By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » बेलहियाकाे मुल नाकामा कडाई ,अन्यत्र पत्र भित्रियाे सामान

बेलहियाकाे मुल नाकामा कडाई ,अन्यत्र पत्र भित्रियाे सामान

News Desk
News Desk
२०८० श्रावण २, मंगलवार ०८:०९

भैरहवा:-   भारतबाट नेपालमा सामान ल्याउँदा १ सय रुपियाँ भन्दा बढीको सामान ल्याउँदा भैरहवा भन्सार कार्यालयमा राजस्व बुझाउनुपर्छ । पछिल्लो समयमा यो नियमलाई कार्यान्वयन गरेसँगै भारतको सुनौलीमा सामान खरिद गर्न जाने नेपालीहरूको संख्या समेत घटेको छ ।

भैरहवा भन्सार कार्यालयले भन्सारमा कडाइ गर्दा मुल नाकाबाट सामान नआएपनि अन्यत्रबाट भने निर्बाधरूपमा सामान भित्रिरहेको छ । खुल्ला सीमानाको फाइदा उठाउँदै साइकल, मोटरसाइकल तथा ई–रिक्सामा अबैधरूपमा कपडा, खाद्यान्न सामग्री, चिनी, तेल लगायत सामान भित्रिएको छ ।

भारतको सुनौली नाकामा भैरहवा भन्सार कार्यालय बेलहियाले कडाइगरेपनि खुल्ला सीमा नाका फरेनी, केउटलीया, फरेना नाकाबाट सिद्धार्थ नगरपालिका हुँदै बिभिन्न चोरी, तस्करीजन्य सामानहरू नेपाल भित्रिने गरेको स्थानीयहरू बताउँछन् ।

बेलहिया नाकामा सामान ल्याउन रोक लगाउँदा झन बढी तस्करी मौलाएको सिद्धार्थनगरबासी बताउँछन् । सामाजिक क्षेत्रमा सरोकार राख्ने भैरहवाका मोजिब अलिले सीमामा कडा गराइएको र छेउछाउबाट निर्बाध तस्करी भइरहेको बताए । उनले सीमाको कडाइलाई हात्तीको देखाउने दाँतको संज्ञा दिए । भन्सारको बाटो आयो भने नौंटकि गर्छन्, अलि भन्छन्, भन्सारमा चोरी भएको छ । बिना प्रज्ञापन सामान आउँदा जुन गाडी समातियो, त्यसरी धेरै सामान भित्रिएको हुनसक्छ ।

सिद्धार्थ उद्योग बाणिज्य संघले समेत दोहोरो चरित्र देखाएको मोजिब अलिको आरोप छ । सबै तैं चुप मै चुप छ म पिटेजस्तो गर तं रोए जस्तो गर मिलि जुलि सबैले खानें काम भएको अलि बताउंछन् । जिल्ला प्रशासनले मसान्ततिर छापा हान्यो यो कामको निरन्तरता हुनु पर्यो तर झारा टार्ने भयो अलि भन्छन्, गोदाममा माल थुपारिएको छ गोदाम छापा हान्न को जाने ?  रूपमा तस्करीका सामान रोकाउने भएको तर यहाँ खुल्लारूपमा सुख्खा बन्दर गाहा, सेमरपानी, भगवानपुर,छोट्कि पिपरहिया, दुरगौलिया, सिद्धार्थनगर नगरपालिका वडा नं १०,११, मर्चवारबाट सामान आएको छ यो त जनतालाई बेबकुफ बनाउने काम हो मोजिब अलिले भने ।

सिद्धार्थनगर नगरपालिका वडा नं २ का पूर्व अध्यक्ष दिपक कुमार थापाले अहिले उद्योग वाणिज्य संघको जनताले ल्याउने सानो तिनो सामान आलु प्याजमा मात्रै रोकतोक गरेको बताए । गल्लामण्डीका ब्यापारीहरूले उद्योग वाणिज्य संघको सदस्य भएका मानिसले सामान किन्ने गरेको बताउँदै भने, आखिर सामान ल्याउने÷खरिद गर्ने त ब्यापारीले नै हो यो रोकिएको छैन ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सुरक्षा निकायलाई चोरी निकासी जन्य सामान आउने काम बन्द गराउन बारम्बार जानकारी गराएको बताए । चोरी निकासी नहोस भनेर १ सय भन्दा बढीको सामान ल्याउँदा भन्सार शुल्क लाग्ने कार्यान्वयनका लागि दबाब दिएर लागु भएको बताए । श्रेष्ठ भन्छन्, तर यहाँ पुरै चोरी निकासी कसैको संरक्षणमा भयो । उद्योग वाणिज्यसंघले चोरी निकासी गरेको सामान कसैको पसलमा भएको पाइएमा संरक्षण गदैन । अंस्ती एउटा पसललाई ५० हजार जरिवाना लगाएको थियो बिल अर्को सटरमा, साहु बाहिर हुँदा मैले रोक्ने कुरा भएन हामी कसैको जिम्मा लिँदैनौँ । मैले २० हजार जरिवाना गराउनुस न भन्न सक्थेँ तर भनिन । सामान ल्याउँदा सडकमै, दश गजामा नपकडी पसलमा समाउन भनेको छु । यो कुराले पुरै दबाब मैले खेप्नुपरेको छ । यहि कुराले प्रशासन हतोत्साहीत हुने होइन श्रेष्ठले भने ।

सशस्त्र प्रहरी बल नेपाल २७ नं गढका सशस्त्र प्रहरी उपरिक्षक (एसपी) दिपक थापाले चोरी पैठारीबाट असार मसान्त सम्म १६ वर्षमा अहिलेसम्मकै बढी ८ करोड ५५ लाख राजस्व संकलन भएको बताए । हामीलाई सुचना भएको आधारमा समाउने हो यहाँ त फोटो खिचाउने पोष्ट गर्ने समेत हुँदो रहेछ एसपी थापाले गुनासो गरे । कार्यालयले सकेसम्म कडाई गरेको एसपी थापाले बताउँदै पोहोरसम्म २ वटा बाटो थियो अहिले ६।७ वटा बाटो भयो १० गजासम्म स्थानीय पालिकाले सडक ढलान गरेर लैजाने कारण के हो ? भन्ने प्रश्न गरे । समग्रमा सशस्त्र प्रहरी सीमामा आफ्नो काममा पूर्णरूपमा लागिरहेको बताउँदै हाम्रो सुरक्षाले केही गरे आफुले जवाफ दिने बताए ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले सामानको प्रकृति अनुसार भन्सार दर रहेको बताए । चिनीको एउटा दर हुन्छ, कपडाको एउटा हुन्छ के सामान ल्याएर आएको छ भन्नेमा तय हुन्छ । मुल नाकामा भन्सारले पूर्णरूपमा कडाई गरेको बताउँदै अन्य क्षेत्रको विषयमा आफ्नो कार्यालयलाई जानकारी नहुने, त्यो सुरक्षा निकायको जिम्मेवारी भएको उनको भनाइ छ ।

साभार:- बुटवल टुडे

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
उजिरसिंह माविको एसईई नतिजा उत्साहजनक, गुणस्तरीय शिक्षातर्फ सफल यात्रा
बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने केवलकार सञ्चालन अर्को सातादेखि
धुलिखेलमा कृषि कम्पनी प्रमुख अलेक कुमारसँगको खुलेर मन्थन: “किसानको हातमा समयमै मल नपुग्नु नै ठूलो चुनौती”
पर्साको बहुदरमाइस्थित एक विद्यालयमा आगलागी, ७ लाख बराबरको क्षति
राष्ट्रियसभा उपाध्यक्षकाे चुनाव चैत २३ गते हुने
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?