By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » सत्ता गठबन्धनको निष्कर्ष : एनसेल बिक्री शंकास्पद

सत्ता गठबन्धनको निष्कर्ष : एनसेल बिक्री शंकास्पद

News Desk
News Desk
२०८० मंसिर १९, मंगलवार १९:५५

काठमाडौं । सत्तारुढ गठबन्धनले एनसेलको शेयर खरिद बिक्री शंकास्पद भएको निष्कर्ष निकालेको छ, र गम्भीरतापूर्वक छानबिन गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्य सचिव र सचिवहरुलाई राखेर सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । मंगलबार बालुवाटारमा बसेको बैठकमा नेताहरुले एनसेलको सेयर खरिद बिक्रीलाई गम्भीर रुपमा लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई समर्थन गरेका छन् ।

एनसेलको सेयर खरिद बिक्री शंकास्पद भएकाले तत्काल छानबिन गर्न सरकारलाई आग्रह गरेको छ ।

‘एनसेनको सेयर खरिद बिक्रीबारे जे जति प्रश्नहरु उठेका छन्, ती गम्भीर छन्, जायज छन्’, बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सञ्चारकर्मीहरुसँग भने, ‘यसबारे सरकारले तत्काल छानबिन गर्नुपर्छ, सुक्षम ढंगले अध्ययन गर्नुपर्छ भन्ने निष्कर्षमा शीर्ष नेताहरुको बैठक पुगेको छ ।’

नेपालको कानुन बमोजिम गर्नुपर्ने सबै प्रक्रिया पूरा गर्नुपर्ने भन्दै बैठकले नेपालको कानुन र हित विपरीत भएका कामहरुलाई सरकारले रोक्नुपर्ने निष्कर्ष निकालेको छ ।

नेपाल सरकारका सम्बन्धित निकायले गम्भीरतापूर्वक लिएर छानबिन गर्ने भन्दै प्रमुख सचेतक लेखकले भने, ‘यसमा मन्त्रिपरिषद्ले पनि आवश्यक निर्णय गर्छ । देशको हित र कानुन बमोजिम गर्नुपर्ने सबै काम सरकारले गर्छ ।’

मलेसियाको कम्पनी आजियटाले एनसेलको सेयर स्वामित्व गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पमी स्पेक्ट्रलाइटलाई बिक्री गरेको छ । नेपाल सरकारको निकायलाई खबर नगरी खरिद बिक्री गरेको भन्दै उक्त कारोबारमाथि प्रश्न उठेका बेला प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनको बैठक राखेर छलफल गरेका हुन् ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
पत्रकार महेन्द्र पाण्डेको निधन
भूकम्पको अर्को धक्का महसुस
टिकटक प्रतिबन्धबारे एक खालको राजनीतिक सहमति थियो : रेखा शर्मा
भाउजू म मरे भनेर अन्तिम म्यासेज गरेका पदम थापाको इजरायलमा मृत्यु
गुल्मी चारपालामा खुल्ला तीजगीत प्रतियोगिता हुने
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?