By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा इन्दिरा मावि विजेता ७ स्वर्णसहित १४ पदक जित्दै धुर्कोटमा उत्कृष्ट प्रदर्शन

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा इन्दिरा मावि विजेता ७ स्वर्णसहित १४ पदक जित्दै धुर्कोटमा उत्कृष्ट प्रदर्शन

News Desk
News Desk
२०८२ पुष २७, आईतवार २२:२८

गुल्मी:- धुर्कोट गाउँपालिका–बर्बोट, गुल्मीको आयोजनामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा इन्दिरा माध्यमिक विद्यालय, धुर्कोट गाउँपालिका उत्कृष्ट प्रदर्शन गर्दै समग्र विजेता बन्न सफल भएको छ।

प्रतियोगितामा इन्दिरा माविले ७ स्वर्ण, २ रजत र ५ कास्य गरी जम्मा १४ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो। गत वर्ष ५ स्वर्ण पदकसहित तृतीय स्थानमा सीमित भएको विद्यालयले यस वर्ष उल्लेखनीय सुधार गर्दै उपाधि जित्न सफल भएको विद्यालय प्रशासनले जनाएको छ।

धुर्कोट गाउँपालिकाका ७ वडा अन्तर्गतका १२ वटा सञ्चालित विद्यालयहरू तथा समग्र ११ वटा माध्यमिक विद्यालयबीच भएको कडा प्रतिस्पर्धामा इन्दिरा माविले आफूलाई अब्बल सावित गर्नु सामान्य उपलब्धि नभएको विद्यालयको भनाइ छ।

यस ऐतिहासिक सफलतामा योगदान पुर्‍याउने खेलाडी भाइबहिनीहरूको अथक मेहनत, लगनशीलता र अनुशासनको विद्यालयले उच्च प्रशंसा गरेको छ। साथै खेलाडीहरूलाई निरन्तर मार्गदर्शन गर्दै सफलतासम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सहायक प्रधानाध्यापक राम बहादुर जिसी, खेल संयोजक शोभाखर घिमिरे तथा खेल समितिका सदस्यहरू, साथै सम्पूर्ण शिक्षक–कर्मचारीहरूप्रति विद्यालयले हार्दिक आभार व्यक्त गरेको छ।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर खत्री तथा सदस्यहरू, शिक्षक अभिभावक संघका अध्यक्ष सूर्यप्रसाद भण्डारी लगायत पदाधिकारीहरू, खेल मैदानमा उपस्थित भई हौसला प्रदान गर्ने पूर्व विद्यार्थी, अभिभावक तथा वर्तमान विद्यार्थीहरूप्रति पनि विद्यालयले विशेष कृतज्ञता व्यक्त गरेको छ।

विद्यालयले धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल, उपाध्यक्ष सीता गिरी, प्रमुख प्रशासकीय अधिकृत रुद्र पछाईलगायत सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूको निरन्तर सहयोग, सद्भाव र मार्गदर्शनप्रति पनि आभार प्रकट गरेको छ।

विद्यालय प्रशासनले आगामी दिनमा खेलकुद, शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधिका सबै क्षेत्रमा अझ उत्कृष्ट बन्न निरन्तर प्रयासरत रहने र त्यसका लागि सबै पक्षको रचनात्मक सहयोगको अपेक्षा गरिएको जनाएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
लोक स्टारमा जम्दै गुल्मेली सन्तोष फाइनलमा पुगेसङै जिल्लाबासीमा खुसियाली
राष्ट्रियसभा उपाध्यक्षकाे चुनाव चैत २३ गते हुने
पाल्पा दुर्घटनामा मृत्यु हुने सबै एकै परिवारका
गुल्मीकाे छत्रकाेटमा आगाे निभाउने क्रममा एक वृद्ध घाइते
भैरहवामा क्रिसमस तथा नयाँ वर्षको शुभकामना कार्यक्रम सम्पन्न
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?