक्षित उत्साह आएन : टंक पोखरेल

रोट्याक्ट यूथ आइकन–२०८३’ को अडिसन सम्पन्न, २० जना फाइनल चरणका लागि छनोट

प्रिन्ट हब किङ्स प्लेअफमा पुग्ने पहिलो टोली, एसजीए माभेरिक्समाथि ८ विकेटको शानदार जित

दुर्घटनाबाट जोगिए सांसद सागर ढकाल, सबैको अवस्था सामान्य

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?