By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » लियो जिल्ला परिषद् ३२५ पि, नेपालको सचिवस्तरीय कार्यशाला सम्पन्न

लियो जिल्ला परिषद् ३२५ पि, नेपालको सचिवस्तरीय कार्यशाला सम्पन्न

News Desk
News Desk
२०८२ पुष १३, आईतवार २०:५७

बुटवल:- लियो जिल्ला परिषद् ३२५ पि, नेपालको आयोजनामा सचिवस्तरीय कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। जिल्लाअन्तर्गतका विभिन्न लियो क्लबका सचिवहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यशालामा क्लब सञ्चालन, अभिलेख व्यवस्थापन, बैठक सञ्चालन प्रक्रिया, प्रतिवेदन लेखन तथा प्रभावकारी सञ्चारसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यशालाका प्रमुख अतिथि लायन इन्टरनेशनल ३२५ पि, नेपालका एमजेएफ सन्दीप कसोधन रहनु भएको थियो भने जिल्ला क्याबिनेट सेक्रेटरी एमजेएफ एमएल पाण्डे विशिष्ट अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। कार्यक्रममा अध्यक्षका रूपमा लियो जिल्ला परिषद् ३२५ पि नेपालका अध्यक्ष श्रिघर बस्याल तथा उपाध्यक्ष सुष्मा बस्यालको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रिघर बस्यालले सचिवहरूका लागि यस्ता क्षमता विकासमूलक कार्यक्रमहरू क्लबहरूको प्रभावकारी सञ्चालनका लागि अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्न जिल्ला परिषद् सधैं तयार रहेको बताउनुभयो।

जिल्ला क्याबिनेट सेक्रेटरी एमजेएफ एमएल पाण्डेले लियो तथा लायन्स आन्दोलनको परिचय दिँदै समाजमा यसले गर्दै आएको सामाजिक सेवामूलक गतिविधिबारे जानकारी गराउनुभयो।
प्रमुख अतिथि तथा कार्यक्रम अध्यक्ष एमजेएफ सन्दीप कसोधनले सचिवहरूको भूमिकाको महत्व औँल्याउँदै कार्यक्रम र बैठकका माईनुट फरक–फरक तरिकाले स्पष्ट, व्यवस्थित र उद्देश्यअनुसार लेख्नुपर्नेमा जोड दिनुभयो।

त्यस्तै प्रशिक्षक तथा लियो जिल्ला परिषद् ३२५ पि, नेपालका लियो एड्भाइजर सन्तोष खरेलले लियो क्लबको प्रशासनिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सचिवको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। साथै, MY LCI अपडेट सम्बन्धी तालिम अन्तर्गत क्लबका गतिविधिहरू रिपोर्टिङ गर्ने तरिका, नयाँ सदस्यको विवरण अपलोड गर्ने प्रक्रिया, सदस्य निष्कासनलगायत विविध प्राविधिक विषयमा सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो।

कार्यशालामा सहभागी लियो क्लब अफ बुटवल सेन्ट्रलका सचिव सुदीप ज्ञवालीले कार्यक्रम अत्यन्त उपयोगी, व्यवहारिक तथा ज्ञानवर्धक रहेको प्रतिक्रिया दिनुभयो।

लियो जिल्ला परिषद् ३२५ पि, नेपालले आगामी दिनमा पनि नेतृत्व विकास तथा क्षमता अभिवृद्धिसँग सम्बन्धित यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।कार्यक्रमको सञ्चालन लियो जिल्ला परिषद् ३२५ पि, नेपालका सचिव तथा कार्यक्रमका आयोजक लियो श्रिधर कुँवरले गर्नुभएको थियो।

Loading

Facebook Comments Box
लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ पी नेपालद्वारा रानीमहलमा लियो युथ क्याम्प २०२५–२६ सुरु
ललितपुर–२४ मा सेवा र विकासको मोडेल: अध्यक्ष पाण्डे र सदस्य महाजनसँग विशेष कुराकानी
बुटवल–९ मा दर्जनबढी युवा कांग्रेस प्रवेश, चुन्न पौडेललाई जिताउने घोषणा
लायन्स डिष्ट्रिक ३२५ पिको गभर्नरमा सन्दिप कसौधन सर्वसम्मत निर्वाचित
बुलिङटारका १०० विद्यार्थीलाई लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा शैक्षिक सामग्री वितरण
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?