By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » योगदान राष्ट्रको लागी रुपन्देहीको नियमित बैठक भैरहवामा सम्पन्न

योगदान राष्ट्रको लागी रुपन्देहीको नियमित बैठक भैरहवामा सम्पन्न

News Desk
News Desk
२०८० भाद्र १०, आईतवार १९:५४

रुपन्देहि:- योगदान राष्ट्रको लागी जिल्ला शाखा रुपन्देहीको नियमित बैठक आज एक कार्यक्रमका बिच भैरहवामा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष रुपेन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले सिद्धार्थनगर नगरपालिकाको नगर संयोजकमा उर्मिला यादव यात्रीलाई सर्वसम्मत चयन गर्ने निर्णय गरीएको छ । यस्तै गरी आज बसेको बैठकले बिभिन्न बिषयमा छलफल गर्दै योगदान राष्ट्रको लागी जिल्ला शाखा रुपन्देहीको कार्यक्रम लगायत बिबिध बिषयमा मासिक बैठक महिनाको पहिलो शुक्रबार गर्ने निर्णय गरेको छ ।

बैठकमा योगदान राष्ट्रको लागी जिल्ला शाखा रुपन्देहीका उपाध्यक्ष भरत पौडेल, सचिव सुर्य पौडेल, सहसचिव समिक्षा डोटेल, संस्थाका कोषाध्यक्ष प्रवेश कुमार कर्ण , मोहम्मद आयुब, फुल चन्द्र लोध, उर्मिला यादव यात्री, सर्बेन्दर यादव लगायतको सहभागितामा बैठक सम्पन्न भएको उर्मिला यादवले जानकारी दिइन ।

योगदान राष्ट्रको लागी संस्था नेपालमा प्राथमिक उपचार सम्बन्धि तालिम दिई देशमा आईपर्ने दैवी प्रकोप, महामारी, दुर्घटना तथा आपतकालीन अवस्थाका लागि जनशक्तिको विकास गरि स्वतन्त्र स्वयंसेवक खडा गरेर आवस्यक परेको बेला सामाजमा योगदान दिने, सरसफाइ, जनचेतना लगायत विभिन्न सामाजिक कार्यहरुमा अग्रसर सामाजिक मुनाफा रहित जनहितकारी संस्था हो ।

मानव जीवनमा आईपर्ने विभिन्न दुर्घटना, विपत्ति र रोगहरुबाट बच्ने र बचाउने, आकस्मिक अवस्थामा कसैलाई अस्पताल लानु परेमा त्यस जटिल अवस्थामा बिरामीलाई अकालमा मृत्यु वरण गर्नबाट जोगाउने जस्ता अति आवस्यक जानकारी प्रवाह गर्ने उदेश्यले यो संस्था गठित गरिएको हो।

संस्थाले देशका ७७ वटै जिल्लामा समिती गठन गरि हरेक स्थानिय निकाय र सम्बन्धि सरोकार निकायसङ्ग समन्वय गरि वडाहरु र पालिकाहरु समेत समिती गठन गरि हरेक गाउँ टोलसम्म प्राथमिक उपचार सम्बन्धि आधारित भुत ज्ञान, सीप सिकाईको बिकास गराउदै समाजमा हुन सक्ने दैवी प्रकोप, घटना, दुर्घटना र सो को क्षतिबाट जोगाउन प्रयत्नशील रहने संकल्प सहित अगाडि बढेको संस्थाका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष ओम उप्रेती रहेका छन।

हाम्रो देशका अधिकांश बस्तिमा आधारितभुत स्वास्थ सेवा पुग्न नसक्नु,अधिकांश बस्तीहरुमा प्राथमिक उपचार र स्वास्थ्य चेतनाको कमिरहेको तथ्यलाई मध्यनजर गर्दै युएइमा रहेको Discovery Royal Sports LLC कम्पनीका प्रवन्धक निर्देशक, Dubai Corporation For Ambulance Services प्रशिक्षक तथा प्राथमिक उपचार तालिम सम्बन्धि अन्तर्राष्ट्रिय मान्यता प्राप्त लण्डनमा मुख्यालय रहेको हाइफिलबाट अन्तर्राष्ट्रिय तालिम लिएका ओम उप्रेतीद्वारा २०७४ चैत्र १ गतेबाट यो अभियान शुरु भएको हो।

निशुक्ल प्राथामिक उपचार तालिम अभियान, विदेशमा सिकेको सीप रज्ञानलाई नेपाल र नेपालीहरुलाई समर्पित गर्न सामाजिक सेवाभावले संचालित यो अभियान एक घर एक प्राथमिक उपचार लक्ष्यका साथ देशका ७७ वटै जिल्ला पुर्याउने लक्ष्य लिएका संस्थाका केन्द्रिय अध्यक्ष उप्रेतीले यसै अभियानमा निहित रहेर बेहोस हुने(Faunt), छारे रोग(Seizure), अंग भङ्ग भएमा(Frature), घाटिमा अड्केमा(Choking), करेन्ट लागेमा(Electric Shock), सर्पको टोकाई(Snake Bite), रक्तस्राव(Bleeding), आगोले पोलेमा(Burn), विष सेवन गरेमा(Poision), हृदयघात(Heart Attack), किराको टोकाई(Insect Bite), दम(Asthama), लुरगर्मी लागेमा(Heart Stroke), नाकबाट रगत आउने(Nose Bleeding), श्वास प्रस्वास त रक्तसञ्चार प्रणाली(CRP), लेक लागेमा(Altitide Sickness), अघात(Shock), पानीमा डुबेमा(Drowing), Automatic External Defibrillators, Oxygen लगायत विषयमा प्राथमिक उपचार तालिम प्रशिक्षण दिदै आएका छन।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु
सामाजिक सञ्जालमा मात्र नअड्कन कांग्रेस कार्यकर्तालाई थापाको आग्रह
रुपन्देहीमा एमालेको रणनीतिक चाल: पाँचै क्षेत्रमा अनुभवी उम्मेदवार
महानायक राजेश हमाल भन्छन् : लण्डन यात्राको तस्वीर तोडमोड गरी भोट मागिएको देख्दा अचम्म लाग्यो
गौरीशंकर आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा र शैक्षिक सामग्री वितरण
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया1
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?