बुटवल :- नेपाल प्रेस युनियन रूपन्देही शाखाको २२औँ साधारणसभा तथा १०औँ जिल्ला अधिवेशनबाट कल्पना तिवारी अध्यक्षमा निर्वाचित भएकी छन्। अधिवेशनले तिवारीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष (खुला)मा रमेश अर्याल, उपाध्यक्ष (महिला)मा सीता बराल र उपाध्यक्ष (समावेशी)मा तिलक सुवेदी निर्वाचित भएका छन्।
त्यस्तै, सचिवमा राम भण्डारी, सह–सचिव (खुला)मा बसन्तराज बराल र सह–सचिव (महिला)मा सृष्टि अधिकारी भुसाल निर्वाचित भएका छन्। कोषाध्यक्षमा कल्पना शर्मा ज्ञवाली निर्वाचित भएकी छन्।

कार्यसमिति सदस्यमा सन्तकुमार श्रेष्ठ, ज्ञानकुमारी बीके ‘सम्झना’ र सुमन राना निर्वाचित भएका छन्।
नयाँ नेतृत्व चयनसँगै नेपाल प्रेस युनियन रूपन्देहीले पत्रकारहरूको पेशागत हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, व्यावसायिक पत्रकारिताको विकास र संगठन सुदृढीकरणका क्षेत्रमा थप सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
अध्यक्षमा निर्वाचित तिवारीसहित नयाँ कार्यसमितिले रूपन्देहीका पत्रकारबीच सहकार्य र एकतालाई थप मजबुत बनाउँदै श्रमजीवी पत्रकारका सवाललाई प्राथमिकताका साथ अघि बढाउने विश्वास गरिएको छ।

