By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » निर्वाचन नजिकिँदै गर्दा बुटवल बजार सुनसान

निर्वाचन नजिकिँदै गर्दा बुटवल बजार सुनसान

News Desk
News Desk
२०८२ फाल्गुन १९, मंगलवार १८:५८

बुटवल :-फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र बुटवल बजार सुनसान बन्दै गएको छ। सोमबारसम्म भीडभाड देखिएको बजार मंगलबारसम्म आइपुग्दा खालीजस्तै देखिएको हो।

लुम्बिनी प्रदेशको प्रमुख केन्द्रका रूपमा परिचित बुटवलमा बसोबास गर्ने विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता तथा विद्यार्थी मतदानका लागि आ–आफ्नो गाउँ फर्किएपछि बजारको चहलपहल घटेको हो। पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, स्याङ्जा, बाग्लुङ र पर्वतलगायत पहाडी जिल्लाबाट व्यापार–व्यवसाय र रोजगारीका लागि ठूलो संख्यामा मानिस यहाँ बस्दै आएका छन्। चाडपर्व र निर्वाचनका बेला उनीहरू जन्मघर फर्किने प्रचलनअनुसार यसपटक पनि मतदाता गाउँतर्फ लागेका छन्।

तराई क्षेत्रमा मंगलबार परेको होलीको सार्वजनिक बिदाले पनि यात्रुहरूको चाप बिहानैदेखि बढाएको छ। निर्वाचनको माहोलका कारण यस वर्ष होलीको चहलपहल भने विगतको तुलनामा कम देखिएको छ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक जीवनकुमार बञ्जाडेले बुटवल–भैरहवा क्षेत्रमा बसोबास गर्ने मतदाताहरू आफ्नो क्षेत्रमा मत हाल्न विद्युतीय साना गाडी रिजर्भ गरेर गाउँतर्फ गइरहेको जानकारी दिए। आवश्यकताअनुसार जुनसुकै बेला ठूला गाडी सञ्चालन गर्न कम्पनी २४सै घण्टा तयारी अवस्थामा रहेको उनले बताए।

अधिकांश होटल तथा पसल बन्द देखिएका छन् भने बजार, चोक र चिया पसलमा हुने चुनावी बहस तथा छलफलसमेत कम हुँदै गएको छ।
यसैबीच जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले गत रातिदेखि नेपाल–भारत सीमा नाका ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द गरिएको जानकारी दिए।

निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको उनले बताए।
‘हामीसँग अहिले अतिरिक्त जनशक्ति र सवारी साधन थपिएका छन्,’ चन्दले भने, ‘मतदानका लागि पहाडतर्फ जाने नागरिकलाई पनि ठाउँ–ठाउँबाट प्रहरीले सहजीकरण गरिरहेको छ।’

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
भोटेकोशीमा फेरि बढ्यो लेदोसहितको बहाव, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्र
जनकपुरधाममा सुरु भयो छठको तयारी, सजाउन थालियो जलासय
प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोडभन्दा बढी रकम संकलन
प्रतिनिधिसभा निर्वाचनको तयारी: कृष्णानगर नाका पूर्ण रूपमा बन्द
खुल्यो कित्ताकाट : जग्गा कित्ताकाट खोल्ने सरकारको निर्णय,
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?