By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » कहाँबाट आए चिया र म:मका भाइरल तस्बिर?

कहाँबाट आए चिया र म:मका भाइरल तस्बिर?

News Desk
News Desk
२०८० मंसिर १६, शनिबार १०:२२

बुटवल :- केही दिनयता सामाजिक सञ्जालमा चिया र म:मका रमाइला तस्बिर छाएका छन्।

सुरुमा एउटा बालकले म:मको डल्लो लिएर भागेको र आमाले लखटेको तस्बिर सञ्जाल प्रयोगकर्ताहरूले रमाइलो मानेर सेयर गरिरहेका थिए। त्यसको भोलिपल्ट चियाका पारखीहरूका लागि अर्को खुराक बनेर आए– चियासँगका रमाइला तस्बिर।

अहिले सञ्जालहरू चियासँगका तस्बिरले रंगिएका छन् र  धेरै प्रयोगकर्ताले आफ्ना स्मृति र अनुभूतिसमेत यिनै तस्बिरका माध्यमबाट साटिरहेका छन्।

लेख कार्कीले भाइरल भइरहेका चियासँगका तस्बिर सेयर गर्दै लामो कथा लेखेका छन्। उनले काठमाडौंमा एउटी महिलासँग बसेर खाएको चियाको स्मरण गरेका छन्। त्यही दिनदेखि चियाप्रेमी बनेका उनले लेखेका छन्, ‘तस्बिरमा भएकोजस्तो कपमा दूध चिया देख्नासाथ त्यही कलंकीको चिया याद आउँछ। याद आउनुको कारण चाहिँ ती महिलासँग पिएकोले होइन, त्यो दिन मलाई साँच्चै चिया मिठो लागेको थियो। अचेल पनि बिहानै जाडोमा यस्तै कपमा दूध चिया देख्दा खाइजाम्–खाइजाम् लाग्छ।’

उनले तस्बिरको जस फेसबुकलाई दिँदै प्रश्न गरेका छन् ‘कसले बनाइरहनुभएको छ यति राम्रा फोटा?’

चियाका तस्बिर सेयर गर्दै विनोदबाबु अधिकारीले कुनै बेला पैसा नै नहुँदा पनि चिया खान दिएर जाडो भगाउन दिने ‘चिया बेच्ने आमा’सँगको स्मरण फेसबुकमा लेखेका छन्।

‘यो तस्बिर देखेपछि मलाई न्युरोड आरएनसीपछाडिको गल्ली र त्यहाँ चिया बेच्नुहुने आमाको खुब याद आयो,’ उनले लेखेका छन्, ‘कुनै समय गोजोमा पैसो नहुँदा पनि आमाले ‘पैसो नभए र के भो

त, जाडो त भगाउनुपर्‍यो नि छोरो’ भनेको निक्कै याद आयो। ए साँच्ची हामी चियागफ गरौँ भनेको पनि वर्षौँ।’

उनले आफ्ना चिया पिउने साथीहरूलाई पनि मेन्सन गरेका छन्।

यसरी चियाका तस्बिर सामाजिक सञ्जालमा राखेर आफ्ना साथीहरूलाई मेन्सन गर्ने थुप्रै छन्। त्यसो भए यी तस्बिर कहाँबाट आए त? कसले बनायो त?

सामाजिक सञ्जालमा भाइरल भइरहेका यी तस्बिर काठमाडौँ, जोरपाटीका श्रवण बम्जनले बनाएका हुन्। उनी काठमाडौं जोरपाटीमा बस्दै आएका छन्। उनी किताबका आवरण पृष्ठ साजसज्जाको काम गर्छन्।

उनले सबै तस्बिरहरू आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को माध्यमबाट बनाएका हुन्। उनी केही दिनदेखि एआई आर्टका बारेमा अध्ययन गरिरहेका थिए। एआईका फाइदा–बेफाइदा केलाउँदै जाँदा

यो प्रविधिले राम्रो कला रचनामा सहयोग पनि गर्ने थाहा पाए।

उनलाई खाजाको बारेमा आर्ट गर्न मन लाग्यो।

सबैभन्दा पहिला उनको दिमागमा लोकप्रिय खाजा म:म आयो। उनले केही बूढापाका मानिस राखेर आर्ट बनाउन एआईलाई निर्देशन दिए। उसले बनाइदियो।

श्रवणलाई रमाइलो लागेन। भन्छन्, ‘बूढाबूढीलाई म:म ख्वाएको नसुहाएजस्तो देखियो। त्यसपछि उनले एआईलाई बच्चाहरूको रमाइलो आर्ट बनाउन निर्देशन दिए।

अनि आएको तस्बिर थियो– अहिले सञ्जालमा म:मको डल्लो लिएर हाँस्दै भागेको बच्चा र पछिपछि दौडिरहेकी महिलाको रमाइलो तस्बिर।

यो तस्बिर सामाजिक सञ्जालमा राखेपछि एकाएक भाइरल भयो।

त्यसपछि उनलाई अझै सिर्जनशील आर्ट गर्न मन लाग्यो।

उनले सोचे, ‘ममपछि नेपालमा के लोकप्रिय छ?’ दिमागमा आइहाल्यो, चिया।

श्रवणले चियाको आर्टका लागि एआईलाई निर्देशन दिनुअघि विचार गरे, चियामा केके देखिनुपर्छ?

कम्प्युटरमा टाइप गरे ‘चियाको किट्ली, आगो, चिया खान वरिपरि बसेका मानिस।’

यस अवधारणामा आर्ट गर्नका लागि श्रवणले एआईलाई पटकपटक निर्देशन दिए। उनले सामाजिक सञ्जालमा चियाका थोरै आर्ट सार्वजनिक गरेका छन्। तर, यस क्रममा ५०–६० वटा आर्ट गरेको उनी बताउँछन्। भन्छन्, ‘चियाको आर्ट बनाउँदा ग्रामीण परिवेशको कल्पना गरेँ र त्यहीअनुसार निर्देशन दिएँ। एआईले नेपाली बुझ्दैन। अंग्रेजीमा ठ्याक्कै हामी बुझाउन सक्दैनौं। त्यसैले एकैपटकमा हामीले कल्पना गरेको जस्तो आर्ट नआउन सक्छ।’

एआईले आर्ट बनाएर त दिन्छ, तर त्यसलाई कस्तो आकार दिने, कुन रूपमा प्रस्तुत गर्ने, कहाँ के राख्ने, त्यो सबै आफ्नो कन्सेप्ट भएको श्रवण बताउँछन्।

उनी भन्छन्, ‘एक हिसाबले एआईसँग मलाई यस्तो आर्ट गरिदेऊ भनेर लेखेर कुरा गर्ने हो। हाम्रो लेखाइअनुसार उसले आर्ट बनाइदिन्छ। चिया, म:म तस्बिर पनि मैले कल्पना गरेर निर्देशन दिएँ, एआईले बनाइदियो।’

चिया र म:मका आर्ट भाइरल भएपछि श्रवणलाई विकृति समातेर आर्ट गर्न मन लाग्यो। त्यसपछि जाँड–रक्सी खाएर कोही रोएका, कोही रमाइरहेका, कोही झगडा गरिरहेका आर्ट गरे।

यी रचना उनले क्याप्सनसहित सार्वजनिक गरे। भन्छन्, ‘आर्ट हेरेर रमाइलो पनि होस्, क्याप्सन पढ्दै जाँदा मनमा छोओस् र लागोस् रक्सीको लत राम्रो होइन।’

रक्सीका चित्र त बनाए, सार्वजनिक गर्ने बेला आफ्नोबारे पनि गलत सन्देश जाने हो कि भन्ने श्रवणलाई भय भयो। आफू जाँडरक्सी नखाने भए पनि चित्र हेरेर परिवारले पीर लिन्छ कि भन्ने उनको चिन्ता थियो।

त्यसपछि उनले कफी खाँदै गरेको आफ्नो तस्बिर राखे र लेखे, ‘म कफीप्रेमी।’

एआईको सहारामा श्रवणले बनाएका कलालाई लिएर सञ्जालमा धेरै कोणबाट प्रतिक्रियाहरू आएका छन्। श्रवण भन्छन्, ‘धेरैले यो आर्ट म आफैंले बनाएको सम्झेर कति राम्रो भनिरहेका छन्।

कतिपयले मानिसहरूलाई त्यसरी उभ्याएर फोटो खिचेको सोचेछन्। तर, युवा पुस्ताले भने एआई करामत हो भन्ने बुझेको छ।’

आफूले सिर्जना गरेका कला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। मानिसहरू तस्बिरसँगै रमाइरहेको देखेर उनी दंग छन्।

भन्छन्, ‘मैले यी तस्बिर रमाइलोका लागि मात्रै राखेको थिएँ। यसरी भाइरल होला भनेर सोचेको थिइन्। मलाई अनौठो लागेको कुराचाहिँ हामी नेपालीहरू सामान्य तस्बिरमा पनि अत्यन्तै खुसी हुँदा रहेछौँ। हामीलाई खुसी हुन ठूलो कुरै नचाहिने रहेछ। उहाँहरूको खुसी हेरेर म पनि खुसी भैरहेको छु।’

Loading

Facebook Comments Box
कांग्रेसमा आन्तरिक विवाद, केन्द्रीय कार्यसमिति बैठक लामो समयसम्म अनिर्णयमा
‘हामी त आयौं, तर ग्रिनेड फालेर बचाउने साथी बन्धक छन्’
जुम्लामा स्वाद मात्रै होइन, नेपालीपन महसुस गराउने उत्सव ‘पौवा स्वाद उत्सव–२०८२’ आउँदै
दोलखाका विवादित केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन
पछिल्लो पुस्ताले महत्व नबुझ्दा हरायो मखमली फुलको माला
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

मोतिराज–शान्तिश्रीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक, नवराजको जीवन पीडाको मार्मिक अभिव्यक्ति

२०८३ बैशाख ५, शनिबार १२:५३

स्वास्थ्य संस्थामा श्रम ऐन उल्लंघनबारे गुनासो, मन्त्रालयको ध्यानाकर्षण

सर्वोच्च अदालतको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा समूहको रिट खारेज

सर्वोच्चको फैसलापछि पौडेलको अपिल: ‘हार–जितको रूपमा नहेरौँ, एकता जोगाऔँ’

गुल्मीमा ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी आरोप, युवक पक्राउ

बुटवलमा ई–रिक्सा चालक आन्दोलनमा, ‘दर्ता नभएकालाई रोक लगाऊ’ माग

बुटवलमा सडक अतिक्रमण हटाउने अभियान: सुरुमा आक्रामक, तेस्रो दिनदेखि नरम

भैरहवामा विद्युत आपूर्ति स्थिर, सेवा सुधारमा प्राधिकरणको ध्यान

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?