By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » विश्वदीपसँग तिलोत्तमाबासीले भने–छाडा चौपाया व्यवस्थापनमा पहल होस्

विश्वदीपसँग तिलोत्तमाबासीले भने–छाडा चौपाया व्यवस्थापनमा पहल होस्

News Desk
News Desk
२०८२ फाल्गुन १०, आईतवार २३:१३

बुटवल :-सुवास पाण्डे ‘विश्वदीप’समक्ष तिलोत्तमा नगरपालिकाबासीले छाडा चौपायाको समस्या डरलाग्दो बन्दै गएको भन्दै तत्काल पहल गर्न आग्रह गरेका छन्।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार पाण्डेसँग मतदाताले विभिन्न अपेक्षा राख्दै छाडा चौपायाले पार्ने असुविधा, कृषकको बालिनालीमा हानी, व्यवसायमा समस्या, सडक दुर्घटना र फोहर व्यवस्थापनको गम्भीर चुनौतीबारे गुनासो व्यक्त गरेका छन्। मतदाताले वडा नम्बर १ मा रहेको गौशाला अन्यत्र सार्न र नगरभित्र रहेका अन्य छाडा चौपाया पनि उचित व्यवस्थापनका लागि कदम चाल्न माग गरेका छन्।

घरदैलोका क्रममा स्थानीय व्यवसायी टिकाराम भण्डारीले आफूहरूको पीडा कसैले नसुन्ने भन्दै पाण्डेलाई अभिभावकीय भूमिका खेल्न आग्रह गर्नुभयो। पाण्डेले मतदाताका मौखिक तथा लिखित समस्यासँगै १२ बुँदामा साझा मुद्दाहरू संकलन गरी समाधानमा आफू प्रतिवद्ध रहेको बताउनुभयो। उनले सरोकारवाला निकायसँग समन्वय गरेर अल्पकालिन र दीर्घकालिन योजना बनाई समस्या समाधान गरिने बताए।

मतदाताले तिनाउ नदीबाट आउने तपाह खोलाको पानीमा केमिकल, प्लास्टिक र फोहर बगेर कृषक प्रभावित हुने समस्या पनि उठाएका थिए। पाण्डेले यसबारे वैज्ञानिक फोहर व्यवस्थापन गर्ने र स्थानीय कृषकको स्वास्थ्य सुरक्षामा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उम्मेदवार पाण्डेले आफू यहीं जन्मे हुर्केको व्यक्ति भएकाले भोट बटुल्न होइन, क्षेत्रका समस्या समाधान र विकासका लागि उम्मेदवारी दिएको बताए। उनले निर्वाचन सम्पन्न भएपछि जनपक्षीय काम गर्ने र प्रतिवद्धतामा कुनै शंका नराख्न मतदातालाई आश्वस्त पार्नुभयो।

घरदैलो तिलोत्तमा वडा नम्बर १ का बुद्धटोल, नयाँ चपरहट्टी टोल, शिवचोक, प्यारामाउण्ट टोल, मिलनटोल, प्रगतिटोल, सरस्वती टोलमा गरिएको थियो। वडा नम्बर ५ को नयाँमिल, डाईभरटोल र वडा नम्बर ४ को शिवपुर लगायतका क्षेत्रमा पनि घरदैलो गरिएको निर्वाचन समितिका संयोजक नारायण जी.सी. ‘निर्मल’ले जानकारी दिनुभयो।

उहाँका अनुसार मतदातालाई आफ्नो अमूल्य मतले पाँच वर्षको लागि भाग्य र भविष्य निर्धारण गर्ने भएकाले संयम र विवेकका साथ मतदान गर्न आग्रह गरिएको थियो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
रसुवा बाढीपीडितको राहतमा अन्नपूर्ण एग्रो इन्डष्ट्रिजको ठूलो साथ, ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग
फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, ग्याँसमा प्रति सिलिन्डर २१५ ले बढ्यो
सिरहामा प्रदर्शन उग्र : १५ वर्षीय गणेश यादवको शव दिनभर सडकमा, साँझ प्रहरीले उठायो
व्यवसायी चुन्नप्रसाद पौडेलको पक्षमा जनलहर, किराना व्यवसायीको खुलेर समर्थन
एनआरएनए ग्लोबलको सचिवमा दयानिधी सापकोटाको उम्मेदवारी घोषणा
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?