By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » टिकटक प्रतिबन्धको निर्णयमा कांग्रेसबाटै प्रतिवाद

टिकटक प्रतिबन्धको निर्णयमा कांग्रेसबाटै प्रतिवाद

News Desk
News Desk
२०८० कार्तिक २७, सोमबार २३:२५

काठमाडौं । सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत गरेको चार दिन पछि सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको छ ।

सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउने भन्दै निर्देशिका ल्याएको सरकारले त्यसको कार्यान्वयन प्रक्रिया सुरु नगरी टिकटक प्रतिबन्ध गरेको हो ।

टिकटक प्रतिबन्धको निर्णयको पक्ष र विपक्ष दुबैथरि मत सार्वजनिक भएका छन् । राजनीतिक दलका कतिपय नेताहरुले टिकटकमाथि प्रतिबन्धको विपक्षमा धारणा राखेका छन् । उनीहरुले टिकटकलाई मर्यादित बनाउन सरकारले नियम बनाउनुपर्नेमा प्रतिबन्ध लगाउनु उचित नहुने धारणा राखेका छन् ।

सरकारको निर्णयका विषयमा सत्तारुढ दल नेपाली कांग्रेसले औपचारिक धारणा दिएको छैन । मन्त्रिपरिषद्मा कांग्रेसबाट ९ जना मन्त्री भएकाले उनीहरु निर्णय प्रक्रियामा नै सहभागी नै भए ।

टिकटक बन्द गराउने सरकारी तयारीमा सभापति शेरबहादुर देउवा जानकार रहेपनि उनले पार्टीभित्र छलफल नगराएको एक नेताले बताए । देउवाले पदाधिकारी बैठक वा शीर्ष तहका नेतासँग छलफल गर्न आवश्यक देखेनन् ।

सरकारले टिकटकमाथि प्रतिबन्धको निर्णय गरेको केहीबेरमा नै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विपक्षमा धारणा सार्वजनिक गरेका छन् ।

थापाले टिकटकमा प्रतिबन्ध लगाएर सरकार उल्टो बाटो हिंडेको बताए । ‘यसमा सरकारको नियत अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रता कुण्ठित गर्ने देखियो । सरकारले यो कदम सच्याउनुपर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन’, थापाले भनेका छन् ।

महामन्त्री शर्माले गर्धनमा पिलो आयो भन्दैमा गर्धन काट्ने भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् । शर्माले भनेका छन्, ‘आज टिकटक बन्द, भोलि फेसबुक बन्द, पर्सि कसैले भनिदेला लोकतान्त्रिक शासन प्रणालीले देश बिग्रियो भनेर तब के गर्ने लोकतान्त्रिक प्रणालीनै भंग गरिदिने प्रधानमन्त्रीज्यू ?’

कांग्रेस नेता प्रदीप पौडेलले सामाजिक सञ्जालहरु सूचना र मनोरञ्जनका लागि मात्र नभई व्यवसाय सञ्चालनमा समेत सहयोगी बन्दै आएको बताए ।

राज्यले सामाजिक सञ्जालको प्रयोग रोक्ने नभई दुरुपयोग हुन नदिन कडाइ गर्नुपर्ने उनको भनाइ छ । ‘उचित कानुनी दायराभित्र रहने गरी निरन्तर सञ्चालन गर्न दिइयोस्’, केन्द्रीय सदस्य पौडेलले भने ।

अर्का केन्द्रीय सदस्य नैनसिंह महर सरकारी निर्णय अभिव्यक्ति स्वतन्त्रताका स्थापित अन्तर्राष्ट्रिय सीमा विपरीत मात्र नभई संविधानको परिकल्पना विपरीत भएको बताए ।

कांग्रेसका संस्थापन पक्षका शीर्ष तहका नेताले सरकारी निर्णयको विषयमा मुख खोलेका छैनन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका देउवा पक्षीय नेता रमेश रिजाल टिकटक प्रतिवन्धबारे आफू केही नबोल्ने बताए ।

साभार अनलाईन खबर

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
बाँके जिल्लामा आज मध्यरातसम्म मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक
नेपाल कृषि मेशिनरी व्यवसायी संघले ‘ कृषि मेशिनरी, प्रविधि उद्योग व्यवसाय विस्तार कार्यक्रम २०८० ’ कार्यक्रम सातै प्रदेशमा गर्दै
रेसुङ्गा–८ की लक्ष्मी बि.क: कार्यालय सहयोगीबाट ‘दक्ष कर्मचारी’सम्मको प्रेरणादायी यात्रा
गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको समिक्षा
भारतले चामल निर्यातमा लगायो रोक
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

चौथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, १८ विधामा अवार्डसँगै नारी स्रष्टा तथा कलाकारलाई सम्मान

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?