By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
गुल्मी बुलेटिन
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • अर्थतन्त्र
    • बैंकिङ
    • बिज्ञान प्रबिधि
  • जीवनशैली
  • मनोरन्जन
    • चलचित्र
    • धर्म संस्कृति
    • भिडियो
  • राशिफल
  • पुस्तक संसार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • अन्य
    • बिज्ञान प्रबिधि
    • कृषि
    • फोटो ग्यालरी
    • राशिफल
    • फिचर
गुल्मी बुलेटिनगुल्मी बुलेटिन
  • समाचार
  • लियाे / लायन्स
  • शिक्षा
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • होम पेज
  • समाचार
  • लियाे / लायन्स
  • विजनेस
  • शिक्षा
  • रोजगार
  • राशिफल
Have an existing account? Sign In
Home » यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

News Desk
News Desk
२०८३ असार ९, मंगलवार २२:१९

काठमाडौं :-तारेभिर यातायात प्रालि र बुढानीलकण्ठ यातायात प्रालिको संयुक्त आयोजनामा सम्पन्न सम्मान कार्यक्रमले यातायात क्षेत्रभित्र एकता, सहकार्य र पारस्परिक सम्मानको सन्देश प्रवाह गरेको छ। लामो समयदेखि विभिन्न चुनौतीसँग जुध्दै आएको यातायात क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र सेवामुखी बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा व्यवसायी, समाजसेवी तथा धार्मिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता बुढानीलकण्ठ यातायात प्रालिका अध्यक्ष लक्ष्मण थापाले गरेका थिए। आफ्नो सम्बोधनका क्रममा अध्यक्ष थापाले यातायात क्षेत्र केवल व्यवसायमा सीमित नभई नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको सेवा क्षेत्र भएको उल्लेख गरे। उनले व्यवसायीहरूबीचको आपसी एकता र सहकार्यले यात्रु सेवाको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
“चुनौतीहरू धेरै छन्, तर सबै व्यवसायी एकजुट भएर अघि बढ्न सके यात्रुलाई अझ सहज, सुरक्षित र भरपर्दो सेवा दिन सकिन्छ,” अध्यक्ष थापाले भने।

कार्यक्रमका प्रमुख अतिथि रबामी निरगमानन्द गिरी महाराजले समाज सेवासँगै मानवीय मूल्य, नैतिकता र सद्भावको संस्कृतिलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनले सम्मान र सहकार्यको भावनाले समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउने उल्लेख गर्दै सेवा भावनासहित काम गर्न सके मात्र वास्तविक उपलब्धि हासिल गर्न सकिने बताए।

विशेष अतिथि कुबेर प्रसाद सिटौलाले नेपालका यातायात व्यवसायीहरूले भोगिरहेका समस्या र सम्भावनाबारे चर्चा गर्दै व्यवसायीहरूबीच आपसी समझदारी र सहकार्यको खाँचो औँल्याए।
उनले भने, “यातायात क्षेत्रलाई अझ व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउन सबै व्यवसायी एकताबद्ध हुन आवश्यक छ। व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितलाई प्राथमिकता दिन सके यस क्षेत्रको भविष्य अझ उज्ज्वल बन्न सक्छ।”

सिटौलाले राज्यका सम्बन्धित निकायले पनि यातायात क्षेत्रका वास्तविक समस्या पहिचान गरी समयमै समाधानतर्फ ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।


कार्यक्रमको सहजीकरण तथा समन्वय तारेभिर यातायात प्रालिका अध्यक्ष गोपाल कार्कीले गरेका थिए। उनले यातायात व्यवसायीहरूले दैनिक रूपमा अनेक चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै बसपार्क व्यवस्थापन, श्रमिकको हकहित संरक्षण तथा सेवा प्रवाहमा सुधार अपरिहार्य रहेको बताए।

कार्यक्रममा सहभागीहरूले यातायात क्षेत्रलाई थप व्यवस्थित र यात्रुमैत्री बनाउन व्यवसायीबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले एकता र आपसी विश्वासको वातावरणले मात्र यातायात क्षेत्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन सकिने धारणा व्यक्त गरे।
संयुक्त रूपमा आयोजित सम्मान कार्यक्रमले यातायात व्यवसायीबीच आपसी सम्बन्धलाई थप मजबुत बनाउनुका साथै सहकार्य र सद्भावको सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ थियो।

ChatGPTClaudeX (Twitter)LinkedIn
Facebook Comments Box
गुल्मीमा बेवारिसे अवस्थामा शव फेला, पहिचान खुलेन
महानायक राजेश हमाल भन्छन् : लण्डन यात्राको तस्वीर तोडमोड गरी भोट मागिएको देख्दा अचम्म लाग्यो
सात दशकदेखि शिक्षा क्षेत्रमा अब्बल कान्ति मावि
बुटवलमा काँग्रेसको वृहत् चुनावी सभा भोलि, गगन थापाले सम्बोधन गर्ने
सुनसरीको पकलीमा ४ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको ज्यान गयो
समाचार पढेर तपाईंलाइ कस्तो लाग्यो ?
माया0
दुखि0
खुशी0
निद्रा0
रिस0
ओख्खो0

थप समाचार

यातायात क्षेत्रको एकता र सहकार्यको सन्देश

आठ पटक मन्त्री बनेका विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ

बस पार्कको अभाव : बुढानीलकण्ठ यातायातको बढ्दो चुनौती लक्ष्मण थापासँगको संवादमा आधारित फिचर

मजदुरको हकहितका लागि निरन्तर संघर्षरत छौँ : मनोज कुमार राउत

स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

गुणस्तरीय शिक्षासँगै संस्कार विकासमा जोड : गणेश गिरी

नागरिकमैत्री सेवा हाम्रो प्राथमिकता : कृष्ण साही ठकुरी

आधा सिलिन्डर नीतिले बढायो ग्यास संकट, उपभोक्ता लाइनमा

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३२९४७९/०८०/०८१
  • सूचना बिभाग दर्ता नं. :४४५१-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचीकरण नं. :४४४२-२०८०/०८१
  • बिज्ञापनको लागि : ९८६७२३३०७१

हाम्रो टिम

  • अध्यक्ष / संचालक :सुदीप ज्ञवाली
  • सम्पादक : सुब्रत ज्ञवाली
  • ब्यबस्थापक : इन्द्रमणि ज्ञवाली
  • न्यूज डेस्क : सुदीप ज्ञवाली
  • संवाददाता : सुदीप ज्ञवाली,सुशील खनाल , निरज रानाभाट
  • बजार प्रतिनिधि : सुशील खनाल

सम्पर्क ठेगाना

  • बुटवल–१३, रुपन्देही, नेपाल
  • फोन : ९८६७२३३०७१
  • इमेल :info@gulmibulletin.com
© 2023All Rights Reserved , Site By : Sudeep Gyawali
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?