By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » प्रधानमन्त्री बालेन शाहको प्रतिबद्धता : ‘प्रत्येक नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता’

प्रधानमन्त्री बालेन शाहको प्रतिबद्धता : ‘प्रत्येक नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता’

News Desk
News Desk
२०८३ भाद्र १४, आईतवार २२:०३

काठमाडौं :- भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ दिन प्रधानमन्त्री बालेन शाहले प्रभावित नागरिकको खोज, उद्धार, उपचार र राहतमा राज्यका सबै संयन्त्र परिचालन गरिएको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत विपद्पछिको अवस्थाबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले प्रतिकूल मौसम, कठिन भूगोल र निरन्तर जोखिमका कारण क्षतिको पूर्ण विवरण संकलन चुनौतीपूर्ण बने पनि सरकार नागरिकको जीवनरक्षामा दृढ भएर लागिरहेको बताएका हुन्।

आफ्ना प्रियजन, घरबार र सम्पत्ति गुमाएका परिवारको पीडा शब्दमा व्यक्त गर्न नसकिने उल्लेख गर्दै उनले संकटको यो घडीमा सरकार गम्भीर र संवेदनशील रहेको बताएका छन्। नागरिकलाई सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व भएको उनको भनाइ छ।

९ हजारभन्दा बढीको उद्धार, २० हजार सुरक्षाकर्मी परिचालन
प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार ४३५ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ। आइतबार थप ७२ सहित राहत तथा उद्धारका लागि हालसम्म ३९४ उडान भएका छन्।

खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रभावित विद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत २७९ जनाको उद्धार गरिएको छ भने रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनालाई सुरक्षित स्थानमा पुर्‍याइएको प्रधानमन्त्रीले बताएका छन्।

सुरुङमा फसेकाको खोजी जारी

नुवाकोटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार प्रयास पनि जारी छ। नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङसहित सुरुङसम्म पहुँच बनाउने काम गरिरहेका छन्।

प्रधानमन्त्रीका अनुसार उद्धार टोली आइतबार सुरुङको मुख्य भागमा पुगेर करिब २×३ फिटको प्वाल बनाउन सफल भएको थियो। डोरीको सहायताले तल झरेर भित्र रहेका व्यक्तिलाई बोलाउँदा प्रतिक्रिया नआएपछि प्वाल फराकिलो बनाउने, ब्लास्टिङ गर्ने र ठूला उपकरण प्रयोग गर्ने काम एकसाथ अघि बढाइएको छ।

घटनास्थलमा नेपाली सेना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली परिचालित छ।
रसुवाका चिलिमे, लाङटाङ खोला र मैलुङ खोला जलविद्युत् आयोजनामा समेत नेपाली टोलीसँग समन्वय गरी विदेशी विशेषज्ञहरू खोज तथा उद्धारमा खटिएका छन्।

२६७ घाइतेको उद्धार, २६ स्थानमा आश्रय

बाढी प्रभावित क्षेत्रबाट २६७ घाइतेको उद्धार गरी स्थानीय तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचार गरिएको छ। तीमध्ये १५६ जना उपचारपछि घर फर्किसकेको प्रधानमन्त्रीले जानकारी दिएका छन्।
रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। ती केन्द्रबाट आइतबार मात्रै ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।

राहत तथा पुनःस्थापनाका लागि स्वदेश र विदेशबाट समेत आर्थिक तथा मानवीय सहयोग जुटिरहेको प्रधानमन्त्रीले बताएका छन्। प्रधानमन्त्री राहत कोषमा आइतबार मध्याह्नसम्म नौ वाणिज्य बैंकका खातामा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको जनाइएको छ।

७८१ जनाको शव फेला

प्रधानमन्त्री शाहका अनुसार बाढीका कारण हालसम्म ७८१ जनाको शव फेला परेको छ। सुरक्षाकर्मीको सहयोगमा शव व्यवस्थापन भइरहेको छ। पहिचान भएका शव आफन्तलाई जिम्मा लगाउने र पहिचान हुन नसकेका शवको कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने काम भइरहेको उनले बताएका छन्।

अवरुद्ध सडक तथा सञ्चार सेवा पुनःसञ्चालनको काम पनि भइरहेको छ। प्रभावित क्षेत्रमा नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा बीटीएस टावर सञ्चालनमा आइसकेको जनाइएको छ।.

प्रधानमन्त्री शाहले विपद्को यो कठिन घडीमा सरकार, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक र नागरिकको सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै प्रभावित प्रत्येक नागरिकसम्म राहत पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

“अहिले तथ्यांकका पछाडि हजारौँ परिवारका पीडा, गुमेका आफन्त र उजाडिएका घर छन्। ती नागरिकलाई सुरक्षित बनाउनेदेखि पुनःस्थापित गर्ने चरणसम्म सरकारको जिम्मेवारी समाप्त हुँदैन,” भन्ने सन्देशसहित सरकारले खोज, उद्धार, राहत र पुनःस्थापनाको कामलाई निरन्तरता दिने जनाएको छ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
के हुन्छ, जब आफूखुसी फ्लेक्सन खान्छौं
एउटै विद्यालयमा दुई जना प्रधानाध्यापक
प्रिन्ट हब किङ्स प्लेअफमा पुग्ने पहिलो टोली, एसजीए माभेरिक्समाथि ८ विकेटको शानदार जित
‘परस्त्री’को हिन्दी संस्करणमा अमित मिश्र, सोनल प्रधान र कुनाल गाञ्जवालाको गायन
सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?