By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बङ्गलादेशमा हिन्दु युवकको हत्या : नेपाल मुस्लिम समाज संघ पर्साद्वारा कडा निन्दा

बङ्गलादेशमा हिन्दु युवकको हत्या : नेपाल मुस्लिम समाज संघ पर्साद्वारा कडा निन्दा

News Desk
News Desk
२०८२ पुष ७, सोमबार २१:१७

पर्सा :- बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दु समुदायका एक युवकको निर्मम हत्या भएको घटनाप्रति नेपाल मुस्लिम समाज संघ पर्साले कडा आपत्ति र निन्दा जनाएको छ। संघका अध्यक्ष दाबी गर्ने महबुब अलि (शेरु)ले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा उक्त अमानवीय घटनाले गहिरो पीडा र चिन्ता उत्पन्न गराएको उल्लेख गर्दै पीडित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।

विज्ञप्तिमा बङ्गलादेशको म्यामेन्सिंह जिल्लामा ईश–निन्दाको आरोपमा २७ वर्षीय हिन्दु युवक दीपू चन्द्र दासलाई भीडले कुटपिट गरी हत्या गरिएको घटनालाई मानवता, सहअस्तित्व र धार्मिक सहिष्णुतामाथिको गम्भीर प्रहारका रूपमा उल्लेख गरिएको छ। यस प्रकारका घृणाजन्य तथा हिंसात्मक गतिविधि कुनै पनि सभ्य समाजका लागि अस्वीकार्य रहेको संघको ठहर छ।


नेपाल मुस्लिम समाज संघले धर्म, जाति वा समुदायको आधारमा हुने कुनै पनि प्रकारको हिंसाको स्पष्ट विरोध गर्दै विश्वभर बहुसङ्ख्यक र अल्पसङ्ख्यक समुदायबीच भाइचारा, माया र पारस्परिक सम्मान कायम हुनुपर्नेमा जोड दिएको छ। विज्ञप्तिमा नेपाललाई सधैँ धार्मिक सहिष्णुता र सामाजिक एकताको उदाहरणका रूपमा प्रस्तुत गर्दै छिमेकी देशमा अल्पसङ्ख्यकमाथि भइरहेको हिंसाप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ।

संघले नेपाल सरकारसँग पनि औपचारिक रूपमा उक्त घटनाप्रति निन्दा र चिन्ता व्यक्त गर्न माग गरेको छ। साथै, नेपालभित्र धार्मिक तथा अल्पसङ्ख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न, धार्मिक सद्भाव बिगार्ने गतिविधिमाथि निगरानी बढाउन र अन्तरधार्मिक सहअस्तित्वको सन्देश प्रवाह गर्न स्थानीय तहमा समन्वय गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा नेपालका मुस्लिम समुदायबाट धार्मिक सद्भाव, सहिष्णुता र शान्तिको सन्देश प्रवाह भइरहेको उल्लेख गर्दै यस्ता घटनाविरुद्ध आवाज उठाउनु सामाजिक सद्भाव कायम राख्न सकारात्मक कदम भएको जनाइएको छ। संघले भविष्यमा पनि मानवता, शान्ति र आपसी सम्मानको पक्षमा दृढ रूपमा उभिने प्रतिबद्धता व्यक्त गरेको छ।

Facebook Comments Box
Total Views: 0
मनोज श्रेष्ठ : स्थानीय राजनीतिबाट व्यवसायिक यथार्थसम्म – एक युवा आवाजको गहिरो दृष्टि
गुल्मीमा नुहाउने क्रममा खोलामा डुबेर एक पुरुषको ज्यान गयो
जनयुद्ध दिवसमा भाेलि सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय
कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण,सुतक दिउँसो ४:१९ बजेदेखि सुरू हुने
जनकपुरमा एक युवक मृत फेला, हत्याको आशंका
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

सुनौली बसपार्कको सरसफाइ प्रश्नमा चिन्ता : अनुगमन कागजमै सीमित कि व्यवहारमा पनि?

सिरहामा २७६ किलो गाँजा बरामद, थप अनुसन्धान जारी

जापानमा रहेका गायक सन्तोष खत्री जापानी गीत सार्वजनिक गर्ने तयारीमा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?