By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » अस्पतालमा बालिका मृत्युको विरोधमा टायर बाल्दा जलेर दुई युवक घाइते

अस्पतालमा बालिका मृत्युको विरोधमा टायर बाल्दा जलेर दुई युवक घाइते

News Desk
News Desk
२०८० भाद्र १३, बुधबार ०८:२३

बुटवल:- गुल्मीको सदरमुकाम तम्घासस्थित जिल्ला अस्पतालमा उपचाररत बालिकाको मृत्युको छानबिन माग गर्दै आन्दोलनमा उत्रिएका दुई युवक जलेर घाइते भएका छन् ।

आन्दोलनमा उत्रिएका पीडित पक्षले प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै टायर बाल्ने क्रममा पेट्रोल शरीरमा लागेपछि अर्घाखाँची छत्रदेव गाउँपालिका–६ र ७ का लक्ष्मण पाण्डे र कृष्ण पौडेल जलेर घाइते भएको प्रहरीले जनाएको छ ।

एक्कासी पेट्रोल खनाएर बाल्ने क्रममा पाण्डे र पौडेलको शरीरमा परेर जलाउँदा घाइते भएका हुन् । उनीहरुलाई तम्घासमा सामान्य उपचार गरी थप उपचारको लागि पाल्पा मिसन अस्पतालमा पठाईएकाे छ । गुल्मी प्रहरीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानका अनुसार गुल्मी प्रहरीले आन्दोलन गर्दै आएकाहरुलाई सडकमा टायर नबाल्न आग्रह गरेको थियो ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७, काउलेकी ६ वर्षीया बालिका प्रशंसा मरासिनीको मंगलबार बिहान उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएपछि तनाब बढेको हो । अस्पतालको लापर्बाहीले बालिकाको मृत्यु भएको भन्दै बालिकाका आफन्तसहितले मंगलबार बिहानैदेखि आन्दोलन गरेका हुन् ।

मरासिनीका आफन्तजनहरूले अस्पतालको लापर्बाहीका कारण ज्यान गएको बताएका छन् । प्रशंसालाई पेट दुख्ने, वान्ता हुने लगायतका समस्या भई गुल्मी अस्पताल तम्घासमा उपचार गरिएको थियो । बेलुका भ्याइनभ्याइ उपचार गरिएकामा मंगलबार बिहान मृत्यु भएको गुल्मी अस्पतालका अस्पताल व्यवस्थापन अधिकृत असिम चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मृतकका बाबु तथा आफन्तले चिकित्सकको लापर्बाहीले गर्दा मृत्यु भएको भन्दै अस्पताल घेराउ गर्दै आएका थिए । लापर्बाही गर्नेलाई कडा कारबाही गर्न आफन्तको माग छ । जिल्ला प्रशासनमा पीडित पक्षसमेतको सहभागितामा बसेको सर्वपक्षीय बैठकले घटनाको सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । समितिले यथार्थ छानबिन गरी सत्यतथ्य बाहिर आउने गुल्मी अस्पतालले जनाएको छ ।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
जेन–जी आन्दोलन प्रकरण : मानवअधिकार आयोगमा मेयर बालेनको दुई घण्टा बयान, छानबिन तीव्र
जेनजी आन्दोलनबारे जाँच आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझाइयो
बालेन नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन, पाँच महिला मन्त्री समावेश
गुल्मी–२ मा उज्यालो नेपाल पार्टीबाट कर्णबहादुर थापा उम्मेदवारी
रुपन्देही–२: उम्मेदवार विश्वदीपको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

दाजु–बहिनीको माया र छोरीको बिदाइ समेटिएको मार्मिक तीज गीत सार्वजनिक

२०८३ श्रावण १०, आईतवार ०८:११

बुटवल लायन्स तथा लियो क्लबबाट सुनवलमा वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम सम्पन्न

२०८३ श्रावण ९, शनिबार २०:३६

बुटवलमा पहिलो पटक अत्याधुनिक DTF प्रिन्ट सञ्चालनमा

लायन्स क्लब अफ बुटवल सेन्ट्रलको प्रथम बोर्ड तथा जनरल बैठक सम्पन्न

संस्थापक अध्यक्षको जन्मदिनमा लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीद्वारा रक्तदान

बुटवलमा नक्कली नेपाली नोट छाप्ने गिरोह पक्राउ, ६ लाख २२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद

लायन्स क्लब अफ बुटवल सेन्ट्रलमा नेतृत्व हस्तान्तरण, नयाँ अध्यक्षमा कृष्ण बन्धु अर्याल

२०८३ असार १५, सोमबार २२:५४

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?