By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » ललितपुरको टिकाथलीमा व्यवस्थित रूपमा ‘ भाजु तरकारी तथा फलफूल बजार ’ सञ्चालनमा

ललितपुरको टिकाथलीमा व्यवस्थित रूपमा ‘ भाजु तरकारी तथा फलफूल बजार ’ सञ्चालनमा

News Desk
News Desk
२०८० श्रावण १२, शुक्रबार २०:४४

निराज रानाभाट, ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिका -५, टिकाथली ( बुद्ध पार्टी प्यालेससँगै ) मा २ रोपनी ( ३० आना ) क्षेत्रफलमा व्यवस्थित रूपमा ‘ भाजु तरकारी तथा फलफूल बजार ’ बिहीबारदेखि उद्घाटन गरेर सञ्चालनमा आएकाे छ। महालक्ष्मी नगरपालिकाकै पहिलो र एकमात्रै व्यवस्थित तरकारी बजारमा ७० वटा स्टल तथा सटर रहेका छन ।

१ करोडको लगानीमा टिकाथलीमा उक्त बजार सञ्चालनमा आएको छ । ‘सस्तोमा उपभोक्ताहरुलाई सहजै ताजा तरकारी उपलब्ध गराउन, कृषकहरुको मेहनतअनुसार मूल्य दिन, कृषक र उपभोक्ताबीच सिधा सम्पर्क स्थापना गरी बिचौलियाहरुलाई निषेध गर्न र महालक्ष्मी नगरपालिका भित्र उत्पादन भएका तरकारी तथा फलफूहरुलाई नगरपालिकाभित्रै खपत गर्ने गरी बजार यो तरकारी तथा फलफूल बजार खोलिएको’, संचालक आदिल महर्जनले बताए ।

‘साना किसान, साना व्यापारीहरु र उपभोक्ताहरुलाई सहज बनाउनको लागि तरकारी बजार सञ्चालनमा ल्याएको महर्जनले बताए । उनले वैदेशिक रोजगारीमा जाने भन्दा पनि नेपालमा नै केही गरौँ भन्ने उद्देश्यले बजार स्थापना गरिएको बताए । सञ्चालक महर्जनले अहिले ४० प्रतिशत भन्दा बढी स्टलहरु तरकारी तथा फलफूल पसलको लागि बुक भएको बताए ।

महालक्ष्मी नगरपालिका भित्र बस्ने उपभोक्ताहरुले ३ किलोमिटर तरकारी किन्न जानुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्य बजार स्थापना गरिएको उनले बताए। यो बजारले पक्कै किसान र उपभोक्ता दुबैलाई सँगै जोड्ने र यस क्षेत्रका सबै उत्पादनहरुले बजार पाउने कुरामा आफू विश्वस्त रहेको उनले बताए । साथै महर्जनले १ महिनाको लागि स्टल चार्ज समेत नलिने भएकोले स्टल राख्नेहरुलाई समेत सहयोग मिल्ने बताए ।

त्यसैगरी, कार्यक्रममा बोल्दै महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले महालक्ष्मी नगरपालिका भित्र उत्पादन भएका तरकारीहरु स्थानीय बजारमा नै बिक्री – वितरण गर्नुपर्ने बताए। उनले नगरपालिका भित्र उत्पादन भएको तरकारीहरु स्थानीय बजारमा नै बिक्री – वितरण गरी किसानहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले महालक्ष्मी नगरपालिका भित्र उत्पादन भएको तरकारीले नपुग्ने अवस्था भए मात्रै बाहिरबाट तरकारी नल्याउन आग्रह गरेका छन ।

प्रमुख श्रेष्ठले महालक्ष्मी नगरपालि भित्र उत्पादन भएको तरकारी नगरपालिका भित्रको बजारमा बिक्री – वितरण गर्दा स्थानीय तरकारी कृषकहरुले बाहिर बजार खोज्न जान नपर्ने अवस्था बन्ने बताए । उनले नगरपालिका भित्र उत्पादन भएको तरकारी नगरपालिका भित्रै खपत गर्ने वातावरण बनाउन नगरपालिकाले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए । श्रेष्ठले नगरपालिका भित्र उत्पादन भएको तरकारी भन्दा बाहेक नबेच्न आग्रह समेत गरेका छन ।

उनले महालक्ष्मी नगरपालिकाले डिजिटल ढक तराजु ५० प्रतिशत अनुदानमा दिने गरेको भन्दै भाजु फलफूल तथा तरकारी बजारमा बिक्री गर्ने ६ जनालाई डिजिटल ढक तराजु उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन । एक जना व्यक्तिले यसरी कृषि बजार नै संचालनमा ल्याउन खोजेकोमा आफूलाई निकै खुशी लागेका उनलेे बताए ।

विगतका वर्षहरुमा नगरपालिकाले किसानलाई उत्पादनमा लगानी त गरेको, तर किसानको बजारको समस्या भइरहेको आफूले समेत महशुस भएको श्रेष्ठले बताए । यो बजार स्थापना भएसँगै किसानको उत्पादनले बजार पाउने निश्चित भएको र यस बजारमा विषादी कम भएको र स्वास्थ्यमा असर नपर्ने उत्पादनहरु स्टलमा राखिनुपर्ने उनले सुझाएका छन ।

त्यस्तै, महालक्ष्मी नगरपालिकाकी नगर उप – प्रमुख लक्ष्मी महर्जनले विभिन्न निति तथा कार्यक्रम अन्तर्गत नगरपालिकाले कृषि बजारहरुमा सहयोग गरिरहने जानकारी दिइन् । कृषक दाजुभाइ तथा दिदी बहिनीहरुले यसरी कृषि बजार पाइसकेपछि आम्दानी गर्न र आफूले उत्पादन महत्वपूर्ण संबाहक हुने समेत उनले विश्वस्त दिलाइन् ।

यसैगरी, महालक्ष्मी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कपिल के.सी. ले यसरी किसानकै आसपासमा यसरी बजार संचालनमा आउनुले कृषि र पशु क्षेत्रमा दिएका अनुदान खेर नजाने र यहाँका उत्पादनलाई यो बजारले प्राथमिकतामा राख्नुपर्ने बताए ।

यस्तै, टिकाथलीमा तरकारी बजार सञ्चालनमा आएसँगै उक्त क्षेत्रका उपभोक्ताहरुले खुशी व्यक्त गरेका छन् । उनीहरुले तरकारी किन्नको लागि ३ किलोमिटर टाढा जानुपर्ने बाध्यता अन्त्य भएको बताए ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
रुपन्देहीमा ६५ प्रतिशतभन्दा बढी मतदान
तिलोत्तमा नगरपालिकाले कम्प्युटर अपरेटरलाई अनधिकृत कागजात प्रकरणमा बर्खास्त गर्‍यो
उज्यालो नेपाल पार्टीले विलयमा नजाने निर्णय
राहत शिक्षक केन्द्रिय समितिद्वारा वार्ता बहिस्कार
नारा र गीतले होइन, विकास र सुशासनले देश बन्छ’ : प्रधानमन्त्री सुशीला कार्की
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?