गुल्मी :- नेपाल प्रोडक्सन ग्रुप तथा हेल्पिङ हेन्ड्सको सहकार्यमा शनिबार श्री गौरीशंकर आधारभूत विद्यालय, सत्यवती गाउँपालिका–०५ हँसरा, नेटा, गुल्मीमा अध्ययनरत सबै विद्यार्थीलाई न्यानो लुगा र शैक्षिक सामग्री वितरण गरिएको छ।

शैक्षिक सत्र २०८२ का विद्यार्थी लक्षित उक्त कार्यक्रम संस्थाका अध्यक्ष कबिराज भुसाल र सह–प्रबन्धक गोकुल भण्डारीको उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूलाई जाडो मौसमका लागि आवश्यक न्यानो लुगा तथा पठन–पाठनमा सहयोग पुग्ने शैक्षिक सामग्री हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ।

विद्यालय प्रशासन, अभिभावक र स्थानीय समुदायले शिक्षा र सामाजिक उत्तरदायित्वप्रति योगदान पुर्याएको भन्दै नेपाल प्रोडक्सन ग्रुप तथा हेल्पिङ हेन्ड्सप्रति आभार व्यक्त गरेका छन्। सहयोग कार्यक्रमले विद्यार्थीहरूको पठन–पाठनमा उत्साह बढ्ने र शैक्षिक वातावरण थप सुदृढ हुने अपेक्षा गरिएको छ।


