By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय : १५ ऐन खारेजी अध्ययन, ‘ह्वाइटपेपर’ तयार पारिने

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय : १५ ऐन खारेजी अध्ययन, ‘ह्वाइटपेपर’ तयार पारिने

News Desk
News Desk
२०८२ चैत्र १३, शुक्रबार १४:५०

काठमाडौ  :- स्वर्णिम वाग्ले ले अर्थमन्त्रीको कार्यभार सम्हाल्दै महत्वपूर्ण नीतिगत निर्णयहरू अघि सारेका छन्। बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा अर्थमन्त्री बनेका वाग्लेले पहिलो निर्णयस्वरूप राजस्व अनुसन्धान विभागसहित करिब १५ वटा ऐन खारेज गर्ने विषयमा अध्ययन सुरु गर्ने बताएका छन्।

शुक्रबार कार्यभार सम्हाल्दै उनले १३ चैतसम्मको आर्थिक अवस्थाबारे विस्तृत ‘ह्वाइटपेपर’ (आर्थिक स्थितिपत्र) तयार पार्न कार्यदल गठन गर्ने निर्णय पनि गरेका छन्। उनका अनुसार रास्वपाले सार्वजनिक गरेको वाचापत्रअनुसार आर्थिक सुधारका विषयहरूलाई कार्यान्वयन गर्न कार्ययोजना बनाउन यो कदम चालिएको हो।

वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसहरूलाई आधार मानेर राजस्व अनुसन्धान विभाग खारेजीसहित पुराना कानुनहरू पुनरावलोकन गर्ने बताए। “पुराना र जटिल कानुनी संरचनाले प्रणालीगत समस्या सिर्जना गरेको छ, त्यसलाई सुधार गर्न आवश्यक छ,” उनले भने।

उनका अनुसार निजी क्षेत्रको सुरक्षाका लागि नीतिगत सुधार, ठूला आयोजनालाई तीव्रता दिने वातावरण सिर्जना तथा बजेट निर्माणलाई केन्द्रमा राखेर थप कार्यदलहरू पनि गठन गरिनेछ।

अहिलेको अर्थतन्त्रमा शिथिलता देखिए पनि केही सकारात्मक संकेत रहेको उल्लेख गर्दै वाग्लेले राजस्व संकलन चुनौतीपूर्ण रहेको, तर बैंक निक्षेप बढेको बताए। “अब टुक्रा–टुक्रा होइन, प्रणालीगत सुधार आवश्यक छ,” उनले भने।

उनले अर्थतन्त्रलाई चलायमान बनाउन अत्यधिक नियमन हटाउँदै उत्प्रेरणामूलक नीतिहरू अघि बढाइने बताए। “जनताले दिएको जिम्मेवारीअनुसार अब समाधानमुखी काम गर्छौं,” उनले भने, “सिस्टम सुधारमा समय लाग्न सक्छ, तर हामी इमानदार प्रयास गर्छौं।”

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
बुटवलमा कडाइ: एकैदिन ४८ ई–रिक्सा चालक कारबाहीमा
स्थानीय विकास र सेवा प्रवाह — जिम्मेवारीको नयाँ धार
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, राजनीतिक वृत्तमा तरङ्ग
रुपन्देही–३ मा रास्वपाप्रति बढ्दो आकर्षण, घरदैलोमा मतदाताको खुला समर्थन
गुल्मीमा घर भत्किँदा तीन जना घाइते
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, १८ विधामा अवार्डसँगै नारी स्रष्टा तथा कलाकारलाई सम्मान

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?