चितवन :- चितवनको क्षेत्र नम्बर ३ मा मतदानका क्रममा विवाद भएको छ । निर्वाचन गराउन खटिएका एक कर्मचारीले मतदातालाई “भोट केमा हाल्नुभयो?” भनेर सोधेपछि विवाद उत्पन्न भएको हो ।


चितवनको माडी क्षेत्रमा कार्यालय सहायक तहका ती कर्मचारीले मतदातासँग भोटबारे सोधपुछ गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
Facebook Comments Box
Total Views:
0

