By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » भीपीएनबाट टिकटक चलाउँदा ह्याकरले साढे २ लाख लगेको भाइरल पोस्ट झुटो

भीपीएनबाट टिकटक चलाउँदा ह्याकरले साढे २ लाख लगेको भाइरल पोस्ट झुटो

News Desk
News Desk
२०८० मंसिर ५, मंगलवार २१:२०

काठमाडौं । सोमवार बिहानदेखि फेसबुकमा नुवाकोट रातमाटेकी एक स्थानीयबारे गरिएको पोस्ट निकै भाइरल बनिरहेको छ । उक्त पोस्टमा ३२ वर्षीय पुतली माया थापा मगरले भीपीएनबाट टिकटक चलाउँदा दुई लाख ५२ हजार रुपैयाँ गुमाएको उल्लेख छ ।

त्यस्तै गुमेको पैसा उनका श्रीमानले विदेशबाट पठाइदिएको, उक्त पैसा थापा मगरको खातामा रहेको र ह्याकरले ह्याक गरी लगेको दाबी गरिएको छ । ‍तर यसरी गरिएका कुनै पनि पोस्टमा ‍आधिकारिक स्रोत तथा विश्वासिल‍ो आधार भने उद्धृत गरिएको छैन ।

तथापि विभिन्न व्यक्तिगत अकाउन्ट तथा पेजहरूबाट उही समान भाषा र विवरण रहेको पोस्ट शेयर भएको भेटियो । एउटै प्रकृतिको दुरुस्त पोस्ट फेसबुकका साथै एक्समा पनि भएको पाइयो ।

यो कुरा अलि अपत्यारिलो लागेपछि हामीले गुगलमा सर्च गरि त्यसको यथार्थता खोतल्ने प्रयास गर्‍यौं । युनिकोड, रोमन र अङ्ग्रेजी भाषामा पोस्टमा उल्लिखित विवरण टाइप गरेर सर्च गर्दा समेत कुनै विश्वसनीय सञ्चार माध्यमले यस विषयमा समाचार प्रकाशन गरिएको देखिएन ।

त्यसपछि पोस्टमा उल्लेख गरिएको ठाउँका शिक्षक, जनप्रतिनिधि, प्रहरी र सञ्चारकर्मीसँग सम्पर्कको प्रयास गर्‍यौं । तर ती सबैको आधारमा अहिले यो खबर सही भएको कुरा पुष्टि गर्ने आधार भेट्न सकिएन ।

भाइरल भएको उक्त पोस्टमा विश्वासिलो स्रोत नदिइएको हुँदा खबर मिथ्या हुन सक्ने आशङ्का गरेर हामीले सबैभन्दा पहिला ठाउँ पत्ता लगाउने प्रयास गर्‍यौं । पोस्टमा गाउँपालिका/नगरपालिकाको विवरण उल्लेख गरिएको छैन । तर गुगल सर्च गर्दा नुवाकोटमा रातमाटे भन्ने ठाउँ रहेको र सो स्थान बेलकोटगढी नगरपालिका वडा नं. ७ मा पर्ने विषय थाहा भयो ।

साविकको रातमाटे गाविसलाई वडा नं. ७ बनाइएको रहेछ । त्यसपछि सो वडाका अध्यक्ष भुवनेश्वर नेपाललाई सम्पर्क गरेर यो विषयको सत्यता जान्न खोज्यौं । उनले आफूले पनि सो खबर फेसबुकबाटै थाहा पाएको र आफ्नो वडामा जन्मदर्ता भएका सम्पूर्ण विवरण खोतल्दा समेत ‘पुतली माया थापा मगर’ नाम गरेको कुनै व्यक्ति नभेटिएको बताए ।

तर विवाह गरेर अन्यत्रबाटै रातमाटे आएको अथवा बसाईं सरेको हुन सक्ने अनुमान गर्दै पत्ता लगाउने प्रयासमा समेत उनी लागिरहेको पायौं ।

त्यस्तै ६ नम्बर वडामा कार्यालय रहेको रेडियो चिम्टेश्वर ९०.९ मेगाहर्जका समाचार प्रमुख रामहरि न्यौपानेलाई पनि हामीले सम्पर्क गर्‍यौंं । उनले पनि उक्त खबर फेसबुकबाट थाहा पाएको र समाचार हुन सक्ने भनेर स्रोत खोज्दा फेला पार्न नसकेको बताए ।

“मैले पनि खबर देख्ने बित्तिकै वडा नम्बर ७ मा रहेका विभिन्न टोलका स्थानीय, जनप्रतिनिधि र सामाजिक अभियन्तालाई सम्पर्क गरेर बुझेको थिएँ । तर उहाँहरू कसैले पनि रातामाटेमा यस्तो घटना नभएको र सो नाम गरेको व्यक्ति बारे थाहा नभएको बताउनु भयो,” टेकपानासँग पत्रकार न्यौपानेले भने, “म बसेको ६ नम्बर र घटना भएको ७ नम्बरको सिमाना जोडिएको छ । गाउँमै घटना भएको भए अहिलेसम्म थाहा लाग्नु पर्ने थियो । यद्यपि रातमाटे घर भएर अन्यत्र बसिरहेको भए अलग्गै कुरा हो ।”

त्यसपछि हामीले सोही वडामा पर्ने महादेव माध्यमिक विद्यालयमा कार्यरत ‍स्थानीय शिक्षक नवराज नेपाललाई सम्पर्क गर्‍यौं । शिक्षक नेपालले वडामा मौखिक रूपमा उक्त घटना बारे कहिंकतै चर्चा नभएको र आफूहरूले पनि फेसबुकबाटै थाहा पाएको बताए ।

“मेरी श्रीमती वडाकै अर्को विद्यालय शिलादेवी माविमा पढाउँछिन् । हामी दुवैले त्यत्रो पैसा गुमाउने को रहेछ भनेर दिनभर बुझ्दा केही मेसो पाउन सकेनौं । क्षेत्रफलको हिसाबले ठाउँ सानो भएकाले थाहा हुनुपर्ने हो । गाउँठाउँमा चर्चा हुनपर्ने हो । तर सबैले फेसबुकबाटै थाहा पाएको मात्रै भनिरहेका छन्,” उनले भने ।

स्थानीयहरूले घटना सामाजिक सञ्जालबाट थाहा पाएको र गाउँमा घटना भएको सत्यता खुल्न नसकेपछि हामीले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सम्पर्क गर्‍यौं । त्यस्तो घटना घटेको भए प्रहरी कार्यालयमा उजुरी परेको हुनुपर्ने थियो ।

हामीलाई त्यहाँ उजुरी शाखा हेर्ने हवल्दार कमल पोखरेलले अहिलेसम्म जिल्लाभर टिकटकबारे कुनै उजुरी नपरेको जनाए । “यदि त्यस्तो घटना घटेको भए उजुरी आउनु पर्ने हो । रकम पनि ठूलै रहेछ । तर, अहिलेसम्म टिकटक सम्बन्धी अथवा भीपीएन सम्बन्धी कुनै उजुरी आएको छैन ।”

श्रोतबाट घटना पुष्टि गर्न गरिएका प्रयासले यो घटना सत्य नभएको स्पष्ट सङ्केत दिएको छ । साथै प्राविधिक तवरबाट हेर्ने हो भने पनि फैलिएको हल्ला मिथ्या/अपूर्ण भएको स्पष्ट हुन्छ । पोस्टमा भीपीएनबाट टिकटक चलाउँदा खातामा रहेको रकम ह्याकरले लगेको भन्ने छ । सामान्यतया: कुनै भीपीएनबाट डेटा चोरी भएको खण्डमा एउटा व्यक्ति मात्र नभई ठूलो सङ्ख्याका प्रयोगकर्तामा असर परेको हुनुपर्ने थियो । त्यस्तै भीपीएनबाट प्रयोगकर्ताको आईपी एड्रेस, डीएनएस रिक्वेस्ट लगायतका डेटा चुहावट हुने र ह्याकरले तिनलाई थर्ड पार्टीसामु बेच्ने गरेको घटना पाइन्छ ।

तर उक्त पोस्टमा भीपीएन प्रयोग गर्दा ह्याक भएर पैसा हराएको दाबी गरिएको छ ।  फेरि निःशुल्क भीपीएन चलाउँदा मात्र यस्तो जोखिम बढी हुने गर्छ ।

तर धेरैजसो भीपीएनमा प्रयोगकर्ताको इन्टरनेट ट्राफिक र रुट इन्क्रिप्टेड हुने गर्छ । जसले गर्दा पोस्टमा दाबी गरिए जस्तो रकम ह्याकरले लानु अलि असम्भव नै हो ।

यदि फिसिङ वा मालवेयर युक्त डिभाइसबाट प्रयोगकर्ताले बैंक अकाउन्ट प्रयोग गरे भने पैसा ह्याकरको हात लाग्ने सम्भावना रहन्छ । तर प्राविधिक रूपमा भीपीएन प्रयोग गर्दैमा एउटा मात्र प्रयोगकर्ताको बैङ्क अकाउन्ट ह्याक हुन सम्भव नै हुँदैन ।

अर्को कुरा ग्रामीण क्षेत्रमा बसोबास गर्ने र श्रीमान् वैदेशिक रोजगारीमा रहेकी गृहिणीलाई भीपीएन प्रयोग गरेकै कारण उनको बैंक खाताबाट रकम चोरी भएको विषय कसरी थाहा हुन सक्छ ? यदि यो घटना भएकै हुन्थ्यो भने पनि त्यसको यथार्थता पत्ता लगाउन जटिल प्राविधिक अनुसन्धान जरुरी हुन्छ ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
बाढीपीडितको राहतमा क्रिमसनको साथ, ७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
मालपोत कार्यालय कलंकीमा सेवा ढिलाइ र अव्यवस्थाप्रति सेवाग्राही असन्तुष्ट
एमाले अध्यक्ष ओलीले बालकोटमा मतदान गरे
मजदुरको हकहितका लागि निरन्तर संघर्षरत छौँ : मनोज कुमार राउत
तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दलको मुखपत्र अब डिजिटलतिर : रास्वपाको ‘सूचना बुलेटिन’ले किन जन्मायो बहस ?

सुलभ फार्मेसीबारे ‘भ्रमपूर्ण प्रचार’ भएको भन्दै तिलोत्तमा नगरपालिकाको आपत्ति

७३औँ साधारणसभा र २६औँ अधिवेशनको तयारीमा बुटवल उद्योग वाणिज्य संघ, १० समिति गठन

रसुवा बाढीपीडितका लागि भैरहवामा आपतकालीन रक्तदान, ७० युनिट रगत संकलन

बाढीपीडितको सहयोगमा पाकिस्तानको साथ, नेपाललाई पठायो १०० टन मानवीय सहायता

कांग्रेसभित्र दूरी घटाउने प्रयास : शेखर–गगन भेटमा पार्टी एकता र बाढी प्रभावित क्षेत्रबारे छलफल

जन्मदिनको खुसीलाई सेवामा जोड्दै लियो गोल्डेन जुबली, हिरासतमा रहेका थुनुवालाई आवश्यक सामग्री सहयोग

विपद् समाचारमा संवेदनशील बनौँ : बीभत्स दृश्य र अपुष्ट सूचना नदिन प्रेस काउन्सिलको आग्रह

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?