By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » १८ सयको मनोवैज्ञानिक ‘सपोर्ट’ परीक्षणमा सेयर बजार, फर्केला कि अझै झर्ला ?

१८ सयको मनोवैज्ञानिक ‘सपोर्ट’ परीक्षणमा सेयर बजार, फर्केला कि अझै झर्ला ?

News Desk
News Desk
२०८० कार्तिक १९, आईतवार १९:३५

काठमाडौं । दुई वर्षअघिदेखि बियरिस ट्रेन्डमा रहेको सेयर बजारको परिसूचक नेप्से ९ असोज २०७९ मा १८१५ विन्दुमा झरेको थियो । त्यही वर्षको पुस २५ गते फेरि बजार २२११ विन्दुसम्म पुगेर ओरालो लाग्यो ।

त्यसपछि १ जेठमा १८१८ विन्दुसम्म झरेको बजार ७ साउनमा २२२७ विन्दु पुग्यो । त्यो विन्दुबाट फेरि ओरालोमा छ । आइतबार इन्ट्राडे कारोबारमा सवा १ बजे १८१८ कै विन्दु टेकेर बजार सम्हालिएको छ, बन्द हुँदा १८२६ विन्दुमा कायम भएको छ । पटक पटक १८ सय विन्दुनजिक मनोवैज्ञानिक ‘सपोर्ट’ पाउने गरेको नेप्से पुनः यसपटक त्यहीँ आइपुगेको छ ।

तल १८१५ नजिक टेवा पाउने तर माथि २२२५ बाट उक्लिन नसक्ने स्थिति (रेसिस्टेन्स) बनेको करिब डेढ वर्ष पुगेको छ । यो डेढ वर्षको बीचमा ३ पटकसम्म माथिल्लो विन्दु २२२५ नजिक पुगेर बजार झरेको छ भने तल्लो विन्दु १८१५ आसपासबाट पटक पटक फर्केको छ ।

विगत डेढ वर्षदेखिको ट्रेन्ड

नेप्सको अहिलेको यो प्रवृत्तिलाई जानकारहरुले ‘साइडवेज’ भनेर ब्याख्या गर्दै आएका छन् । यस्तो व्याख्या र विगतको सोही ट्रेन्डका कारण धेरै लगानीकर्ताको मनोभावना समेत प्रभावित पार्ने गरेको छ जसले गर्दा १८१५ नजिक आउँदा किन्ने र २२२५ नजिक जाँदा बेच्ने क्रमले बढवा पाएको छ । आइतबार त्यस्तै देखियो, सवा १ बजे १८१८ अंकमा आएको बजार बन्द हुँदा १८२६ अंकमा पुग्यो । के फेरि बजारले फेरि १८१८ विन्दुबाट सपोर्ट पाउला ?

सेयर बजारलाई प्राविधिक तथा सैद्धान्तिक रुपमा विश्लेषण गर्दै आएका रामहरि नेपाल न्यूनतम अंकमा आएका बेला खरिदकर्ता बढ्ने गरेको बताउँछन् । ‘सर्ट टर्म कारोबार गर्नेले १८ सय नजिक आउँदा किन्ने र २२ सय नजिक पुग्दा बेचेर नाफा कमाएको देखिन्छ, त्यसकारण यतिबेला डिमान्ड जोन केही बलियो हुन्छ भन्ने अनुमान हो,’ उनले भने, ‘अहिलेको विन्दुलाई मैले डिमान्ड जोन भन्न रुचाउँछु, अहिले डिमान्ड जोनमा बजार आएको छ, तर यसभन्दा तल झर्दैन भन्ने होइन ।’

ठूला खेलाडीले सपोर्ट भनिएको विन्दुबाट पनि बजार झारेर केही त्रसित बनाएर सेयर उठाउनसक्ने सम्भावना पनि रहेको उनले बताए । ठूला खेलाडीले सस्तोमा भने जति सेयर उठाउनका लागि सुरुमा आपूर्ति बढाएर झार्न प्रयास गर्न सक्ने उनको भनाइ छ ।

‘डिमान्ड जोनबाट बजार केही तल झर्नेबित्तिकै अरु लगानीकर्ता आत्तिन्छन्, त्यतिबेलै ठूलाले धेरै कित्ता उठाउन सक्छन्, अन्यथा बजार बढ्नथाल्दा ठूलाले भने जति सेयर पाउँदैनन्,’ नेपालले भने ।

जय शम्भो इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष अजयसिंह थापा बजारले १८१० हाराहारीबाट सपोर्ट पाउने आशा व्यक्त गर्छन् । ‘पहिले बजार १८१० नजिक आउँदा अर्थतन्त्रका धेरै सूचक खराब थिए, आयातमा प्रतिबन्ध नै थियो, तर अहिले अवस्था पूर्ण सहज नभए पनि पोहोरको तुलनामा सुधार भएको छ’ उनले भने ‘यो साता केही घटे पनि तिहारपछि बजार माथि जान्छ भन्नेमा म विश्वस्त छु ।’ बजार घटेका बेला आफ्नो कम्पनीले समेत सेयर खरिद गर्ने गरेको उनले बताए ।

आजको बजारलाई बैंकहरुको कमजोर वित्तीय प्रतिवेदनले असर पारे पनि त्यो असर केही दिनमै हट्ने उनले बताए । ‘अहिले सप्लाई पनि धेरै छैन, पैसा आवश्यक पर्नेहरुले घाटा नै खाएर बेच्ने गरे पनि अरुले बेच्दैनन्, अब डिमान्ड पक्ष थोरै बढे पनि त्यसले बजार नै बढाउन सक्छ’ थापाले भने ।

पोहोरभन्दा सकारात्मक सूचक, ब्याजदर अझै घट्ने अपेक्षा

बजारलाई सबैभन्दा ठूलो असर ब्याजदरले पार्ने गरेको छ । पोहोर असोजदेखि पुस मसान्तसम्म वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतीमा १२.१३३ प्रतिशतसम्म ब्याज दिएका थिए, तर पुस मसान्तमा बजार भने २२ सय हाराहारी पुगेको थियो । अहिले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ११ प्रतिशत छ । लगानीयोग्य रकम पर्याप्त हुँदा पनि ब्याजदर त्यति धेरै घट्न सकेको छैन ।

बैंकहरुमा पर्याप्त तरलता रहेको र निष्क्रिय कर्जा बढेकाले आगामी दिनमा ब्याजदर घट्दै जाने थापाको दाबी छ । ‘ब्याजदर बढी भएकाले नै निष्क्रिय कर्जा बढेको हो, अब त्यो कर्जा उठाउन पनि बैंकहरुले ब्याजदर घटाउनुपर्छ’ उनले भने ‘ब्याजदर घट्ने भएकाले अब बजार बढ्छ भन्नेमा म विश्वस्त छु ।’

अर्थतन्त्रका बाह्य सूचकको अवस्था पोहोरभन्दा धेरै सहज रहेको तथ्यांकले पुष्टि गर्छ । विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थितिजस्ता क्षेत्रमा सुधार देखिएको छ । पोहोर कात्तिकमा विदेशी मुद्रा सञ्चिति १२ खर्ब ४६ अर्ब थियो । यो भदौ मसान्तसम्म १५ खर्ब ९८ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चित रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

विदेशी मुद्रा सञ्चिति घटेको भन्दै पोहोर यतिबेला गाडी, महँगा मोबाइल, मोटरसाइकलजस्ता वस्तुहरुको आयात प्रतिबन्ध थियो । विदेशी मुद्रा सञ्चितिमा सुधार आउन थालेसँगै गत वर्षको पुसदेखि यी वस्तुको आयात पूर्ण रुपमा खुलाइएको थियो ।

अहिले लगानीयोग्य रकम पर्याप्त नै रहेको बैंकहरुको औसत सीडी रेसियो (निक्षेपमा कर्जा अनुपात) घट्नुले पनि पुष्टि गर्छ । गत वर्षको असोज मसान्तमा यस्तो अनुपात ८७.१५ प्रतिशत थियो भने यो वर्षको असोज मसान्तसम्म ८२ प्रतिशतमा झरेको छ ।

सीडी रेसियोका आधारमा मात्रै बैंकिङ प्रणालीमा साढे ४ खर्ब लगानीयोग्य रकम छ । आन्तरिक रुपमा अर्थतन्त्र भने चलायमान बन्न सकेको छैन । जसले गर्दा सेयर लगानीकर्ता बजारप्रति विश्वस्त हुन सकेका छैनन् ।

घट्दो बजारमा बैंकको कमजोर वित्तीय विवरणको प्रभाव

शुक्रबार मात्रै पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकहरुको औसत नाफा २८ प्रतिशतले घटेको छ भने समयमै उठ्न नसकेको (निष्क्रिय) कर्जा दोब्बर भएको छ । बैंकहरुले ठूलो रकम कर्जा नोक्सानी प्रोभिजन गर्नुपरेपछि सेयर लगानीकर्ता सशंकित बनेका छन् ।

आइतबार खुलेको बजारमा लगानीकर्ता बैंकहरुको सेयर बेच्नतिर हतारिए, जसको परिणामस्वरुप नेप्से परिसूचक वर्षको न्यून विन्दु नजिक झरेर अन्त्यमा केही सुधार भएको छ । पुँजीकरण उच्च रहेकाले बजारमा वाणिज्य बैंकिङ उपसमूह शक्तिशाली छ । त्यसैले यो उपसमूहमा समग्र बजार हल्लाउन सक्ने शक्ति छ । बैंकको कमजोर वित्तीय विवरणको असर बजारमा सकिइसकेको दाबी नेपाल गर्छन् ।

‘अर्थतन्त्रमा आएको मन्दीका कारण बैंकको वित्तीय विवरण कमजोर आउने धेरैको अपेक्षा नै थियो, त्यसको असर पहिलेदेखि नै परेको हो, आइतबार पनि केही असर देखियो, तर नेप्से साइडवेजमा रहँदा पनि बैंकिङ डाउनट्रेन्डमै छ,’ उनले भने ।

कतिपय सूचनाहरु सार्वजनिक नहुँदै बजारले प्रतिक्रिया जनाइसक्ने गरेको उनले स्पष्ट पारे । बैंकको वित्तीय विवरणको सूचना सञ्चालकहरुबाट नजिकका मान्छेलाई सूचना चुहिने हुँदा बजारले पहिले नै प्रतिक्रिया जनाइसक्ने गरेको उनको भनाइ छ ।

होटल क्षेत्रले देखायो पोजेटिभ संकेत

यसअघि बजार बढ्न थाल्दा सबैभन्दा पहिले पर्यटन तथा होटल क्षेत्रबाट नै शुरु भएको थियो । संयोगवस पछिल्ला दुई दिनमा सबै क्षेत्रहरु घट्दा होटल क्षेत्रको उपसूचक भने बढिरहेको छ । बुधबार ४६४८ विन्दुमा रहेको होटल तथा पर्यटन उपसमूह बिहीबार बढेर ४८४७ विन्दुमा पुग्यो, जबकि यो दिन अरु सबै उपसमूहका सूचक घटेका थिए ।

आइतबार पनि सबै उपसमूहका सूचक घट्दा होटल समूह १८ अंक बढेर ४८६६ विन्दुमा पुग्यो । होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्तामा केही सकारात्मक भाव विकास भएको छ । यसअघि सार्वजनिक चौथो त्रैमासको वित्तीय विवरणमा सबैजसो होटलहरुको नाफा बढेको देखिन्छ । अब पर्यटन सिजन सुरु भएकाले यो क्षेत्र चलायमान हुने र होटलहरुको नाफा थप बढ्ने लगानीकर्ताको आश छ ।

अर्कोतर्फ अक्टोबर महिनामा सबैभन्दा धेरै (१ महिनामै १ लाख १७ हजार) विदेशी पर्यटक नेपाल आएको तथ्यांकले गर्दा होटल क्षेत्रमा आकर्षण देखिएको हो । आन्तरिक पर्यटनमा पनि चहलपहल देखिएको छ । विशेषतः चाडपर्वका बेला आन्तरिक चहलपहल बढ्ने गरेको छ । जसले गर्दा बिहीबार पनि यो उपसमूह बढेको थियो ।

होटलबाहेक आइतबार सबै क्षेत्रका उपसूचक झरेका छन् । बैंकिङ १.५ प्रतिशत घट्यो भने विकास बैंक १.६४ प्रतिशत घट्यो । फाइनान्स १.०८, जलविद्युत् १.१, जीवन बीमा १.१६, उत्पादन १.३१, माइक्रोफाइनान्स ०.९९, निर्जीवन बीमा १.१८, अन्य ०.७६ र ब्यापार उपसमूह २.१ प्रतिशत घट्यो ।

राम्रा कम्पनीको सेयर थप्नेबेला हो : विश्लेषकहरु

सेयर लगानीकर्ताले बजारको सूचकहरुभन्दा पनि आफ्ना कम्पनीहरुलाई बढी जोड दिनुपर्ने जानकार बताउँछन् ।

आफ्ना कम्पनीहरुको वित्तीय स्थिति बलियो बन्दै गएको तथा आफू विश्वस्त भएमा त्यस्ता कम्पनीमा थप लगानी गर्न सकिने थापा बताउँछन् । अहिले किन्नेलाई भन्दा बेच्नेलाई धेरै जोखिम रहेको र बेच्नेलाई भन्दा किन्नेलाई लाभ सम्भावना बढी रहेको उनले बताए ।

बजार बढ्दा खराब कम्पनीहरुको मूल्य पनि बढ्ने भएकाले त्यस्ता कम्पनीमा लगानीकर्ता सधैं सजग रहनुपर्ने उनी बताउँछन् ।

‘राम्रा कम्पनीहरु यतिबेला थप गरेर एभरेजिङ गर्ने बेला भएको हो, तर एभरेजिङ गरेपछि केही घट्न गएमा पनि आत्तिनुहुँदैन’ थापाले भने । त्यस्तै पैसाको जरुरत नपरेकाहरुले आत्तिएर वा डराएर अझै घट्ला र किनौंला भन्ने उद्देश्यले बिक्री गर्न नगर्दा नै उपयुक्त हुने उनीहरुको सुझाव छ ।

Facebook Comments Box
Total Views: 0
आज घटस्थापना, बडादशैं सुरु , शुभ साहित ११:२९मा
गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको समिक्षा
इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो
नवलपरासीमा छोराले गरे आमाको हत्या
पत्रकार महेन्द्र पाण्डेको निधन
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको सनसनीपूर्ण दाबीलाई तपाईं के भन्नुहुन्छ ?

२०८३ जेष्ठ १७, आईतवार २२:२९

प्रतिनिधिसभा नियमावलीलाई लिएर संसद्मा विवाद, विपक्षी दलको अवरोधबीच प्रक्रिया अघि बढ्यो

२०८३ जेष्ठ १७, आईतवार २२:०४

प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन र क्षमा माग्न प्रदीप ज्ञवालीको माग

आयकरको न्यूनतम सीमा दोब्बर, अब १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्रै कर

दल परिवर्तनपछि गुल्मीमा कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्ष पदमुक्त

२०८३ जेष्ठ १४, बिहीबार १७:१६

अनुराग साहित्य समाजद्वारा ध्यान तथा रचना वाचन कार्यक्रम सम्पन्न

मोतिराज खनाल र यशोदा कार्कीको स्वरमा ‘बिर्सु कसरी’ सार्वजनिक

उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?