By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » काठमाडौँ–४ मा साथापन पक्ष बलियो : महाधिवेशन प्रतिनिधि छनोटमा बुढानीलकण्ठको प्रभाव निर्णायक

काठमाडौँ–४ मा साथापन पक्ष बलियो : महाधिवेशन प्रतिनिधि छनोटमा बुढानीलकण्ठको प्रभाव निर्णायक

News Desk
News Desk
२०८२ मंसिर १८, बिहीबार २०:१७

काठमाडौं :- नेकपा (एमाले) को ११औँ महाधिवेशन नजिकिँदै गर्दा काठमाडौं–४ संगठनात्मक हिसाबले सबैभन्दा सक्रिय र प्रतिस्पर्धात्मक क्षेत्रका रूपमा उभिएको छ। क्षेत्रभित्र चलिरहेका भेटघाट, अभियान, शक्ति–समूह र स्थानीय नेतृत्वको सक्रियताले महाधिवेशन प्रतिनिधि छनोटमा निर्णायक मोड बनाइरहेको छ।विशेषगरी बुढानीलकण्ठमा साथापन समूह उल्लेखनीय रूपमा अगाडि देखिँदै छ, जसको प्रभावले समग्र क्षेत्रको समीकरणलाई प्रभावित बनाइरहेको कार्यकर्ताहरूको मूल्यांकन छ।

जयराम थापाको सक्रियता : संगठन पुनर्संरचनामा निरन्तर पहल

प्रदेशसभा सदस्य जयराम थापा पछिल्लो केही महिनायता बुढानीलकण्ठ क्षेत्रमा वडा–वडा बैठक, घरदैलो, कार्यकर्ता अन्तर्क्रिया र संगठन विस्तार अभियानमार्फत अत्यधिक सक्रिय देखिएका छन्।
थापाको समन्वय र उपस्थितिले साथापन समूहलाई संगठित र एकीकृत रूपमा परिचालित गरिरहेको नेताकार्यकर्ताहरूको धारणा छ।
यही कारण बुढानीलकण्ठ क्षेत्रमा साथापन पक्षको पकड झन् मजबुत बन्दै गएको देखिन्छ।

ईश्वर पेखोल : संगठनभित्रको प्रभावले समीकरण झनै स्पष्ट

काठमाडौँ–४ को राजनीतिक भूगोलमा ईश्वर पेखोल दीर्घकालीन जनाधार र संगठनात्मक प्रभाव बोकेका नेता मानिन्छन्।
वडा–टोल संरचनादेखि स्थानीय अभियानसम्म उनका प्रभावशाली नेटवर्क र मतदातासँगको बलियो सम्बन्धले महाधिवेशन प्रतिनिधि छनोटमा उनको लाइन निर्णायक हुने संकेत बढ्दै गएको छ।कार्यकर्ताहरूको मूल्याङ्कनमा पेखोल निकट संरचना अहिले उल्लेखनीय रूपमा सक्रिय रहेको देखिन्छ।

पूर्वराष्ट्रपति विद्या भण्डारीको आधारक्षेत्र : पुरानो संरचना अझै प्रभावकारी

काठमाडौँ–४ दीर्घकालदेखि पूर्वराष्ट्रपति विद्या भण्डारीको स्थायी राजनीतिक आधारक्षेत्रका रूपमा परिचित छ।उनले निर्माण गरेको संगठनात्मक संरचना, जनसम्पर्क नेटवर्क र स्थानीय पहुँच आज पनि मजबुत मानिन्छ। यही कारण, क्षेत्रको राजनीतिक वजन र महाधिवेशन प्रतिनिधि चयनमा काठमाडौँ–४ को भूमिका सधैं निर्णायक रहने विश्लेषण गरिन्छ।

५ मध्ये ३ प्रतिनिधि साथापनसम्बद्ध हुने सम्भावना बलियो

विभिन्न वडा प्रतिवेदन, कार्यकर्ता भेटघाट र हालको राजनीतिक सक्रियताको मूल्याङ्कन गर्दा
महाधिवेशनका लागि काठमाडौँ–४ बाट चयन हुने ५ प्रतिनिधिमध्ये कम्तीमा ३ जना साथापन समूहबाट हुने प्रबल संकेत देखिएको छ।
यसले बुढानीलकण्ठ मात्र होइन, समग्र काठमाडौँ–४ मा साथापन पक्षको उचाइ र प्रभाव झनै पुष्टि भएको बताइन्छ।

संगठनभित्र उत्साह, नेतृत्वमा अपेक्षाको वृद्धि

महाधिवेशन प्रतिनिधि छनोट निकटिँदै जाँदा स्थानीय नेताहरूको बढ्दो उपस्थिती, अभियानगत सक्रियता, कार्यकर्ता परिचालनले संगठनभित्र उत्साहात्मक वातावरण बनाएको छ।

भित्रभित्रै शक्ति–सन्तुलन र भावी नेतृत्वको संकेत खोजिरहेका कार्यकर्ताहरूले यो महाधिवेशन काठमाडौँ–४ को राजनीतिक मानचित्रमा महत्वपूर्ण मोड बन्ने अपेक्षा व्यक्त गरिरहेका छन्।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
के हुन्छ, जब आफूखुसी फ्लेक्सन खान्छौं
कुरकुरे, पास्ता, चाउचाउदेखि मदिरासम्ममा बढ्यो अन्तःशुल्क, कुनमा कति ?
हेटौँडाबाट डेढ करोडभन्दा बढीको अवैध कपडासहित दुई भारतीय मानिस पक्राउ
ईश्वरी माध्यमिक विद्यालय गुल्मीदरबारको ५३औं वार्षिकोत्सव सम्पन्न
लुम्बिनी सरकारले भूकम्प प्रभावितका लागि डेढ करोड सहयोग गर्ने
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?