काठमाडौं :-राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि चैत २३ गते सोमवार चुनाव हुने भएको छ।राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले आजको बैठकमा चुनावको मिति तोकेका हुन्। साथै, उनले चुनाव कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे लाई निर्देशन दिएका छन्।


यसअघि २०८० चैत २८ गते उपाध्यक्षमा निर्वाचित राष्ट्रियसभा सदस्य विमला घिमिरे को पदावधि गएको फागुन २० गते सकिएपछि उक्त पद रिक्त भएको थियो।
त्यसैगरी, राष्ट्रियसभाका विषयगत समितिहरूमा रिक्त रहेका सभापतिहरूको चुनावका लागि चैत २४ गते मङ्गलवार मिति तय गरिएको छ।राष्ट्रियसभाको अर्को बैठक आउँदो आइतबार दिउँसो १२:१५ बजे बस्ने गरी स्थगित गरिएको छ।

Facebook Comments Box
Total Views:
0

